
चौथो नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार खेपेको छ। पाकिस्तानमा चलिरहेको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले रनले पराजित बनेको हो। हिँजो लाहोरमा भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६७ रनले पराजित भयो । यसअघि, पहिलो खेलमा नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको थियो। बंगलादेशले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा…
पोखराको टेम्पल ट्री रिसोर्ट प्रा.लि.लाई उत्कृष्ट करदाता सम्मान प्रदान गरिएको छ। आन्तरिक राजस्व कार्यालय पोखराले सप्ताहव्यापी राष्ट्रिय कर दिवसका अवसरमा टेम्पल ट्री रिसोर्टलाई सबैभन्दा बढी कर दाखिला गर्ने उत्कृष्ट करदाताका रुपमा सम्मान प्रदान गरेको हो। टेम्पल ट्री रिसोर्ट प्रालिले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला…
पोखराको राष्ट्रिय माविले विविध कार्यक्रम गरी आफ्नो हीरक महोत्सव मनाउँदैछ। पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसरमा कास्की जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ। उक्त प्रतियोगितामा कास्कीका ४० टिमको सहभागिता छ। खेलकुद कार्यक्रम संयोजक तेजबहादुर गुरुङले प्रतियोगितामा छात्रतर्फ २६ टीम छात्र र छात्रातर्फ १३ टिमको सहभागिता रहेको…
पोखराका क्रियाशील पत्रकार आरजु विष्ट ‘सल्यानी’ लाई शनिबार पोखरामा सम्मान प्रदान गरिएको छ। पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीले ३१ औ साधारणसभा तथा १२ औ अधिवेशनको अबसरमा पत्रकार ‘सल्यानी’ लाई सम्मान प्रदान गरिएको हो। व्यावसायिक क्षेत्रका उत्थान कार्यहरूको प्रबद्र्धनमा पत्रकारिताका माध्यमबाट महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार ‘सल्यानी’ लाई सम्मान गरेको संघले हो। प्रमुख अतिथि पोखरा…
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्। नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११ औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा नेता चन्दले भने, ‘८० को दशकलाई राष्ट्रिय स्वाधीनता, समाजवाद निर्माणलाई केन्द्रीत गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउनेछौं।’ महासचिव चन्दले…
सामाजिक सञ्जाल सदुपयोग गर्न जाने समाजका लागि फाइदै फाइदा रहेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। पोखरा महानगर–८, वडा बाल मञ्चद्वारा आयोजना गरेको कार्यक्रमका सहभागीहरु दाबी गर्छन्, ‘सामाजिक सञ्जाल समाजका लागि हानिकारक नभई लाभदायक छ।’ पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले सामाजिक सञ्जालको सदुपयोग गर्न जाने बालबालिकाहरुको चौतर्फी व्यक्तित्व विकास हुने जिकिर गरे। ‘यसका लागि…
नेत्रहीन टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। नेपाल श्रीलंकासँग ७० रनको फरक अन्तरमा पराजित भएको हो। श्रीलंकाले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो। यसअघि, पाकिस्तानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १९५ रन बनायो। श्रीलंकाका दमिथ सन्दारुवानले नटआउट…
प्रेस काउन्सिल नेपालले आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन संचार जगतको विशेष भूमिका रहेको बताएको छ। काउन्सिलले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो। काउन्सिलले भनेको छ, ‘आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन संचार जगतको विशेष भूमिका छ। मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्नेछ।’ प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय…
पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले अन्तर्राष्ट्रिय बाल दिवस मनाएको छ। बाल दिवसको अवसरमा बिहीबार अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताको आयोजनासमेत गरेको थियो। हाजिरीजवाफ प्रतियोगितामा पोखरा–९, नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालय पहिलो भएको छ। त्यसैगरी, प्रतियोगितामा धर्मस्थली आधारभूत विद्यालय दोस्रो भएको छ। यस्तै, पोखराको नयाँबस्ती सिकाई केन्द्रले तेस्रो र प्रगतिटोल सिकाई केन्द्रले सान्त्वना स्थान प्राप्त गरेको छ।…
पोखरामा ‘सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव’ विषयक कार्यशाला गरिएको छ। पोखरा महानगरपालिका–२८ मा आज (बिहीबार) शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक एक दिवशीय कार्यशाला सम्पन्न भएको हो। पोखरा महानगरको वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम संचालन…