
आन्दोलनकारीद्वारा पोखरामा पत्रकारमाथि हातपात भएको छ। स्थलगत रिपोर्टिङका लागि संचारकर्ममा खटिएका प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत् राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले हातपात र क्यामेरा तोडफोड गरेको हो। पत्रकारहरु निरज तामाङ, चन्द्रिका घिमिरे ‘अनिता’ क्यामेरपर्सन अर्जुन भण्डारीमाथि आन्दोलनरत् कार्यकर्ताहरुले दुव्र्यवहार गरेको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको…
दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ। अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो। सुपर ओभरमा अमेरिकाले २ रन बनाएको थियो। नेपालका सोमपाल कामीले २ रन दिएर २ विकेट लिए। त्यसअघि, नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनमात्रै बनायो।…
पर्वतको महाशिला गाउँपालिका–५ लुंखुुदेउरालीस्थित एसियाकै ठूलो महाशिला (ढु्ंगा) मा ७ करोडको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ। सडकमार्गको पहुँचसँगै महाशिला वरिपरी आकर्षक संरचना निर्माण गरिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन्। सदरमुकाम कुश्माबजारबाट करिब ४०…
घरेलु नेपालले महिला साफ च्याम्पियनसीपमा भुटानसँग गोलरहित बराबरी खेलेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) भएको समूह ‘बी’ अन्तर्गतको लिग चरणको पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेको हो। बराबरी खेलेसँगै नेपाल–भुटान दुबैसँग बराबरी समान १/१ अंक छ। घरेलु मैदानमा भुटानलाई निरन्तर दवावमा राखेको नेपालले गोल गर्ने धेरै मौका गुमायो। अन्तिमसम्म पनि दवावमा…
अब, ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुले निःशुल्क यातायात सेवा पाउँदैछन्। यो असरसँगै, स्वास्थ्य प्रयोजनका लागि महिला स्वास्थ्य स्वयंसेविकाले सार्वजनिक यातायात सेवामा निःशुल्क चढ्न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको समन्वय र संवादमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा महिला स्वास्थ्य स्वयंसेविकाहरु भाडा नलिने घोषणा गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री…
महिला साफ च्याम्पियनसीप फूटबलमा श्रीलंकाले माल्दिभ्सलाई हराउँदै सुखद सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई हराएसँगै ३ अंक जोडेको छ। श्रीलंकाका लागि इमिशा अनुराधिनीले १८ औं मिनेटमा गरेको गोल नै श्रीलंकाको जितका लागि…
पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाएपनि टिमलाई जित दिलाउन असफल रहे। यस्तै, आन्द्रेस गौसले ३० रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। यस्तै,…
घरेलु नेपाली टोलीले आज (शुक्रबार) महिला साफ च्याम्पियनसीपको पहिलो चरणको पनि पहिलो खेल भुटानसँग खेल्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ः३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा पनि नेपालले आफ्नो पहिलो खेलमा भुटानको सामना गरेको थियो। उक्त खेलमा नेपाली सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतको सानदार प्रदर्शनमा नेपाल ४–० ले विजयी भएको…
वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखेका छन्। प्रगतिशील लेखक संघ, गण्डकी प्रदेशले आयोजना गरेको ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठीमा बोल्दै रेग्मीले भने, ‘वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न। वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले…
महिला साफ च्याम्पियनसीपमा भारतले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो। भारतको जितमा ग्रेस दाङमेइले २ तथा बालादेवी, मनिसा र ज्योति चौहानले समान १/१ गोल गरे। यस्तै, पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले १/१ गोल गरे। ग्रेस दाङमेइ, उद्घाटन…