देश–समाज »

‘तथ्यगत परीक्षणबेगर समाचार सामग्री सम्प्रेषण नगरौं’

प्रेस काउन्सिल नेपालले तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण नगर्न/नगराउन संचार माध्यम, आम पत्रकार, संचारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायतलाई आग्रह गरेको छ। बिहिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचनाहरू सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट समेत त्यस्तो देखिएको भन्दै संचार माध्यमलाई सचेत रहन आग्रह गरेको…

तथ्य जाँचका लागि प्रेस काउन्सिलले कार्यदल गठन गर्‍यो

प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको छ। सदस्य भीमलाल श्रेष्ठको संयोकत्वमा सदस्यद्वय कुमारी निमा काफ्ले र बालकृष्ण अधिकारी सदस्य रहेको कार्यदल गठन गरेको हो। काउन्सिलको सदस्य भीमलाल श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)मा भएका प्रावधानहरूको स्मरणसमेत गरायो। साथै, वर्तमान बदलिँदो परिस्थितिमा संयमित भएर तथ्यपरक सामग्री सम्प्रेषण गर्न संपूर्ण…

‘प्रेस काउन्सिलको स्वायत्तताको सम्मान गर्छौं’

संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपालको स्वयत्तताको सम्मान गर्ने बताएका छन्। काउन्सिललाई थप प्रभावकारी बनाउन सरकार तयार रहेको प्रतिबद्धतासमेत जनाएका छन्। काउन्सिलमा बुधबार भएको स्वागत तथा स्थलगत भ्रमणका क्रममा उनले सरकार तोकिएको मितिमा निर्वाचन गराउन इमान्दार रहेको उल्लेख गरे। उनले उल्लेख गरे, ‘निर्वाचनलाई प्रभावित बनाउने गरी कतिपय न्युज मिडिया र सोसल…

संचार माध्यम अनुगमनका लागि तोकियो ‘फोकल पर्सन’

प्रेस काउन्सिल नेपालले रेडियो/टेलिभिजन, छापा र अनलाइन संचार माध्यममा आचारसंहिता अनुगमन प्रभावकारी बनाउन ‘फोकल पर्सन’ नै तोकेको छ। शुक्रबार काउन्सिल सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बोर्ड बैठकले ३ जना सदस्यलाई विशेष जिम्मेवारी दिँदै आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन फोकल पर्सन तोकेको हो। योसँगै, संचार माध्यम प्रभावकारी बन्ने काउन्सिलको विश्वास लिएको छ। बैठकपछि जारी विज्ञप्तिमा…

‘सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ’

संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाएका छन्। सूचनाको हकका लागि राष्ट्रिय (आरटीआई) महासंघले शुक्रबार मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खरेलले भने, ‘सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सकिने भएकाले यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ।’ सूचनाको हकका विषयमा सरोकारवाला सबैलाई राखेर दसैँपछि…

प्रेस काउन्सिलको ५६ औँ वार्षिकोत्सव, पुरस्कार वितरण भएन

प्रेस काउन्सिलले नेपालले सोमबार आफ्नो ५६ औँ वार्षिकोत्सव मनाएको छ। पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यसवर्षका अन्य कार्यक्रम स्थगन गर्दै काउन्सिलले सरल तरिकाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो। काउन्सिलका सदस्य नकुल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलको ५० औँ वार्षिक प्रतिवेदन र अंग्रेजी प्रकाशन मिडिया जर्नल सार्वजनिक गर्‍यो। वार्षिकोत्सवका अवसरमा हुँदै आएका विशेष कार्यक्रम…

फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल खुल्यो

सरकारले फेसबुक र ट्विटरलगायतका सामाजिक सञ्जाल खोलेको छ। सरकारले अवरुद्ध बनाएको फेसबुकसहितका सामाजिक सञ्जाल पुन: संचालनमा आएका हुन्। भ्रष्टाचारविरुद्धको जेन जीको प्रदर्शनमा नरसंहार मच्चाएपछि चरम आलोचित बनेको सरकारले केहीबेरदेखि सामाजिक सञ्जाल खोलेको हो। सरकारले नियमनका लागि भन्दै चार दिनदेखि सम्पूर्ण सामाजिक सञ्जाल बन्द गरेको थियो। संचार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्ने भन्दै सरकारले नियमनका…

८ सामाजिक सञ्जाल कम्पनी सरकारको सम्पर्कमा आयो

सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि २६ मध्ये ८ वटा कम्पनी सम्पर्कमा आएका छन्। बिहीबारको सरकारी निर्णयअनुसार नेपाल दूरसंचार प्राधिकरणले सामाजिक सञ्जालहरु निष्कृय बनाउन इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेपछि ८ वटा कम्पनी सरकारको सम्पर्कमा आएका हुन्। बिहीबार नै फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको संचालक कम्पनी मेटाले सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको थियो।…

बन्द हुँदैछन्, फेसबुकसहित २६ वटा सामाजिक सञ्जालहरु

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द हुँदैछन्। सरकारले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो। सरकारले नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जालहरुका लागि बिहीबारदेखि नै लागू हुनेगरि फेसबुक तथा युट्युबसहित २६ वटा सामाजिक सञ्जाल निष्कृय गर्ने भएको हो। यसअघि, सरकारले एक साताको समय …

७ दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्‍यो

सरकारले ७ दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी गराएका हुन्। सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल ७ दिनभित्र संचार मन्त्रालयमा सूचीकरण हुनुपर्ने र तोकिएको अवधिमा सूचीकरण नभए नेपालमा निष्कृय गराउन दूरसंचार प्राधिकरणलाई निर्देशन दिने निर्णय…