Hero News »

आमसंचार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक प्रेसमैत्री हुने दाबी गरेका छन्। ‘यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न हुँदैन, त्यसबारे आफूले निर्देशन समेत दिइसकेको छु।’ नेपाल प्रेस युनियन कास्कीको महाधिवेशन लक्षित भेलालाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रका लागि लडेका संचारमाध्यममाथि अंकुश लगाउने गरी आमसंचार विधेयक नआउने विश्वास दिलाए। आमसंचार विधेयक संसदमा छलफलका क्रममा…

अविरल वर्षाका कारण पोखरा डुबानमा (हेर्नुहोस, फोटो फिचर)

अविरल वर्षाका कारण पोखरा लगायत कास्कीका केही ठाउँहरु डुबानमा परेका छन्। शुक्रबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण घरहरु डुबानमा परेका हुन्। घर डुबानमा परेकाहरुलाई उद्धार समेत गरेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पोखराको वडा नं २५ को हेमजालगायत म्याग्दी टोल, सुन्दरपुरी, खहरेटारीमा गरी करिब ७० घर डुबानमा परेको हो। घर डुबानमा परेका करिब ३…

पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

यहीं असार १८ गते पोखरामा आयोजना हुन लागेको छैटौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७८’ को मनोनयन सार्वजनिक भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर ४ बिधाका उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो। जसअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का उत्कृष्ट ३ मा…

पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड (पूर्ण पाठसहित)

पोखरा महानगरपालिकाले आ.व. २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट ल्याएको छ। उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन्। चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो। बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

अब, पोखरा आसपास क्षेत्रको किड्नीका विरामीहरुले मिर्गौला प्रत्यारोपण गर्न अन्यत्र जानु नपर्ने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विहिबार पहिलोे पटक मिर्गौला सफलतापूर्वक गरिएको छ। गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन गरी सुरु गरिएको उक्त सेवा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रतिष्ठानको सहकार्यमा भएको हो। केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ तथा…

पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरिएको छ। महानगरपालिकाको ११ औं नगरसभामा महानगरपालिका प्रमुख धनराज आचार्यले आ.व. ०७९/८० को वार्षिक नीति तथा कार्यक्रम नगरसभामा पेश गरेका हुन्। नीति तथा कार्यक्रममा क्षेत्रफलका आधारमा देशको सबैभन्दा ठूलो महानगरपालिका विविधतापूर्ण तथा ग्रामीण पहाडी क्षेत्र, अर्ध शहरी क्षेत्र र शहरी क्षेत्रसहित ३ थरी भौगोलिक अवस्था रहेको पोखरामा आर्थिक…

असार ९ गतेबाट ‘गण्डकी प्रज्ञा उत्सव’

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पूरा भएको छ। मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीं असार ९ गतेबाट ११ गतेसम्म प्रतिष्ठानकै प्राङ्गण पोखरा–१ वगर उपल्लो क्याम्पस गेटमा हुनेछ। उत्सव अन्तर्गत पहिलो दिन असार ९ गते विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी २० जना कलाकारद्वारा पर्यटन, संस्कृति, धार्मिक…

गण्डकी प्रदेशमा करिब ३६ अर्बको बजेट सार्वजनिक

गण्डकी प्रदेश सरकारले करिब ३६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यस प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आज (बुधबार) प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ। यसैगरी, बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय…

आजदेखि पुरानै बिदा र कार्यालय समय

आज, असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ। गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आजदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो। कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा २ दिन बिदा दिने निर्णय खारेज गरेको हो।…

८ औं दिनमा जम्मु कस्मिर पुग्यो ‘पोखरेली डुलुवा टोली‘

पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपालसहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली ‘डुलुवा टोली’ भारतको जम्मु कस्मिरमा पुगेको छ। टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनबारे जानकारी गराएको छ। टोलीले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ। त्यहाँ विभिन्न समुहहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्दै अगाडी बढेको छ। जम्मुमा रहेका नेपाली समुदायका…