
यु–१९ पुरुषतर्फ, कर्नाटकसँगको ५ अभ्यास खेलको श्रृंखला नेपालले जितेको छ। १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले कर्नाटक टोलीसँगको ५ वटा अभ्यास खेलको श्रृंखला जितेको छ। आज भएको पाँचौं तथा अन्तिम खेलमा कर्नाटकलाई ७ विकेटले हराउँदै नेपाली युवा टोलीले श्रृंखला जितेको हो। कर्नाटकले दिएको १९२ रनको लक्ष्य नेपालले ४० ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो। नेपालका…
अस्ट्रेलियाको संसद्को तल्लो सदनमा एउटा विधेयक पेश भएको छ। यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। यो विधेयक बिहीबार पेस गरेको हो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध एक्स, टिकटक, फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो सामाजिक सञ्जालको हानिबाट बालबालिकालाई बचाउनको लागि हो ।’ अस्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको…
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ। सो अस्पतालले (बुधबार) देखि स्वास्थ्य सेवा संचालनमा ल्याएको छ। देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार धार्चे गाउँपालिकाले सो अस्पताल संचालनमा ल्याएको हो। धार्चे गाउँपालिका–३, खोर्लाबेसीस्थित गाउँपालिका र स्वीट्जरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छायाँ नेपालको समन्वयमा…
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणामा आधारित रहेको उल्लेख गरेका छन्। शर्मा भन्छन्, ‘छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको छ।’ ‘हाम्रो कर प्रणालीमा राजश्व कार्यालयले कर निर्धारण गर्दैन, करदाता स्वयंले आफ्नो कर घोषणा गर्ने हो। त्यस्तोमा व्यक्ति इमान्दार हुनुपर्छ। व्यक्तिले गलत नगरोस् भन्ने हेतुले नै हाम्रो कर…
पोखराको लामाचौर–छोरेपाटन रुटमा हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधिसहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जीपीएस ट्रयाकिङ प्रविधि जडान गरिनेछ। जसका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरासम्म ल्याउन महानगरपालिकाले आवश्यक सहजीकरण गर्नेछ। तोकिएका बसस्टपहरुमा इन्टरनेट र बिजुली…
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ। गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संघसंस्था, निजी क्षेत्रका प्रतिनिधिले मंगलबार काठमाडौंमा प्रधानमन्त्रीलाई भेट गरेका हुन्। प्रधानमन्त्रीसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन्।…
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको संचार क्षेत्रका ३ संस्थाले आरोप लगाएका छन्। नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया एलाइन्सले आज (मंगलबार) संयुक्त विज्ञप्ति जारी गर्दै स्टार स्पोर्ट्ससँग सम्झौता गर्दा (क्यान) ले गंभीर गल्ती गरेको आरोप लगाएका हुन्। (क्यान) ले एनपीएलको…
गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानलहरु प्रेस काउन्सिल नेपालको कारवाहीमा परेका छन्। तीमध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा काउन्सिलले पत्राचारसमेत गरेको छ। सूचीकरण भएका अन्य सामाजिक सञ्जाल (युट्युव च्यानल) मा भएका अप्रमाणित र एकपक्षीय सामाग्रीलाई तत्काल हटाउन…
यु–१९ पुरुषतर्फको नेपाली क्रिकेट टोली भारतको कर्नाटकको यु–१९ को टोलीसँगको चौथो अभ्यास खेलमा भएको छ। कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १०६ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोलीले ३७ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। कर्नाटकका अक्षत प्रभाकरले २४ रन बनाए। नेपालका सन्तोष यादवले ३ विकेट…
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ३०३ वटा पूर्वाधारसम्बन्धी योजना कार्यान्वयन गर्दैछ। गत असारको नगर सभाबाट छनौट भई बजेट विनियोजन भएका वडास्तरीय २७१ मध्ये ४७ वटा सम्झौता र नगरस्तरीय ३२ मध्ये ८ वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ। सडक, खानेपानी, सिचाई, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना छनौट भएका छन्।…