समाचार »

टी–२० क्रिकेटमा अमेरिकामाथि नेपालको ‘क्लिन स्वीप’

टी–२० क्रिकेट श्रृंखलामा अमेरिकामाथि ३ खेलको जित निकाल्दै नेपालले ‘क्लिन स्वीप’ गरेको छ। टी–२० श्रृंखलाअन्तर्गत अमेरिकाको डालासमा हिँजो (सोमबार) भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृंखलामा ‘क्लिन स्वीप’ गरेको हो। अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले अर्धशतक बनाए। आसिफ ३९…

महिला साफ च्याम्पियसीपमा माल्दिभ्सको पोस्टमा नेपालको ११ गोल

महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले माल्दिभ्समाथि ११ गोलवर्षा गराउँदै फराकिलो अन्तरले हराएको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिँजो (सोमबार) बेलुकी भएको खेलमा आयोजक नेपालले माल्दिभ्सको पोस्टमा ११–० गोलवर्षा गरायो। एउटै खेलमा भएको जुन गोलवर्षा हालसम्मकै नेपालको बढी गोल हो। नेपालको जितमा रेखा पौडेलले ५ गरिन्। प्रीति राईले ह्याट्रिक गरिन्। सबिता राना मगर, अमिशा कार्की र…

टिकटकका सयौँ कर्मचारीहरु कटौतीमा परे

सामाजिक सञ्जाल टिकटकले सयौँको संख्यामा कर्मचारी कटौती गरेको छ। यो निर्णयले टिकटकमा काम गर्ने विश्वका विभिन्न मुलुकमा रहेका कर्मचारी प्रभावित बनेका छन्। कम्पनीले टिकटकमा पोस्ट गरिने कन्टेन्टको निगरानी गर्ने जनशक्ति कटौती गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कन्टेन्ट निगरानी कार्यलाई थप प्रभावकारी बनाउनका लागि कर्मचारी कटौती गरिएको बाइटडान्सले उल्लेख गरेको छ। टिकटकले स्वचालित विधिसँगै…

महिला साफ च्याम्पियसीपमा बलियो भुटानको जित

महिला साफ च्याम्पियसीप फुटबलमा भुटानले श्रीलंकालाई हराएको छ। समूह ‘बी’ को आज (सोमबार) भएको पहिलो खेलमा बलियो भुटानले श्रीलंकालाई ४–१ गोलले हराएको हो। भुटानका लागि डेकी लाजोमले २, नामगेल डेमा र डोर्जी एडोनले समान १/१ गोल गरे। श्रीलंककाकी थुशानी मधुशीखाले १ गोल फर्काइन्। भुटानकी डेक िलाजोन ‘प्लेयर अफ दि म्याच’ बनिन्। आजको जितसँगै ४ अंकका…

गण्डकी प्रदेश सरकारले पूर्णता पायो

गण्डकी प्रदेश सरकारले आज (सोमबार) देखि पूर्णता पाएको छ। प्रदेश सांसद भेषबहादुर पौडेल वनमन्त्री बनेसँगै प्रदेश सरकारले पूर्णता पाएको हो। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (सोमबार) लमजुङबाट गण्डकी प्रदेशमा प्रत्यक्ष निर्वाचित सांसद पौडेललाई प्रदेश सरकारको रिक्त वनमन्त्रीमा नियुक्त गरेका हुन्। लामो समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा मुख्यमन्त्री पाण्डेले पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन्। पौडेलले…

अब, सबै सरकारी वेबसाइटमा एकरुपता कायम

सरकारले अब सबै सरकारी कार्यालयको वेबसाइटमा एकरूपता ल्याउने निर्णय गरेको छ। सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले सरकारी वेबसाइटहरूमा एकरूपता कायम गर्ने तथा अद्यावधिक गराउने निर्णय गरेको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्नुपर्ने उक्त बैठकले निष्कर्ष निकालेको छ। रेखा…

न्युजिल्यान्ड पहिलो पटक महिला टी–२० विश्वकपको च्याम्पियन

न्युजिल्यान्ड पहिलो पटक महिला टी–२० विश्वकपको च्याम्पियन बनेको छ। दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक आइसीसी महिला टी–२० विश्वकप क्रिकेट च्याम्पियन बनेको हो। दुबईमा हिँजो (आइतबार) राति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हरायो। न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाकी कप्तान…

अब, नागरिक एप चलाउन राष्ट्रिय परिचयपत्र अनिवार्य

मन्त्रिपरिषद्ले नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच अन्तर–आबद्धता कायम गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर–आबद्धता कायम गर्न स्वीकृति प्रदान गर्ने’, निर्णयमा लेखिएको छ। यो प्रस्ताव संचार तथा सूचना प्रविधि मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण…

महिला साफ च्याम्पियनसीपमा बंगलादेश र पाकिस्तानले पनि बराबरी खेल्यो

महिला साफ च्याम्पियनसीप फुटबलमा साविक विजेता बंगलादेश र पाकिस्तानले पनि बराबरी खेलेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (आइतबार) बेलुका भएको खेलमा बंगलादेश र पाकिस्तानको खेल १–१ गोलको बराबरीमा रोकिएको हो। बराबरी खेलेसँगै साविक विजेता बंगलादेश र पाकिस्तान दुबैले समान १/१ अंक बाँडेका छन्। पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानका लागि खेलको ३२ औं मिनेटमा जाहमेना मालिकले…

राहत कोषमा १ अर्ब ८१ करोड सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ अर्ब ८१ करोड ७१ लाख १४ हजार ३ सय ७९ रुपैयाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कार्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न संघसंस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै, व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ।…