
नेपालगञ्ज । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ । आइतबार भएको महिलातर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापामगरले स्वर्ण पदक दिलाएकी हुन् । उनले प्रदेश नम्बर ३ की निलिमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै…
नेपालगञ्ज । गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको दुबै टिम सेमिफाइनलमा पुगेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन÷तीन खेलमा लगातार जित हासिल गर्दै अन्तिम चारमा स्थान बनाएको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि एकतर्फी शुन्यका बिरुद्ध २४ गोल…
नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबार नेपालगन्जमा भएको पुरुष तथा महिला दुवैतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले दोहोरो जित हात पारेको छ । गण्डकी प्रदेशको महिला ह्याण्डबलले शुक्रबार नेपालगन्जको जिल्ला प्रशासन कार्यालय परिसरमा भएको महिलातर्फको उद्घाटनसहित दुवै खेलमा जित हासिल गरेको छ ।गण्डकी प्रदेशले पुरुषतर्फको एक खेलमा समेत जित हासिल गर्दै समग्रमा दोहोरो जित…
नेपालगञ्ज । राष्ट्रपति बिद्यादेवी भण्डारीले आठौं संस्करणको खेलकुद प्रतियोगिताको उद्घाटन गरेकी छन् । विहीबार साँझ नेपालगञ्जको नव निर्मित रंगशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति भण्डारीले आठौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको घोषणा गरिन् । कर्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकास गर्न स्थानिय तहबाटै लाग्नु पर्ने बताइन् । खेलकुदका कार्यक्रममा बिद्यालयस्तरबाटै बिद्यार्थीहरुलाई समेट्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड…
नेपालगञ्ज । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने उक्त प्रतियोगिताको संपूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । राष्ट्रपति विद्या भण्डारीले उक्त प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पत्रकार सम्मेलनमा बताए । विहीबार साँझ साढे…
यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुक्त रुपमा प्रदान गरिएको छ । हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई यस वर्षको पुलित्जर पुरस्कार प्रदान गरिएको हो । यस पटक पुरष्कारका लागि २४ सय भन्दा बढी आवेदनहरु परेका थिए ।…
पोखरा । नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशका खेलाडीहरुलाई बिदाई गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले एक कार्यक्रमबीच आइतबार पोखरा रंगशालबाट खेलाडीसहितको टिमहरुलाई विदाई गरेकी हुन् । कार्यक्रममा बोल्दै मन्त्री पुनले गण्डकी प्रदेशका खेलाडीहरुलाई उच्च मनोबलका साथ आफ्नो प्रदर्शन गर्न आग्रह गरिन् । उनले सकारात्मक सोंचका साथ…
पोखरा । आठौं खेलकुद प्रतियोगिताको ट्रायथलनमा विभागीय नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले वर्चश्व जमाएको छ । प्रतियोगिता अन्तरगत पोखरामा सम्पन्न ट्रायथलनमा विभागिय क्लब नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफले सबै इभेन्टको पदक जित्न सफल रह्यो । प्रतियोगिताको स्प्रिन्टतर्फ ७५० मिटर पौडी, साइक्लिङ २० किलोमिटर र ५ किलोमिटरको दौडमा पुरुषतर्फ त्रिुभबन…
पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा नयाँ वर्ष २०७६ को शुभकामना सन्देश दिएका छन् । नयाँ वर्षको उपलक्ष्यमा मुख्यमन्त्री गुरुङले शुभकामना सन्देश दिदैं स्वदेश तथा विदेशमा रहेका संपूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् । । गण्डकी प्रदेश सरकारका लागि २०७५ साल विभिन्न चुनौतीका बाबजुद मूलतः गण्डकी…
पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कु्ँवरले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने नयाँ वर्षले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व बोकेको बताएका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दैै प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् । ‘नेपाल सरकारले नयाँ वर्षलाई विशेष महत्व दिएर सार्वजनिक विदा घोषणा गरेको छ…