समाचार »

उत्तर कोरियाले जित्यो महिला विश्वकप–२० को उपाधि

२० वर्षमुनिको महिला विश्वकप फुटबलको उपाधि उत्तर कोरियाले जितेको छ। कोलम्बियामा भएको खेलमा जापानलाई १–० गोलले हराउँदै उत्तर कोरियाले उपाधि जितेको हो। जितसँगै जर्मनी र अमेरिकासँगै उत्तर कोरिया विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ। २० वर्षमुनिको महिला विश्वकपमा ३ वटा देशले समान तेस्रो पटक उपाधि जितेका छन्। जापानलाई पराजित गर्न उत्तर कोरियाकी चो…

भिमाद नगरपालिकामा ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ कार्यक्रम

तनहुँको नगरपालिकाले चालु आर्थिक वर्षदेखि ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ कार्यक्रम गर्दैछ। तनहुँ जिल्लाको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको हो। कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहनस्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा, एक उत्कृष्ट किसान सम्मान’ गर्ने…

स्वदेश फर्किएकी एरिकालाई विमानस्थलमा स्वागत

नेपालका लागि ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। आज (मंगलबार) बिहान काठमाण्डौ आइपुगेकी गुरुङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा, खेल पदाधिकारी, शुभेच्छुकहरूले भव्य स्वागत गरेका हुन्। एरिका गुरुङलाई ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरिएको थियो। उनलाई…

सर्वोच्चको प्रश्न, पत्रकार महासंघको निर्वाचन किन भएन ?

सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ। धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको…

चाड-बाडलक्षित छुटको कार्यक्रम ल्याउन व्यवसायीसँग आग्रह

पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा ( गुडविल) लाई नगिराउन माग गरेका छन्। दुवै उद्योग वाणिज्य संघद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र बढी नाफा लिने प्रवृत्तिलाई निषेध गर्न तथा संविधानको धारा २५ को १ ले प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने,…

पोउवासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुुभकामना व्यक्त गरिएको छ। नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटिले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुुभकामना व्यक्त गरेको हो। नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले पोखरामा सोमबार आयोजित एक कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी तथा सदस्यलाई सम्मान गरेका…

काभा महिला भलिबल क्लब च्याम्पियन पुलिस स्वदेश फर्कियो

काभा महिला भलिबल क्लब च्याम्पियन नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ। नेपाल पुलिसको महिला भलिबल क्लब ट्रफीसहित त्रिभुवन विमानस्थलमा ओर्लिएपछि टोलीलाई भव्य स्वागत गरिएको छ। विजेता टोलीलाई प्रहरीका अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा भव्य स्वागत गरेका हुन्। विमानस्थल परिसरमा ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरिएको हो। साथै, खेलाडीहरूलाई फूल र बेलुनले सजाइएको प्रहरी भ्यानमा…

साफ यु–१७ च्याम्पियनसीपमा नेपालको शान्दार जित

साविक उपविजेता नेपालले साफ यु–१७ च्याम्पियनसीप फुटबलको अफ्नो दोस्रो खेलमा शान्दार प्रदर्शन गरेको छ। प्रतिस्पर्धात्मक पहिलो खेलमा पाकिस्तानसँग हार्न पुगेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि शान्दार जित निकालेको छ। भुटानको चाङलिमिथाङ स्टेडियममा आज (सोमबार) भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलले हरायो। नेपालका लागि सुजन डंगोलले ह्याट्रिक तथा विज्ञान खड्काले १ गोल गरे। श्रीलंकालाई हराएसँगै नेपालले ३…

एएफसी यु–२० छनोटको दोस्रो खेलमा नेपालको शान्दार जित

एएफसी–२० छनोटको दोस्रो खेलमा नेपालले शान्दार जित निकालेको छ। नेपालले घरेलु टोली चाइनिज ताइपेईलाई फरक गोल अन्तरले हराएको हो। आज (सोमबार) भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई ३–१ गोल अन्तरले हरायो। नेपालका समिर तामाङले ह्याट्रिक गरे। चाइनिज ताइपेईले १ गोल फर्कायो। जितसँगै नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ। यसअघि, नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ को लज्जाजनक…

नेपाली पत्रकारिताको भूमिका प्रशंसनीय छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन्। प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवको अवसरमा आज (आइतबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आमसंचार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको उल्लेख गरे। उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल…