Author Archive »

‘पोखरा स्पोर्ट्स अवार्ड’ लाई भव्य बनाउन ११ उपसमिति निर्माण

आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को तयारीमा तीव्रता दिइएको छ। आगामी बैशाख २१ गते हुने अवार्ड कार्यक्रमको तयारी स्वरुप आइतबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको भेला आयोजना गरियो। मञ्चको कार्यालय पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै विगतका वर्षहरुको भन्दा थप अवार्ड कार्यक्रमलाई आकर्षक बनाउनुपर्ने सुझाब दिए। उनीहरुले…

‘भ्युअर्सको लोभमा सीमाभन्दा बाहिर गएर समाचार नलेख्नुस्’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘भ्युअर्स’को लोभमा सीमाभन्दा बाहिर गएर गलत समाचार नलेख्न आग्रह गरेका छन्। प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) गरेको नियमित अभिमुखीकरणमा बोल्दै उनले नयाँ सूचीकृत भएका अनलाइनका संचालक र सम्पादकलाई ‘भ्युअर्स’को लोभमा गलत समाचार नलेख्न आग्रह गरेका हुन्। अनलाइन तथा युट्युबबाट गरिने पत्रकारितामा ‘भ्युअर्स’को लोभमा समाचारजन्य विषयवस्तु गलत रूपमा प्रकाशन÷प्रसारण हुने…

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन्। अधिकारी ५ सय ५१ मतसहित विजयी बनेका हुन्। बुधबार साँझ सार्वजनिक परिणामअनुसार अधिकारीका प्रतिस्पर्धी माधव बास्तोलाले ३ सय ४७ र अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याए। पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा भेषराज बराल ५ सय…

‘पत्रकारहरुले सचेत भएर कलम चलाउनुस्’

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकारले लेख्ने समाचारसामग्रीले समग्र देशको प्रतिष्ठामा फरक पार्ने बताएका छन्। प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका संचालक÷सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पुरीले यस्तो बताएका हुन्। आफूले लेख्ने सामग्रीबाट देशलाई अहित नहोस् भन्नेतर्फ सचेत भएर कलम चलाउन पत्रकारलाई महासचिव पुरीको आग्रह थियो। पत्रकारले बदनियतपूर्वक लेख्ने वा…

पोखरा महानगरपालिकाले स्थानीय तह कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट अंक ल्यायो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व. २०७९÷०८० मा स्थानीय तह कार्य सम्पादन मूयांकनमा पोखरा महानगरपालिकाले उत्कृष्ट अंक प्राप्त गरेको छ। आयोगले मंगलवार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पोखरा महानगरपालिकाले ६२.७४ अंक प्राप्त गरेको हो। यसअघि, आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा विवरणहरू अद्यावधिकको समस्याका कारण अवस्था कमजोर देखिन पुगेको थियो। आयोगले दिएको समय सीमाभित्र महानगरपालिकाले…

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

नेकपा एमाले जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। एमाले गोरखाको आठौं अधिवेशनबाट कृष्णबहादुर नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन्। थापाको मत २ सय ८० आउँदा नेपालीको मत २ सय ०५ मत आयो। मेनबहादुर अधिकारी उपाध्यक्षमा र काजीराम रोका सचिवमा निर्वाचित भए। उपाध्यक्षका अन्य प्रत्यासीहरु विजयी अधिकारीले २ सय…

युट्युबरका लागि काउन्सिलको अभिमुखीकरण

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ। मंंगलबार काउन्सिल सभाहलमा संचालनमा रहेका युट्युब च्यालनका संचालक÷सम्पादकहरुलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानुनी प्रावधानबारे कक्षा दिएको हो। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले युट्युबमार्फत मर्यादित सामग्री संप्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिए। पत्रकार आचारसंहिता…

नेपाल वाफ महिला च्याम्पियनसीप फुटबलको उपविजेता

नेपाल वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसीप फुटबलको उपविजेत ाबनेको छ। फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको छ। गएराति साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो। जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ। नेपाल पहिलो…

अनलाइन हिँसा रोक्न साइबर सचेतनाको खाँचो

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गर्‍यो। अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्नेमा जोड दिइन्। मन्त्री शर्माले भनिन्, ‘अनलाइन माध्यमबाट हुने सबै खाले हिंसा रोक्न व्यापक साइबर सचेतना अभियान संचालन…

गण्डकीको प्रदेशसभामा ३ विधेयक प्रस्तुत

गण्डकी प्रदेशसभाको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गरेका हुन्। गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटाले समितिको प्रतिवेदनसहित प्रदेशसभामा पेस गरे। यस्तै, ‘गण्डकी प्रदेशमा…