
नेपालका प्रिन्स दाहालले पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टन प्रतियोगितामा दोस्रो हार ब्यहोरेका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज (मंगलबार) बिहान सम्पन्न भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट…
नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्। सोमबार भएको महिला ५७ केती तौल समूहमा मनिता सर्वियाकी खेलाडी मारिका पेरिसिकसँग इप्पोनको आधारमा १०–० ले पराजित भइन्। उनी जम्मा १ मिनेट म्याटमा टिकेकी थिइन्। मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन्। मनिताको हारसँगै पेरिस ओलम्पिकमा नेपालका ४ खेलाडीको यात्रा पहिलो चरणबाटै…
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन्। अनलाइन मार्फत नयाँ सुरु भएका संचार माध्यमलाई सोमबार काउन्सिलले राखेका अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने, ‘मिडिया भन्ने, पत्रकारिता के हो भन्ने…
नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अनलाइन खबर डटकमका गण्डकी व्यूरो प्रमुख अमृत सुवेदीलाई लक्षित गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राजीव गुरुङले दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। महासंघ कास्की शाखाका अनुसार मन्त्री गुरुङ आफ्नै कार्यकक्षमा गञ्जी लगाएर बसेको फोटो साउन ११ गते शुक्रबार पत्रकार सुवेदीले सार्वजनिक गरिदिएका थिए। सोही…
पेरिस ओलम्पिकमा नेपालले निराशाजनक सुरुवात गरेको छ। ब्याडमिन्टनका प्रिन्स दाहालले पहिलो खेलमा हार ब्यहोरेका छन्। ब्याडिमन्टनमा प्रिन्सले आफ्नो समूहको पहिलो खेलमा डेनमार्कका भिक्टोर एक्सेलसनसँग सोझो सेटमा पराजित भए। प्रिन्स यो खेलमा २१–८ र २१–६ ले निराश भए। प्रिन्सले भोली (जुलाई २९ तारिख) मा दोस्रो खेल आयरल्यान्डका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्। त्यसअघि, टेबल टेनिसका स्यान्टु श्रेष्ठ पहिलो…
नेपाली पौडी खेलाडी डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छिन्। आइतबार महिला २०० मिटर फ्रि–स्टाइलमा उनले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेन्डमा पार गरिन्। सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन्। डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेकी थिइन्। त्यसअघि, आइतबार नै सुटिङकी सुस्मिता नेपालले पनि खराब प्रदर्शन गरेकी छिन्। ४४…
नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्। पेरिस ओलम्पिक–२०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औँ स्थानमा रहिन्। कुल ४३ प्रतिस्पर्धी मध्ये सुस्मिताले ४२ औँ स्थान हासिल गरेकी हुन्। शरणार्थी टोलीकी लुना सोलोमन अन्तिम अर्थात ४३ औँ स्थानमा रहिन्। पेरिसदेखि स्थलमार्गबाट करिब ३ घण्टा टाढा रहेको चतरोक्स सुटिङ रेन्जमा…
समाचार संकलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले दुव्र्यवहार गरेका छन्। सार्वजनिक यातायातका चालकहरुले आफूहरुको आन्दोलन रहेको बताउँदै पत्रकारमाथि कुटपिट गर्नुको साथै पत्रकारहरुले प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेको निकृष्ट कार्यप्रति सर्वत्र विरोध भएको छ। पत्रकार महासंघको ध्यानाकर्षण पत्रकारमाथिको कुटपिट र पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण…
म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ। नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको १ करोड ८७ लाख ९० हजार ९८६ रुपैयाँको लागतमा निर्माण भएका ३ वटा आयोजनाबाट ४०९ घरधुरी लाभान्वित भएका छन्। ठूलोरुममा २७०, बिलबाङमा ६४ र कलान भनारी खानेपानी तथा सरसफाई…
नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ शनिबार पेरिस ओलम्पिकमा पराजित भएका छन्। पुरुष एकलका प्रतिस्पर्धी स्यान्टुले प्रारम्भिक चरणको खेलमा सेनेगलका इब्राहिमा डायवसँग पराजित भएका हुन्। स्यान्टु ४–० को सोझो सेटमा पराजित भए। उनले पहिलो सेटमा डायवलाई कडा टक्कर दिएका थिए। १२–१० मा पहिलो सेट सुम्पेका स्यान्टुले त्यसपछि लगातार ११–५, ११–४, ११–५ ले सेट गुमाएका थिए। यो…