
त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ। क्यानडाको किङ सिटीमा आज (सोमबार) बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो। नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर १ बलमा १३९ रन बनाउँदै अल आउट भयो। ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए। नेपालका करण केसीले ३ विकेट लिए। त्यसअघि, टस…
सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। धनजनको क्षतिप्रति ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय शोकका बारेमा जानकारी…
गण्डकी प्रदेश सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ। प्रदेश सरकारलाई जनभावनाअनुसार प्रभावकारी रुपमा संचालन गर्न ‘आत्मनिर्भर समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को अभियानलाई मूर्त रुप दिन संकल्पसहित नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको हो। प्रदेश सरकारको साझेदार नेपाली काँग्रेस र नेकपा एमाले गत असार १७ गते भएको ७ बुँदे सहमतिको मर्मअनुसार भदौको १७ गते…
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको (शनिबार) निधन भएको छ। बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक कार्कीको ७० वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका कार्कीको पाल्पा तानसेनस्थित आफ्नै निवास धुँवाघाटमा निधन भएको हो। गत साउन अन्तिम हप्ता लुम्बिनी प्रादेशिक अस्पतालमा हर्नियाको सफल शल्यक्रिया भएपछि उनी मिर्गौला…
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ। १२४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर १०९ रन मात्रै बनायो। नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए। यस्तै, कुशल मल्लले १२ रन जोडे। देव खनालले ११ रन बनाए। सन्दीप लामिछानेले १०…
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्। मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले गुरुङसहित आगामी ३ वर्षका लागि २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। मञ्चको प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल,…
विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि जितेका छन्। पोखरा–२२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा निरोजले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन्। पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकीले निर्धारित दुरी…
साफ यु–१७ च्याम्पियनसीपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। भुटानमा भएको खेलमा नेपाल भारतसँग ४–२ गोलले पराजित भएको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको ६१ र ६८ मिनेटमा गोल खान पुग्यो। त्यसपछि नेपालले ८२ मिनेटमा गोल फर्कायो। त्यसको ३ मिनेटमै भारतले अर्को गोल थप्दै ३–१ को अग्रता लियो। लगत्तै भारतले अर्को गोल…
पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ वटै ढोका खोलिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिएका छन्। अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा झण्डै ४ लाख क्युसेक पानीको बहाव रहेको छ। यसैबीच,…
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज (शुक्रबार) साँझ ७ बजेदेखि भोलि (शनिबार) बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ। निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ। प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि…