समाचार »

७० भन्दा बढि पत्रकारलाई काउन्सिलको सम्मान र पुरस्कार

प्रेस काउन्सिल नेपालले देशभरका पत्रकार तथा संचार संस्थाहरुलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरेको छ। आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेका र निरन्तर क्रियाशील रहेका पत्रकारहरुलाई काउन्सिलले पुरस्कार र सम्मान प्रदान गरेको हो। काउन्सिलले अग्रज पत्रकार, गोपालदास पत्रकारिता पुरस्कार, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल पत्रकारिता पुरस्कार, शसक्त संचारकर्मी, क्रियाशील, युवा,…

आफ्नो घरबाटै दुर्गा प्रसाई पक्राउ

बी एन्ड सी मेडिकल कलेज झापाका संचालक दुर्गा प्रसाई भक्तपुरको ठिमीस्थित आफ्नै घरबाट पक्राउ परेको हो। गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी उनको घरमा पुगेको हो। उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। पक्राउ गर्न पुगेको टोलीलाई प्रसाईं र उनका…

लिग–२ त्रिदेशीय श्रृंखलामा नेपालको लगातार तेस्रो हार

आइसीसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। क्यानडाको किङ सिटीमा आज (सोमबार) बिहान सकिएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य भेट्टायो। क्यानडाका लागि नाभिनित धालिवाले सर्वाधिक ८७ रन बनाए।…

नेपाल साफ यु–१७ च्याम्पियनसीपको पहिलो खेलमै स्तब्ध

साविक उपविजेता नेपाल साफ यु–१७ च्याम्पियनसीपको पहिलो खेलमै स्तब्ध बनेको छ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित बनेको हो। भुटानको चाङलिमिथाङ रंगशालामा आज (शनिबार) भएको खेलमा पाकिस्तानका परिवर्तित खेलाडी मोहम्मद थलहले खेलको अन्त्यतिर गोल गर्दै नेपाललाई स्तब्ध बनायो। अन्ततः थलहले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८२ औं मिनेटमा अब्दुल समादको कर्नरलाई…

एएफसी यु–२० छनोटमा नेपालको लज्जाजनक हार

एसियन कप यु–२० छनोटमा नेपाली टोलीले पहिलो खेलमै लज्जाजनक हार ब्यहोरेको छ। समूहचरणको शनिबार भएको पहिलो खेलमा नेपालले कम्बोडियासँग ४–१ ले हारेको हो। पहिलो हाफमा नेपाल २–१ ले पछि परेको थियो। तर, दोस्रो हाफमा फितलो प्रदर्शन गर्दै २ गोल खान पुग्यो। नेपालका लागि एकमात्रै गोल समीर तामाङले गरेका हुन्। कम्बोडियाका लागि भ्रेक फान,फोउक थाथाई, मीन…

नेपाल पुलिस क्लब काभा महिला भलिबल च्याम्पियन

विभागीय नेपाल पुलिस क्लब काभा महिला भलिबल क्लब च्याम्पियन बनेको छ। उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसीप उपाधि जितेको हो। माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले हुमोमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको हो। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। यस क्रममा पुलिसले…

प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा

प्रेस काउन्सिल नेपालले विभिन्न पुरस्कार घोषणा गरेको छ। आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कारको घोषणा गरेको हो। यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ। पत्रकारिताका विभिन्न विधामा ३ दशकदेखि सक्रिय रही…

काभा महिला भलिबल फाइनलमा नेपाल पुलिसले हुमोसँग खेल्दै

नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग फाइनल खेल्दैछ । नेपाल पुलिसले माल्दिभ्सको मालेमा भएको च्याम्पियनसीपको प्रारम्भिक चरणको ५ वटै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो। आज (शनिबार) स्थानीय समयअनुसार ८ बजे फाइनल खेल हुनेछ। यसक्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई पनि पराजित गरेको थियो। यसअघि, गत आइतबार भएको पहिलो खेलमा…

पत्रकार महासंघको उम्मेदवारी दर्ता स्थगित

नेपाल पत्रकार महासंघको महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको मनोनयन दर्ताको कार्यक्रम स्थगित भएको छ। पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सूचना निकालेर मनोनयन दर्ता कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको हो। यही असोज १२ गते तोकिएको महासंघको महाधिवेशनका लागि शुक्रबार मनोनयन दर्ताको कार्यतालिका थियो। निर्वाचन समिति संयोजकमा प्रा. चिरञ्जीवी खनाल र सदस्यहरूमा देवेन्द्र झा, कपिलचन्द्र पोखरेल, शालिकराम सापकोटा,…

काभा महिला भलिबलमा नेपाल पुलिस फाइनलमा

घरेलु टोली वाम्कोलाई पुलिसले ३–२ को सेटमा पराजित लगातार चौथो जित निकाल्यो विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा लगातार चौथो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। योसँगै ४ खेलबाट ११ अंक जोड्दै पुलिस फाइनलमा पुग्यो। माल्दिभ्समा भइरहेको प्रतियोगितामा हिँजो घरेलु टोली वाम्कोलाई पुलिसले ३–२ को सेटमा पराजित गरेको हो। पहिलो सेटमा…