समाचार »

राससका पत्रकार बासुदेव पौडेल पुरस्कृत

राससका क्रियाशील पत्रकार बासुदेव पौडेल ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ बाट पोखरामा पुरस्कृत भएका छन्। पोखरा वृद्धाश्रमद्वारा पहिलो पटक संचालित सो पुरस्कार रासस गण्डकी प्रदेश प्रमुख पत्रकार पौडेललाई पुरस्कृत गरिएको हो। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसरमा मंगलबार आयोजित समारोहमा गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र प्रदेश सांसद भीमबहादुर कार्कीलगायतले पौडललाई ५० हजार…

पोखरा–१२ मा चाडबाडलक्षित बजार अनुगमन

प्रमुख चाडबाड नजिकिएसँगै पोखरा महानगरपालिका वडा नं १२ मा विशेष बजार अनुगमन सुरु गरिएको छ। पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु गरिएको हो। वडा अध्यक्षको नेतृत्वमा पोखरा–१२ का विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यवसायिक स्थलहरुमा अनुगमन गरिएको छ। बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध वडाले विशेष अनुगमन सुरु…

सर्वोच्चको फैसलाप्रति पत्रकार महासंघको ध्यानाकर्षण

सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाका सन्दर्भमा सम्मानीत सर्वोच्च अदालतबाट आएको फैसलाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ। महासचिव रोसन पुरीले विज्ञप्ति निकाल्दै सर्वोच्चको फैसलामा ध्यानाकर्षण भएको जनाएका हुन्। सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई आइतबार सर्वोच्चको ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले कारागार चलान गर्ने…

इडब्ल्युभिएलः चितवनको विजयी सुरुआत

चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा विजयी सुरुआत गरेको छ। चितवनले सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा गण्डकी थन्डर्सविरुद्ध ३–१ सेटको जित निकाल्यो। पहिलो सेट २२–२५ ले जित हात पारेको चितवनले दोस्रो सेट १९–२५ ले गुमायो। त्यसपछिका २ सेट २५–२३ र २५–१७ ले आफ्नो पक्षमा पार्दै चितवनले ३ अंक जोड्यो। यसअघि, भएको…

इडब्ल्युभिएलः कर्णालीले मधेशलाई हरायो

कर्णाली यसभिसले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा विजयी सुरुआत गरेको छ। कर्णालीले सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मधेश युनाइटेडविरुद्ध ३–१ सेटको जित निकाल्यो। सुरुआती २ सेट २५–१५, २५–२० ले आफ्नो पक्षमा पारेको कर्णालीले तेस्रो सेट २६–२८ ले गुमायो। चौथो सेट २५–११ ले आफ्नो पक्षमा पार्दै कर्णालीले ३ अंक जोड्यो। मंगलबार कर्णालीले गण्डकी…

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सवको तयारी

पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा बडादशैँ नवदुर्गा महोत्सव हुने भएको छ। घटस्थापनादेखि महानवमीसम्म संचालन हुने महोत्सवको तयारी तीब्र रुपले थालिएको आयोजक विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ। महोत्सवमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा तथा श्रीमद् देवीभागवत् ज्ञान महायज्ञ हुने आयोजक विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ। समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार महायज्ञ संगीतमय झाँकीसहित कथा वाचन गरिनेछ।…

एभरेस्ट महिला भलिबल लिग सुरु

एभरेस्ट महिला भलिबल लिग सुरु भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज (सोमबार) फ्रेन्चाइज महिला भलिबल लिग सुरु भएको हो। उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाण्डौ स्पाइकर्सलाई ३–१ को सेटमा हरायो। पहिलो सेट ललितपुरले २५–२० ले जित्दा दोस्रो सेट काठमाण्डौले २५–२१ ले जित्यो। त्यसपछि, ललितपुरले तेस्रो सेटमा २५–२१ र चौथो सेट २५–१९ ले…

पोखरामा संचालित एअरलाइन्स कम्पनीहरुलाई मुख्यमन्त्री पाण्डेको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा संचालित एअरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएका छन्। पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री पाण्डेले पोखराबाट सेवा संचालन गर्ने एअरलाइन्स र नागरिक उड्ययन प्राधिकरणको प्रतिनिधिलाई सहज सेवा दिन आग्रह गरेका हुन्। ‘चाडपर्वको समय छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘अहिले…

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेश

गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/०८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गरेको छ। संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्थाबमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेका हुन्। प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको…

साफ यु–१७ च्याम्पियनसीपमा भारत च्याम्पियन

भारतले लगातार दोस्रोपल्ट साफ यु–१७ च्याम्पियनसीपको उपाधि जितेको छ। चाम्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा भारतले बंगलादेशलाई २–० ले हराउँदै उपाधि जितेको हो। अघिल्लो संस्करमा भारतले नेपाललाई ४–० ले हराउँदै उपाधि जितेको थियो। यसपल्ट भने सेमिफाइनलमा नेपाललाई ४–२ ले पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट फाइनलमा प्रवेश गरेको थियो। बंगलादेशले भने पेनाल्टी सुटआउटमा पाकिस्तानालाई ८–७ ले पाखा…