
बेलायती अखबार ‘द गार्जियन’ले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा अब कुनै कुरा पोस्ट नगर्ने भएको छ। गार्जियनले ‘एक्स’मा नकारात्मकता धेरै भएको उसले बताएको छ। अबदेखि आफ्नो आधिकारिक एकाउन्ट ‘एक्स’मा कुनै समाचार पोस्ट नगर्ने बताएको हो। ‘गार्जियन’ले भनेको छ, ‘हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट ‘एक्स’ मा पोस्ट गर्न बन्द गरेका छौँ। तर, ‘एक्स’ प्रयोगकर्ताले हाम्रा रिपोर्ट…
रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको रूपन्देहीमा ३ दिनको बयान सकिएको छ। पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा आफ्नो संलग्नता ठाडै अस्वीकार गरेका छन्। अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उनले सोधिएका सबै प्रश्नमा आफू कतैपनि सहभागी नभएको जनाएका छन्। हरेक…
गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको असामयिक निधन भएको छ। गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको हो। हृदयाघातका कारण गौचनको निधन भएको हो। काठमाण्डौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा हिँजो (बुधबार) राति साढे ११ बजेतिर गौचनको निधन भएको हो। उनलाई राति असहज भएपछि १० बजे अस्पताल लगिएको थियो। केही दिनअघि उनी डेंगुबाट संक्रमित भएकी थिइन्।…
ताजिकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४–० को फरक गोल अन्तरले पराजित भएको हो। नेपालले पहिलो हाफमा ३ गोलले पछि परेको थियो भने दोस्रो हाफमा थप १ गोल ब्यहोरेको थियो। ताजकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान २ गोल गरे। अब, नेपालले यसै…
नेपाल पत्रकार महासंघले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। महासचिव रोशन पुरीले बुधवार विज्ञप्ति जारी गरी भुलको कुटपिटबाट निधन भएको घटनाप्रति भत्र्सनासमेत गरेका छन्। राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सह–सचिवसमेत रहेका कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोल बस्ने भुललाई यही कार्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही…
यु–१९ पुरुषतर्फको पहिलो अभ्यास खेलमा नेपाल कर्नाटकसँग १ विकेटले पराजित भएको छ। नेपाली युवा टोलीले दिएको ११४ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोलीले ३२ ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो। कर्नाटकका रोहितले सर्वाधिक ३३ रन बनाए। त्यसैगरी, नेपाली टोलीका कप्तान हेमन्त धामी र सन्तोष यादवले समान ३/३ विकेट लिए। यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको…
नेपाल यु–१९, महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ। युएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो अर्काे वर्ष जनवरीमा मलेसियामा हुने आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि छनोट भएको हो। युएईलाई हराउँदै नेपाल आइसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो। १९ वर्षमुनिको महिला टी–२०…
नेकपा (एमाले)ले मंसिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि संयोजन समिति गठन गरेको छ। काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्लाको संयुक्त आयोजनामा हुने सभाको तयारीका लागि वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो। समितिको सह–संयोजक कैलाश ढुंगेल छन्। सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन…
सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज (बुधबार) दोस्रो दिन बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देहीमा उपस्थित गराइएको छ। हिँजो (मंगलबार) पोखराबाट ल्याएर साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको मौखिक बयान लिइएको थियो। आज भने लिखित रूपमै प्रश्न राखेर बयान लिइने बताइएको छ। रविको दोस्रो दिनको बयान…
यु–१९, महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले कुवेतमाथि शान्दार जित निकालेको छ। कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १६५ रनले हराएको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै अलआउट भयो। कुवेतकी कप्तान जीफा जिलानीले सर्वाधिक ३६ रन बनाइन्। नेपालकी कप्तान पूजा महतोले…