राष्ट्रिय »

कर्मचारी समायोजन मुद्दासम्बन्धी सर्वोच्चको फैसला

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाएको छ। समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको हो। संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने भनी तोकेको थियो। जसमध्ये कतिपयको रिट खारेज भएको छ भने कतिपय…

७ प्रदेशमै लाइसेन्सको नयाँ मापदण्ड

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा संचालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन। संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक…

आज जनैपूर्णिमा मनाइँदै

आज, श्रावण शुक्ल पूर्णिमाका दिन। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्‍नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक…

शिक्षक नियुक्ति नगर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न निर्देशन दिएको छ। केन्द्रले हालै सूचना जारी गरी चालू आर्थिक वर्षको बजेटमा विद्यालय शिक्षा क्षेत्र योजनातर्फ ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्त नगर्न भनेको हो। केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ को…

४३ डीएसपीको सरुवा (हेर्नुहोस, को–कहाँ ? सूचीसहित)

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति घोषणा भएसँगै प्रहरी प्रधान कार्यालयले ४३ जना (प्रहरी नायब उपरीक्षक) डीएसपीको सरुवा गरेको छ। शुक्रबार बेलुका एक सूची सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक सरुवाबारे जानकारी दिइएको हो। सरकारले बिहीबार मात्रै निर्वाचन मिति घोषणा गरेको थियो। उक्त मितिअनुसार मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन सम्पन्न भइसक्नुपर्नेछ ।   (हेर्नुहोस,…

निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको छ। ‘दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस…

कक्षा ११ मा भर्नाको आधारबारे परीक्षा बोर्डले मापदण्ड बनायो

कक्षा ११ मा भर्ना हुनका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समग्रमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउँछन्। विज्ञान समूहअन्तर्गत भौतिक विज्ञान, रसायनशास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औषत ग्रेड १.६ प्राप्त गरी कक्षा १० मा अनिवार्य अंग्रेजी,…

साउन मसान्तसम्म कक्षा–११ मा विद्यार्थी भर्ना गर्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय छोटो राखेको भन्दै त्यसको म्याद बढाउन विद्यालय र कलेजलाई निर्देशन दिएको छ। बोर्डले आज (बुधबार) एक सूचना जारी गर्दै एसईईको नतिजा साउन–११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक/फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो। बोर्डले छोटो समयको मात्रै भर्ना…

एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। ‘सी’ वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिएका हुन्।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बैठकमा ५ बुँदे निर्णय पारित

नवौँ राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकले विभिन्न ५ बुँदे निर्णय पारित गरेको छ। सिंहदरबारस्थित मन्त्रालयको हलमा संचालन गरिएको बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारिताका लागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता…