देश-समाज »

नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषलाई क्रिकेटर सन्दीपको १ लाख सहयोग

पोखरा ।  विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको राहत कोषमा राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले समेत १ लाख रुपैयाँ सहयोग गरेका छन् । सन्दीप आफूले सरकारले स्थापना गरेको कोषमा १ लाख सहयोग गरेको सामाजिक सञ्जालमार्फज जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत सबैले जिम्मेवारी वहन गर्दै ‘मानवताको परिचय दिउँ’…

दीपक बज्रचार्यले ल्याए, ‘एक अर्कासँग मिलौं, चक्रव्युह तोडेर जितेर अघि बढौं’ बोलको लक–डाउन गीत

पोखरा । गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल क्वारेन्टाइनमा छन् । सरकारले देशभर लक–डाउनको घोषणा गरिरहँदा बज्राचार्यले भने फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाइरहेका छन् । यसैबीच, मनोरञ्जनसँगै उनले सामाजिक सञ्जालमार्फत कोरोनाबारे सचेत पनि गराइरहेका छन् । हालै बज्रचार्यले युट्युबमार्फत ‘लक–डाउन .., लक–डाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । जसमा उनले कोरोनाको संक्रमण…

थप २ नेपाली र १ अमेरिकी नागरिकमा कोरोना संक्रमणको आशंका

पोखरा । चीनबाट फर्किएका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई कोरोना संक्रमणको आशंका गरिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरी उपचार गर्नेको संख्या ५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार प्रक्रिया सुरु गरिएको छ । चीनबाट फर्किएका १ महिला,…

शशिकलाले पहिरिन् मिस तामाङ पोखराको ताज

पोखरा । लेकसाइडकी शशिकला तामाङले पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधि जितेकी छिन् । पोखरामा शनिबार भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् । शशिकलाले मिस ट्यालेण्टको टाइटल समेत जितेकी छन् । जितसँगै उनले १ लाख, ताज, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु हात पारिन…

राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा नेपाली

पोखरा ।  राष्ट्रिय दलित पत्रकार संघ कास्कीको प्रथम जिल्ला सम्मेलनले रामशरण नेपालीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतीमा गठन गरेको छ । उपाध्यक्षमा शुरेस सुनार, सचिव अर्जुन परियार, सहसचिव विजय नेपाली, कोषाध्यक्ष बिन्दु परियार, सदस्यहरुमा गणेश रामदाम, प्रतिक सुनार, प्रकाश रसाईली, टोप ब. बिक, बिनिता परियार, याम बि.क, किशोर परियार, मुना सुनार, नन्दिता सुनार, आशा…

विश्वकै होचा व्यक्ति कीर्तिमानी खगेन्द्र रहेनन्

पोखरा । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । खगेन्द्रको पोखरास्थित मणिपाल अस्पतालमा शुक्रवार दिउँसो निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिएका छ न् । स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । रानाका…

शनिबार मिस तामाङ पोखराको ग्राण्ड फिनाले

पोखरा । पोखरामा पाँचौ संस्करणको मिस तामाङ हुने भएको छ । पोखरा सभागृहमा शनिवार दिउँसो हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले पोखरामा पत्रकार सम्मलेन गरी जानकारी दिएको हो । समाजका अध्यक्ष ज्याक तामाङले हरेक बर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ…

सुनिताले पोखरामा एकैपटक चार शिशुलाई जन्म दिइन्

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एक युवतीले एकै पटक बिहीबार चम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । स्याङ्जा पुतलीबजारकी सुनिता पौडेल प्रधानले मणिपाल शिक्षण अस्पतालमा १ छोरासहित चार शिशुको जन्म दिएकी हुन् । स्याङ्जा पुतलीबजार नगरपालिका वडा १ की २६ वर्षीया सुनिताको शल्यक्रिया मार्फत ति ४ शिशुहरु जन्मिएका हुन् । अस्पतालमा कार्यरत डा. महेन्द्र पाण्डे…

भ्रष्टाचारी ठूला माछाहरुलाई पनि समात्नुस : प्रदेश प्रमुख शेरचन

पोखरा । अख्तियार अनुसन्धान आयोगले गण्डकी प्रदेश समक्ष गत आर्थिक वर्ष ०७५/०७६ को प्रतिवेदन बुझाएको छ । आयोगका सह–सचिव सन्देश श्रेष्ठ लगायत पोखरा प्रमुख र अधिकृतहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रतिवेदन बुझाएका हुन् । देश संघीयतामा आएपछि ०७२ को नयाँ संविधानमा उल्लेख भएअनुसार आयोगका प्रतिवेदनलाई प्रदेशप्रमुख समक्ष बुझाइएको सह–सचिव श्रेष्ठले जनाए । गत आर्थिक वर्षमा…

अख्तियारद्वारा एकैदिन ७ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा ७ जनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी जवान सरोजकुमार यादव, कर्णाली प्राविधिक शिक्षालयमा कृषि प्रशिक्षण सहायक चन्द्रसिंह खत्री उनका सहयोगीहरु टंकप्रसाद…