देश–समाज »

कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङसम्बन्धी तालिम

कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङसम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम सुरु भएको हो। कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले एक कार्यक्रमबीच तालिमको शुभारम्भ गरे। उनले…

५० वर्षदेखिको नियमित पत्रपत्रिकालाई काउन्सिलले सम्मान गर्दै

प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ गर्दैछ। धादिङ जिल्लाको सल्यानटारमा माघ १७ गते बसेको काउन्सिल बोर्ड बैठकले ‘निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने’ निर्णय गरेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा काउन्सिलद्वारा प्रदान गरिने विभिन्न पुरस्कारलाई…

६ वेबसाइट बन्द गराउन प्राधिकरणलाई निर्वाचन आयोगको पत्र

  ‘एक्जिट पोल’ चलाउने ६ वेबसाइट बन्द गराउन नेपाल दूरसंचार प्राधिकरणलाइ निर्वाचन आयोगले पत्र पठाएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल गराउने वेबसाइटहरु बन्द गर्न आयोगले प्राधिकरणलाई पत्र पठाएको हो। आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईकाअनुसार निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्न पत्र पठाइएको हो। हेरौं, आयोगले बन्द गर्न पत्र पठाएका वेबसाइटहरु रेट…

प्रेस सेन्टर कास्कीले मनायो २२ औं स्थापना दिवस

प्रेस सेन्टर नेपालले पोखरामा एक कार्यक्रमबीच विहीबार आफ्नो २२ औं स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा पोखरा–१४, स्थित मझेरीपाटनस्थित सहिद स्मृति बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्रि सहयोग हस्तान्तरण गरेको छ। प्रेस सेन्टर कास्की शाखाको आयोजनामा प्रेस सेन्टर गण्डकी तथा पोखरा महानगर कमिटीको समन्वयमा एक समारोहबीच उक्त सहयोग गरिएको प्रेस सेन्टरले जनाएको छ। विद्यालयमा अध्ययनरत् सहिद…

निर्वाचनलक्षित पत्रकार आचारसंहिताबारे काउन्सिलमा छलफल

प्रेस काउन्सिल नेपालमा ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी बुधबार प्रेस काउन्सिलले उक्त छलफल कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिलले स्वच्छ, निष्पक्ष र स्वतन्त्र भई काम गरिरहेको उल्लेख गरे। अध्यक्ष आचार्यले प्रतिबद्धता जनाए, ‘काउन्सिलले पत्रकारिताको व्यावसायिक…

छापा माध्यमका सम्पादकहरुसँग प्रेस काउन्सिलको अन्तरक्रिया

प्रेस काउन्सिल नेपालमा विभिन्न छापा माध्यमका सम्पादकसँग ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजायँ दिन नभई प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैं सक्रिय रहेको उल्लेख गरे। पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहनसमेत उनले आग्रह गरे। उनले…

६ महिनाभित्र प्रेस काउन्सिलमा १६३ उजुरी दर्ता

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रेस काउन्सिल नेपालमा १६३ वटा उजुरी दर्ता भएका छन्। काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ती उजुरी प्राप्त भएका हुन्। काउन्सिलका सह–प्रवक्ता रामशरण बोहराका अनुसार दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताअनुसार प्रक्रिया अघि बढाउँदा ७७ वटा खण्डन सम्प्रेषण गरिएको छ। त्यस्तै, ५२ वटा उजुरीमा पेस भएको जवाफ उजुरीकर्तालाई…

आसन्न निर्वाचनको रिपोर्टिङबारे सरोकारवालाबीच छलफल

आसन्न निर्वाचन रिपोर्टिङबारे सरोकारवालाबीच छलफल गरिएको छ। साथै, डिजिटल अधिकार तथा सुरक्षा, सूचना अखण्डता र निर्वाचन रिपोर्टिङबारे हाते पुस्तिकासमेत विमोचन गरिएको छ। कार्यक्रममा सरोकारवालाहरूले मिथ्या सूचनाले कसरी निर्वाचनलाई प्रभावित पार्दछ भन्ने विषयमा आफ्नो धारणा राखेका छन्। पूर्वमुख्य निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कार्यक्रममा बोल्दै निर्वाचन रिपोर्टिङ हाते पुस्तिका पत्रकारिता सिक्दै गरेकालाई अति उपयोगी हुने औंल्याए। उनले…

डिजिटल माध्यम र सामाजिक सञ्जालको सहि प्रयोग गरौं

समयसापेक्ष डिजिटल माध्यम र सामाजिक सञ्जालको सहि प्रयोग गर्न एक कार्यक्रमका सहभागीहरुले सुझाएका छन्। प्रेस रजिष्ट्रारको कार्यालयद्वारा बुधबार पोखरामा आयोजित ‘भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचनासम्बन्धी सरोकारवालाबीच सचेतना तथा अन्तरक्रिया’ कार्यक्रममा सरोकारवालाहरुले भने, ‘समय सापेक्ष आएका डिजिटल माध्यम र सामाजिक सञ्जालको सहि प्रयोग र त्यसलाई नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार हुनैपर्छ।’ पछिल्लो समय डिजिटल माध्यम र सामाजिक…

काउन्सिल र अन्तर्राष्ट्रिय संचार माध्यमका पत्रकारबीच छलफल

नेपाल प्रेस काउन्सिल र अन्तर्राष्ट्रिय संचार माध्यममा कार्यरत पत्रकारबीच छलफल गरिएको छ। काउन्सिलले पत्रकार आचारसंहिता कार्यान्वयनबारे सोमबार अन्तर्राष्ट्रिय संचार माध्यमका पत्रकारसँग छलफल गरेको हो। प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अन्तर्राष्ट्रिय संचार माध्यममा कार्यरत पत्रकारसँग छलफल/अन्तरक्रिया विषयक कार्यक्रम’ को आयोजना गरेको हो। कार्यक्रममा दूरदर्शन र एआईआरका लागि कार्यरत श्वेता सिंह, एएफपीका लागि कार्यरत प्रकाश…