
राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन्। त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका अहम् हुने उनको भनाई छ। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा काउन्सिलका पदाधिकारीसँग भेट्दै राष्ट्रपति पौडेलले नयाँ मिडियासहितले ल्याएका चुनौतिलाई सम्बोधन गर्नेगरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रीत गर्नुपर्ने सुझाव दिए। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली…
काभा महिला भलिबल लिगमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ। लिगको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। अब, नेपालले भोली (मंगलबार) लिगको तेस्रो स्थानमा रहेको इरानसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (सोमबार) भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई…
काभा महिला भलिबल लिगमा नेपालले पहिलो हार ब्यहोरेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (आइतबार) भएको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो । नेपाललले पहिलो सेट १६–२५ ले गुमायो। तर, दोस्रो सेटमा नेपालले २५–१६ ले जित्दै खेललाई १–१ को बराबरी गर्न सफल बन्यो। तेस्रो सेटमा इरानले २५–२३…
पोखरामा क्रियाशील लेखनाथ पत्रकार मञ्चलाई व्यवसायिकहरुबाट सहयोग मिलेको छ। पोखरा महानगरपालिका–२९ को भण्डारढीकस्थित आदर्श हार्डवेयरले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवमा मञ्चलाई सहयोग गरेको हो। मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारको कोष वृद्धिमा सहयोग पुग्नेगरी सो हाडवयर्सका संचालक विजय गुरुङ र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले मञ्चका अध्यक्ष कविराज खनाललाई २५ हजार १३ रुपैयाँको…
काभा महिला भलिबल लिगमा भारतलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। महिला भलिबलको इतिहासमा नेपालले भारतलाई पहिलो पटक हराएको छ। काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो। आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो। पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो। दोस्रो सेटमा भारतले नेपाललाई…
काभा महिला बिच भलिबलमा नेपाल च्याम्पियन बनेको छ। भुटानको थिम्पुमा भएको फाइनल खेलमा नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तान ’ए’ टिमलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो। नेपालले उज्वेकिस्तान ’ए’ लाई २१–१७, २१–१४ ले जित्यो। नेपालले सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो। यस्तै, पुरुषतर्फ नेपाल दोस्रो भएको छ। नेपालको…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक–अर्काका परिपूरक रहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित वार्षिक गतिविधि पुस्तिका २०८०/८१ (वर्ष पुस्तक) हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेको प्रदेश प्रमुख भट्टको भनाई छ।…
नेपालका प्रिन्स दाहालले पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनतर्फ आफ्नो अन्तिम खेलमा पनि पराजित भएका छन्। पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भएका हुन्। पहिलो सेटमा १२–२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा पनि १०–२१ ले पराजित भए। त्यसअघि, प्रिन्स पहिलो खेलमा भिक्टर एक्सल्सनसँग २–० को…
प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरितका सामग्री संप्रेषण गर्ने युट्युबलगायत ३१ वटा सामाजिक सञ्जाललाई कारबाही गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले संचार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री संप्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको छ। मिडिया अन्तर्गत सूचीकृत भएका यस्ता…
नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले जारी पेरिस ओलम्पिक–२०२४ मा राष्ट्रिय कीर्तिमान बनाएका छन्। पेरिस ला डिफेन्स एरिनामा भएको पुरुष १ सय मिटर फ्रिस्टायल प्रतिस्पर्धामा एलेक्जेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। उनले ५१.९१ सेकेन्डको समय निकाले। यसअघि, उनको नाममा यस अघि ५२.१७ सेकेन्डको कीर्तिमान थियो। नेपाली राष्ट्रिय पौडी टोलीका मुख्य प्रशिक्षक शंकर कार्कीका अनुसार एलेक्जेन्डरले यो…