देश-समाज »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पिन गण्डकीको सेनिटाइजेसन टनेल प्रदान

पोखरा । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल(पिन) गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सेनिटाइजेसन टनेल प्रदान गरेको छ । कोराना भाइरसको त्रास बढ्दै जाँदा पिन गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा महानगरपालिकाको यान्त्रिक कार्यशालामा निर्माण गरिएको सेनिटाइजेसन टनेल पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । यो टनेलले स्वचालित रूपमा काम…

हालसम्म ३३ हजारको कोरोना भाइरसको परीक्षण

पोखरा । कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पीसीआर विधिबाट ८ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंया मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर ३२४ वटा पीसीआर परीक्षण भएका छन् भने आरडीटी…

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझा जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख…

कोरोनाविरुद्धको लडाइँ जितेर घर फर्किदैँ गरेकी बागलुङकी बृद्धाले भनिन्, ‘मैले आत्मबल बढाएरै कोरोनालाई जितेँ’

पोखरा । कोरोना भाइरसविरुद्वको लडाईँ जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि रानामगरले फुल दिएर विदाई गरे । उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी…

कोरोनालाई जितेर २७ दिनपछि घर फर्किएकी युवती भन्छिन, ‘नआत्तिनुस, सजग भएर उपचार गर्दा निको हुन्छ’

पोखरा । कोरोना भाइरस (कोभिड १९) लाई जितेर काठमाण्डौकी १९ वर्षीया किशोरी घर फर्किएकी छिन् । घर फर्किँदै गर्दा उनले कोरोना भाइरसको संक्रमण हुँदा जसलाई पनि डर लाग्ने भएपनि नआत्तिन उनले आग्रह गरेकी छिन् । उनले भनेकी छिन, ‘रोग भन्नेबितिकै हामी सबै आत्तिन्छौँ । तर, नआत्तिनुस, सजग भएर उपचार गराइयो भने कोरोनाको संक्रमण निको हुन्छ…

नेपाल सरकारको संघीय संचित कोषमा राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड रुपैयाँ जम्मा

पोखरा । राष्ट्रपति कार्यालयले साँढे ९ करोड रुपैयाँ नेपाल सरकारको खातामा जम्मा गरेको छ । देशमा कोरोना भाइरसको कारण विषम परिस्थिति उत्पन्न भएको भन्दै राष्ट्रपति कार्यालयले आर्थिक वर्ष २०७६/०७७ को विभिन्न शीर्षकको बजेट कटौती गरेर ९ करोड ५० लाख रुपैयाँ सरकारको संघीय सञ्चित कोषमा जम्मा गरिएको जनाएको छ । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको…

वैशाख १५ गतेसम्मका लागि १२ दिन थपियो लकडाउनको अवधि

पोखरा । सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको हो । कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि थप सचेतनाका लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ । नेपालमा…

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो, सबैको स्वास्थ्य स्थिति सामान्य

पोखरा । नेपालमा सोमबार थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टिससँगै, यहाँ अब संमितको संख्या १६ पुगेको छ । नयाँ संक्रमितहरुको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । यस्तै, संक्रमित २ जनाको काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । त्यस्तै, बागलुङमा २ जनाको उपचार भइरहेको छ…

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग जुध्न प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्र (देशवासी) को नाममा सम्बोधन

पोखरा । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएका प्रतिबन्धहरूका साथै स्वास्थ्य सामग्री खरिदजस्ता विषय विवादको घेरामा परेको बेला प्रधानमन्त्रीले झन्डै ३ सातापछि फेरि देशवासीलाई सम्बोधन गरेका छन् । उनले देशमा अझै जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन् । उनले जोखिम अझै कायमै रहेको भन्दै महामारीलाई रोकथाम गर्न सहयोग गर्न देशवासीसामु आग्रह…

नयाँ वर्ष २०७७ को बैशाख ३ गतेसम्मका लागि दोस्रो पटक लकडाउनको अवधि थपियो

पोखरा । नेपाल सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको अवधि थप गरेको छ । कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि ८ दिन थप गर्ने निर्णय गरेको हो । यसअघि, सरकारलाई सुदुर पश्चिम प्रदेश सरकार र कोभिड–१९ सम्बन्धी उच्चस्तरीय…