देश-समाज »

४३ जिल्लामा कोरोना संक्रमण, सबैभन्दा गण्डकी प्रदेशमा कम (विस्तृत विवरणसहित)

पोखरा । नेपालका ७७ जिल्लामध्ये कोरोना संक्रमण ४३ जिल्लामा फैलिएको छ । प्रदेशका हिसावले सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा छन् । यहाँ ५ जना संक्रमित भएकोमा २ जना निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्ममा ४३ जिल्लामा कोरोना भाइरस संक्रमित भेटिएको हो । मन्त्रालयका अनुसार सबैभन्दा बढी वागमती प्रदेशमा ११…

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेरोजगार लक्षित अभियानका रुपमा अघि बढाइने

पोखरा । सरकारले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेरोजगार लक्षित अभियानको रुपमा कार्यक्रमको रुपमा अघि बढाउने भएको छ । सरकारको नीति तथा कायृक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अन्य रोजगारी सम्बन्धी कार्यक्रमसँग आवद्ध गरी रोजगारी सृजना गर्ने र बेरोजगार लक्षित अभियानको रुपमा कार्यन्वयन गर्ने उल्लेख छ। अघिल्लो वर्षदेखि सुरु भएको यो कार्यक्रमले पालिकास्तरमा बेरोजगारको सूचीमा सूचीकृतलाई रोजगारी…

लिपुलेक र कालापानी समेटेर नक्सा प्रकाशित गर्ने प्रतिबद्धता

पोखरा । सरकारले लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । साथै, सरकारले नेपालका छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने पनि नीति तथा कार्यक्रममा…

यसअघि, जिल्लाका प्रशासन कार्यलयहरुले जारी गरेका अन्तरजिल्ला पास गृह मन्त्रालयद्वारा खारेज

पोखरा । गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी संचालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ । एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । साथै यसअघि तोकिएका नियामक निकायबाट जारी भएका पासलाई मात्र मान्यता दिने…

नेपालमा एकैदिन थप ८३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २१७ पुग्यो, पर्सा जिल्ला आतङ्कित

पोखरा । नेपालमा मंगलबार एकै दिन ८३ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमित हुनेको संख्या १९१ जना पुगेको छ । संक्रमित जना सबै पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन्। मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्सामा ५७ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र भक्तपुर, महोत्तरी र धनुषामा २/२ जना…

तेक्वान्दो खेलाडी सबिता राजभण्डारीको पीडित परिवारलाई सहयोग

पोखरा । तेक्वान्दो खेलाडी सविता राजभण्डारीले समस्यामा परेका पीडित परिवारलाई सहयोग गरेकी छन् । एसियाली खेलकुदमा रजत पदक विजेता सबिताले कोरोना भाइरसका कारण समस्यमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत परिवारलाई खाद्यान्न प्रदान गरेकी हुन् । आफ्ना पति किशोर श्रेष्ठको सहयोगमा उनले काठमाडौं महानगरपालिका ११ का दुई सय पीडित परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेकी हुन् ।…

पुलित्जरकी व्यवस्थापक डाना केनेडीले आफ्नो घरको लिभिङ रुमबाट यस वर्षको पुलित्जर पुरस्कार २०२० घोषणा गरिन्

अमेरिकी लेखक कोल्सन ह्वाइटहेड आख्यान (फिक्सन) तर्फ दोस्रोपटक पुलित्जर पुरस्कार जित्ने चौथो लेखक बनेका छन् । अफ्रिकन–अमेरिकन लेखक ह्वाइटहेडले ‘द निकल बोइज’का लागि यो वर्ष (सन् २०२०) को पुलित्जरमा फिक्सन तर्फको पुरस्कार जितेका हुन् । फ्लोरिडाको बालसुधार विद्यालयमा अश्वेत बालकमाथि हुने गरेको दुव्र्यवहारको कथा उनले ‘द निकल बोइज’मा प्रस्तुत गरेका छन् । न्यूयोर्कका ५० वर्षे…

वैशाख २६ गतेलाई राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन आह्वान

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् । आइतबार सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम…

अहं, व्यक्तिवाद र संकीर्ण स्वार्थमा नरमाउँ, मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्न नखोजियोस् : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् । एक विज्ञप्ति जारी गर्दै नेता नेपालले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको बताएका छन् । नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले नेपाल कम्युनिष्ट पार्टीलाई…

नेकपालाई कमजोर पार्न देशीविदेशी शक्तिहरुले निरन्तर चलखेल गरिरहेछ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ऐतिहासिक पार्टी एकतापछि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने चलखेलमा निरन्तर लागिरहेको बताएका छन् । नेकपाको ७१ औं स्थापना दिवसका अवसरमा वक्तव्य निकाल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख गरेका छन् ।…