
पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनमा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९ औँ स्थान हासिल गरेकी छिन्। फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरिन्। ‘वाइल्ड कार्ड’ मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी हुन्। महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए। उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी…
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताएका छन्। उनले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राख्न आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिए। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उनले संचार…
गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सफ्टवेयर निर्माण गरिएको हो। बुधवार मन्त्रालयमा नै एक कार्यक्रमबीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले उद्घाटन गरेका हुन्। मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने बिरामीको सही तथ्यांकका विषयमा जानकारी लिन मद्दत पुुग्ने बताए। उनले रिफर गरेर…
भारतकी सालिनी काभा महिला भलिबल नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। बुधबार सम्पन्न फाइनलमा सालिनी काभा नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चयन भएकी हुन्। व्यक्तिगत स्पर्धातर्फ पनि भारतका खेलाडीहरुले बाजी मारे। भारतकी सूर्या र इरानकी काभारिन उत्कृष्ट मिडल ब्लकर बने। यसैगरी, भारतकी जुही उत्कृष्ट सेटर बनिन्। यस्तै, नेपालकी सरस्वती चौधरी उत्कृष्ट अपोजिट खेलाडी बनिन्। यसैगरी, नेपालकी…
काभा महिला भलिबल नेसन्स लिगमा उपविजेतामै सीमित बनेको छ। उता, भारतले भने नेपाललाई हराउँदैे उपाधि जितेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो। नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो। यस्तै, दोस्रो सेट भारतले २५–१४ ले जित्यो। यसैगरी, तेस्रो सेट नेपालले २५–२२…
श्रीलंकालाई हराउँदै इरान काभा महिला भलिबल नेशन्स लिगमा तेस्रो भएको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (बुधबार) भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो। इरानले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१७ ले हरायो। काभा महिला भलिबलको उपाधिका लागि अहिले बेलुकी सवा ५…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान महासचिव विजय नेपालले मञ्चले स्थापना गरेको पत्रकार अक्षयकोषमा सहयोग रकम हस्तान्तरण गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी स्थापना भएको सातौँ वर्षगाँठको अवसरमा मञ्चले बुधबार पोखरामा आयोजना गरेको आफ्नो आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को समीक्षा एवं आय–व्यय कार्यक्रममा नेपालले मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, कोषाध्यक्ष कविता घर्तीमगरलाई ११…
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्ट्स अवार्ड २०८० बाट करिब २ लाख रुपैयाँ बचत गरेको छ। मञ्चले बुधबार आफ्नो सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को एक कार्यक्रमबीच स्पोर्ट्स अवार्डको आय–व्यय सार्वजनिक गरेको हो। उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरूबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ…
म्याग्दीको मंगला गाउँपालिका–२, हिदीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मंगला गाउँपालिका र समुदायको ४६ लाख ८४ हजार २ सय ५१ को लागतमा आयोजना निर्माण भएको हो। आयोजनामार्फत ६४ घरमा एक÷एक र स्थानीय सिद्ध शान्ति माविमा २ वटा धारा जडान गरेर खानेपानी वितरण गरिएको छ। सबै…
इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो। नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित्यो। योसँगै नेपालले लिग चरणमा इरानसँगको हारको बदला लिएको छ। लिग चरणमा नेपाल…