राष्ट्रिय »

मिडिया काउन्सिल विधेयक प्रस्तुत

मिडिया काउन्सिल विधेयक प्रस्तुत भएको छ। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रस्तुत गरेका हुन्। सञ्चारमन्त्री कार्कीले विधेयक प्रस्तुत गर्दै अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित नबन्ने उल्लेख गरेका छन्। साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावी समेत गरे। सरकारले ल्याएको मिडिया…

निलम्बित प्रधानन्यायाधीश जबरासँग जवाफ लिन सुरु गरियो

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ। महाभियोग सिफारिस समितिले आज (बुधबार) जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो। यसअघि, बन्द कोठाभित्र जवाफ लिने कि खुला भन्नेमा महाभियोग सिफारिस समितिमा बहस चलेको थियो। जसका कारण जवाफ लिन ढिलाई भएको थियो। समितिका सदस्यसमेत रहेका…

प्रधानमन्त्री देउवा–पत्रकार महासंघ टोलीबीच भेटवार्ता

नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। प्रतिनिधिसभाको कार्यकाल सकिन लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानूनको तर्जुमा हुन नसकेपछि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन महासंघ टोली बालुवाटार पुगेका हुन्। भेटमा महासंघका पदाधिकारीहरुले मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानूनहरु चालू अधिवेशनमा नै छिनोफानो गरिदिन महासंघले प्रधानमन्त्री देउवालाई आग्रह गरे। सञ्चारसम्बन्धी कानून नहुँदा विद्युतीय कारोबार ऐनलगायतका…

आज हरितालिका तीज

आज भाद्र शुक्ल तृतीयाका दिन अर्थात हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज। आजको दिनबाट मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक…

निर्वाचन आचारसंहिता सार्वजनिक

आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ। राजपत्रमा आज (सोमवार) प्रकाशित भएको आचारसंहिता आयोगले निर्णय गरेको दिनदेखि लागू हुनेछ। आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गर्ने जनाएको छ। निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

आजदेखि मतदाता नामावली अद्यावधिक

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत आज (आइतबार) सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम…

निहारिकालाई कानुनी लडाइँ लड्न ५ लाख सहयोग

मधेश प्रदेश सरकारले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। मधेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निहारिकालाई सो आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो। मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाको पहलमा निहारिकालाई कानुनी लडाइँमा सहयोग गर्न तथा बच्चाको भरणपोषणका लागि सहयोग गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठकले निर्णय…

’अग्निपथ योजना’ अनुसार नै भारतमा गोर्खा भर्ती

भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने प्रष्ट पारेको छ। भारतको राजधानी नयाँ दिल्लीमा आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताएका हुन्। भारतीय सेनाको गोर्खा रेजिमेन्टमा नेपालसहित भारतका विभिन्न ठाउँमा रहेका नेपाली मूलका नागरिकलाई भर्ती गरिन्छ। यसअघि, नेपाल सरकारले नेपालीलाई…

परीक्षाका लागि तयार रहनुस् : लोक सेवा आयोग

लोक सेवा आयोगले यसअघि रोकिएका परीक्षा तत्कालै अघि बढाउने भन्दै तयारीमा रहन परीक्षाको तयारी गरिरहेकाहरूलाई आग्रह गरेको छ। लोक सेवा आयोगले विज्ञप्ति निकालेर कर्मचारी समायोजनसम्बन्धी रिटहरूमा सर्वोच्च अदालतको अन्तिम फैसलासँगै अब यसअघि स्थगित परीक्षा तथा नतिजा सार्वजनिक गर्ने काम यथाशीघ्र सुरु गर्ने जनाएको हो। विज्ञप्तिमा अदालतको फैसलामा पदपूर्तिसम्बन्धी काम, कारबाही अघि बढाउन मिल्ने गरी आदेश…

गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबीच छलफल

गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापाति प्रभुराम शर्माले भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको हो। भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिबारे सघन छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।