देश–समाज »

डिजिटल मिडिया र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया

प्रेस काउन्सिल नेपालले ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया गरेको छ। प्रेस काउन्सिल नेपालको सभाहलमा बुधबार विभिन्न संचार माध्यममा कार्यरत पत्रकार महिलाका लागि ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसहिता’ सम्बन्धी एक अन्तरक्रिया गरेको हो। क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) ले संयोजन गरेको कार्यक्रममा विभिन्न मिडियामा कार्यरत ३२ महिला पत्रकारको उपस्थिति थियो। कार्यक्रममा प्रेस काउन्सिल नेपालका…

प्रेस काउन्सिलमा सोलुसन जर्नालिज्मसम्बन्धी कार्यशाला

प्रेस काउन्सिल नेपालमा सोलुसन जर्नालिज्म (समाधान पत्रकारिता) सम्बन्धी कार्यशालाको आयोजना गरिएको छ। काउन्सिलले काउन्सिलको सभाहलमा मंगलबार एक कार्यक्रमबीच सोलुसन जर्नालिज्म नेटवर्कसँगको सहकार्यमा सोलुसन जर्नालिज्म (समाधान पत्रकारिता) सम्बन्धी कार्यशालाको आयोजना गरेको हो। सोलुसन जर्नालिज्म नेटवर्कका मान्यताप्राप्त प्रशिक्षक टुमराज कोइरालाले उक्त कार्यशालामा कार्यपत्रसहितको प्रस्तुती राख्दै समाधान पत्रकारिताबारे परिचयसहित यसका आधारभूत पक्ष, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भएका…

चिनियाँ पत्रकार टोली–प्रेस काउन्सिलबीच छलफल

नेपाल प्रेस काउन्सिलले चिनियाँ पत्रकार टोलीसँग छलफल गरेको छ। प्रेस काउन्सिल नेपालले नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारसहितको टोलीसँग पत्रकारितामा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्न सकिनेबारे छलफल गरेको हो। चीनको सिचाङ प्रान्त (तिब्बत)बाट आएका तिब्बत सांस्कृतिक केन्द्र तथा पत्रकार महासंघका प्रतिनिधि र काउन्सिलका प्रतिनिधिबीच आइतबार काउन्सिलमा दुई देशको संस्कार, संस्कृति, परम्पराबारे एक–अर्को देशमा प्रचार…

सम्प्रेषित समाचार हटाउने अदालतको आदेश र पत्रकार पक्राउ पूर्जीबारे काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा संचार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गंभीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले आज (विहीबार) एक विज्ञप्ति जारी गर्दै यस विषयमा सुक्ष्म अध्ययन र सम्बद्ध निकायसँग छलफल गरिरहेको जानकारी दिएको छ। काउन्सिलका सह–प्रशासकीय अधिकृत…

नवनियुक्त सदस्यहरुको प्रेस काउन्सिलमा स्वागत

प्रेस काउन्सिल नेपालको रिक्त सदस्य पदमा हालै नियुक्त सदस्यहरूलाई काउन्सिलमा स्वागत गरिएको छ। नवनियुक्त सदस्यहरू कुमारी निमा काफ्ले (कञ्चनपुर), भीमलाल श्रेष्ठ (गोरखा), शन्तराम बिडारी (मकवानपुर), पदमराज जोसी (बैतडी), बालकृष्ण अधिकारी (धादिङ) र नकुल अर्याल (चितवन) लाई काउन्सिल सभाहलमा स्वागत गरिएको हो। स्वागत कार्यक्रममा नवनियुक्त सदस्यहरूलाई मुख्य अधिकृत झबिन्द्र भुसालले स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा बोल्दै…

पत्रकारिता सुदृढीकरणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध छ

गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पत्रकारिताको मर्यादा, स्वतन्त्र प्रेसको सम्मान र मिडिया क्षेत्रको सुदृढीकरणलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिएको उल्लेख गरेका छन्। नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमका सहभागी पत्रकारहरूलाई शुभकामना व्यक्त गर्दै मन्त्रीले थापाले भने, ‘समय सान्दर्भिक र अत्यन्तै आवश्यक यो तालिम…

पोखरामा स्थानीय तह स्थलगत रिपोर्टिङसम्बन्धी तालिम

पोखरामा स्थानीय तह स्थलगत रिपोर्टिङसम्बन्धी तालिम सुरु भएको छ। प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठन कास्कीले संयुक्त रुपमा २ दिने तालिमको आयोजना गरेको हो। पोखरा महानगरपालिकाको सहयोगमा सोमबार पोखरा–९, बास्तोलाथरबाट सुरु भएको तालिम मंगलबार पोखरा–३१ को पचभैयामा सम्पन्न भएको थियो। तालिममा नयाँ पत्रिका दैनिकका बरिष्ठ सम्वाददाता, स्थानीय तहसम्बन्धी रिपोर्टिङ गर्दै आएका शिवहरी घिमिरेले स्थानीय…

गण्डकी प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप गर्दैन

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप नगर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ गण्डकीको आयोजनामा आइतबारदेखी सुरु प्रदेशस्तरीय ‘मल्टिमिडिया रिपोर्टिङ तालिम’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले औंल्याए, ‘प्रदेश सरकारले प्रेस स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप गर्दैन। तर, नियमन भने जरुरी छ। सकारात्मक साेंच र केही गर्न सकिन्छ भन्ने आत्माविश्वास जगाउने गरी सूचना,…

थप ५ मातृभाषामा पत्रकार आचारसंहिता जारी

प्रेस काउन्सिल नेपालले विभिन्न ५ मातृभाषामा अनुवाद गरी पत्रकार आचारसंहिता सार्वजनिक गरेको छ। योसहित नेपाली मिडियामा विभिन्न ८ मातृभाषाका आचारसंहिता प्रयोगमा छन्। शुक्रबार काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र राष्ट्रिय समाचार समातिका अध्यक्ष धर्मेन्द्र झाले भोजपुरी, राई वान्तावा, तामाङ, डोट्याली, लिम्बु भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरे। यसअघि, काउन्सिलले थारु,…

मिडिया क्षेत्रले राज्य व्यवस्थालाई सुदृढ र उत्तरदायी बनाउनुपर्छ

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया हाउसहरुले राज्य व्यवस्थालाई सुदृढ र उत्तरदायी बनाउने कुरामा जोड दिएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार पोखरामा आयोजना गरेको ‘पत्रकारितामा महिलाहरुको सहभागिता तथा विकासको लागि सरोकारवालासँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मा बोल्दै मन्त्री गुरुङले प्रष्ट पारे, ‘पत्रकार तथा मिडिया हाउसले राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र…