राष्ट्रिय »

आजदेखि छठपर्वको ब्रत सुरु

आज कार्तिक शुक्ल पञ्चमी अर्थात आजदेखि आस्थाको महापर्व छठको ब्रत सुरु भएको छ। छठ पर्वको मुख्य दिन आज धुमधामसँग मनाइँदैछ। छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी जल चढाएर छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।  विशेषगरि तराईबासीको मुख्य पर्वको रुपमा रहेको यस पर्वको दिन सरकारले हरेक वर्ष सार्वजनिक विदा…

आज भाइटीका, उत्तम साइत बिहान ११: ३७ बजे

आज कार्तिक शुक्ल द्वितीया तिथि, अर्थात यमपञ्चक (तिहार) को पाँचौँ दिन आज भाइटीका पर्व। आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्यप्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका…

आज गोवर्धन पूजा, म्हपूजा, नेपाल सम्वत ११४३ प्रारम्भ

आज कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक तिहारको चौँथो दिन। अर्थात, आजको दिन गोवर्धन पूजा साथै नेपाल संवत देशभर मनाइँदैछ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने…

एकै दिन लक्ष्मीपूजा र कुकूर तिहार

आज कार्तिक चतुर्दशी अर्थात यम पञ्चकको लक्ष्मीपूजा र कुकूर तिहार एकै दिन परेको छ। आज विहान कुकूरको पूजा गरिन्छ भने बेलुकी धनधान्यकी देवी लक्ष्मीपूजा गरिन्छ। यस पटक सूर्य ग्रहणका कारण चतुर्दशीकै दिन अर्थात् सोमबार नै लक्ष्मी पूजा परेको छ। आज कार्तिक ७ गते सोमबार बेलुकी नै औँसी तिथि परेकाले आजकै दिन बिहान कुकुर पूजा गरी…

यस वर्षको यमपञ्चक सुरु, आज काग तिहार

नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहार आज (आइतबार)देखि सुरु हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ। तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। यो दिन काग तिहारका रूपमा प्रचलित छ। आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पंक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर…

सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक विदा

सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिने तयारी दिएको छ। आइतबार संस्कृतिविद सत्यमोहन जोशीको निधन भएको शोकमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको हो। गृह मन्त्रालयले आज (सोमबार) एक विज्ञप्ति जारी गरी १ कार्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो। उनको निधनको शोकमा…

शताब्दी पुरुष सत्यमोहन जोशीको शव अस्पताललाई जिम्मा लगाइयो

शताब्दी पुरुष सत्यमोहन जोशीको शव अस्पताललाई जिम्मा लगाइयो शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर जलाइएन। ललितपुरको ग्वार्को इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि जिम्मा लगाइएको छ। जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शव नजलाइने भएको हो। जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए।…

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय जोशीको उपचारका क्रममा आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल अस्पतालमा निधन भएको हो। बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ। जोशीलाई मुटुको समस्याका साथै निमोनिया र पिसाबको संक्रमण थियो। कमजोरी बढेपछि जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना…

कोजाग्रत पूर्णिमा, आज दशैंको समापन गरिदैं

आज आश्विन शुक्ल पूर्णिमाका दिन। अर्थात, दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ। प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन…

आज दसैंको टिका, उत्तम साइत ११ः५१ बजे

दुर्गापक्षको मुख्य दिन आज (बुधबार) बडादसैंमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदैछ। दसैँ घर वा पूजा कोठामा ९ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइँदैछ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएको…