
नेपालमा बाघको संख्या बढेको छ। सन् २०१८ मा २ सय ३५ वटा बाघ रहेकोमा त्यसयता बढेर ३ सय ५५ पुगेको छ। पछिल्लो ४ वर्षमा १ सय २० वटा बाघ थपिएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणको तथ्याङ्क सार्वजनिक गर्दै बाघको संख्या ३ सय ५५ पुगेको जानकारी दिएका…
चालु आर्थिक वर्ष २०७९/०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भौतिक सुविधा विस्तारलगायतका कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वान गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इच्छुक सार्वजनिक विद्यालयलाई पालिकामार्फत प्रस्तावको पेस गर्न अनुरोध गरेको छ। तोकिएका प्राथमिकताका क्षेत्र र सर्तभित्र रहेर विद्यालयले साउन २९ भित्र सम्बन्धित पालिकामा प्रस्ताव पेस गर्नुपर्नेछ। विगतमा राष्ट्रपति…
२ दिन अघि मात्रै माध्यामिक शिक्षा परीषद कक्षा १० (एसईइ) २०७८ को परीक्षा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले एसईई २०७८ को परीक्षामा प्राप्तांक (ग्रेड) चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त…
गृह मन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न आम नागरिकमा अनुरोध गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गरी पछिल्लो समयमा भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको…
माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्। त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने खेलाडीलाई सरकारले छुट्टै ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा कीर्तिमान रच्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको नवौं राष्ट्रिय खेलकुद सचिवालय एवं राखेप प्रचार प्रसार शाखा प्रमुख फणिन्द्र पौड्यालले जानकारी दिएका छन्। पौड्यालका अनुसार प्रतियोगितामा…
लमजुङमा १० हजार बढीले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन्। जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष २०७८/०७९ को असारमसान्त सम्ममा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका हुन्। राष्ट्रिय परिचयपत्र दर्ता गर्नेमा ६ हजार ३ सय ८६ जना पुरुष र ३ हजार ७ सय ३८ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन्। गैरआवासीय नेपाली संघले आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्ने क्रममा मन्त्री कुँवरले यस्तो बताएका हुन्। नेपालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने उनको भनाई थियो।…
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ‘एसइई’को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ। बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएको भन्दै बोर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेको थियो। एसइई परीक्षा गत वैशाख…
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुवुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन्। पुवुदुले राष्ट्रिय टिमको पछिल्लो प्रदर्शन निरन्तर खस्किरहेको अवस्थामा राजीनामा दिएका हुन्। गत मंसीरमा नेपाल क्रिकेट संघ (क्यान)सँग नेपाल टिममा दोस्रो कार्यकालका लागि २ वर्षे सम्झौता गरेका पुवुदुले एक साता अगाडि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए। पुवुदुले आज (बुधबार) पत्रकार सम्मेलन गर्दैे…