
स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ। सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यस सातामा पठाइने निर्वाचन आयोगले जनाएको छ। वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि…
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब ४ हजारले फिर्ता लिएका छन्। वैशाखको गत ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकोमा हिँजो (शनिबार) साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो। प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको हो।…
स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो। नाम फिर्ताको समय सकिएसँगै निर्वाचन आयोगले आजै उमेदवारकिो अन्तिम नामावली प्रकाशन गर्दैछ। नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ। त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। पछिल्ला दिनहरुमा राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब…
३५ सञ्चार माध्यम प्रेस काउन्सिल नेपालको कारबाहीमा परेका छन्। प्रेस काउन्सिलको आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको हो। साथै काउन्सिलले दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ। सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय…
स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ। निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार…
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि १ लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन्। निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता…
स्थानीय तह निर्वाचनका लागि देशभरका ७५३ वटा पालिकामा गरी १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन आयोगले मंगलवार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो। यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो। स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका…
गण्डकी प्रदेशमा १ महानगर सहित ८५ पालिकामा ३३३ को उम्मेदवारी दर्ता भएका छन्। यहाँको १ महानगर सहित २७ नगरपालिकाको मेयरमा १ सय ५१ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै, उपमेयरमा भने ८४ जना मात्रै छन्। ५८ गाउँपालिकाको नेतृत्वका लागि १८२ जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जनाएको छ। उपाध्यक्ष बन्न भने १ सय ३७ को मात्रै…
भूतपूर्व ब्रिटिश गोर्खाहरूको सिंगो संस्था नै नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा कृष्णकुमार राईको नेतृत्वमा रहेको गोर्खाहरूको समूहको ८१ पदाधिकारीसहितको समूह माओवादी केन्द्रमा समाहित भएको हो। सयभन्दा बढी संख्यामा रहेका भूतपूर्व ब्रिटिश सेनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराउँदै स्वागत गरे। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन…
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन्। मन्त्री थापाले विकास निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गरेका हुन्। २०७७ साल माघ महिनादेखि २०७८ फागुन मसान्तसम्म बैंक खातामा १३ लाख ६६ हजार ३…