
नेपालले सिंगापुरसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा ऐतिहासिक जीत निकालेको छ। ३६ वर्षपछि सिंगापुरसँगको मैत्रीपूर्ण फुटबल खेलेको नेपालले ऐतिहासिक जीत निकालेको हो। हिँजो (शुक्रबार) बेलुका सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो। जिलेप्सीजंग कार्कीको गोलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हरायो। कार्कीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो…
गण्डकी विश्वविद्यालयमा रिक्त रहेको कुलपति पदमा ७ जनाको आवेदन परेको छ। फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो। आवेदन दिनेमा प्राध्यापक कृष्णप्रसाद गौतम, प्राडा विश्वकल्याण पराजुली, प्राडा नवराज देवकोटा, डा कृष्णप्रसाद अधिकारी, प्राडा कुश्माकर न्यौपाने, प्राडा ईन्द्रप्रसाद तिवारी र प्राडा सरोज कोइराला छन्। संस्थापक…
नवलपुरको गैंडाकोट नगरपालिका ‘उत्कृष्ट नगरपालिका’को रुपमा पुरस्कृत भएको छ। नेपाल नगरपालिका संघको ३२ औँ स्थापना दिवसको अवसरमा संघले गैंडाकोट नगरपालिका ‘उत्कृष्ट नगरपालिका’को पुरस्कार–२०८१’ प्रदान गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले संघद्वारा काठमाडौंमा आयोजना गरेको समारोहबीच गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीलाई सम्मानसहित पुरस्कार प्रदान गरेका हुन्। आर्थिक वर्ष ०८०/०८१ मा स्थानीय आर्थिक बिकास क्षेत्रमा उल्लेख्य कार्य…
पोखरामा विज्ञान, प्रविधि र नवप्रवर्तनमा हालका प्रवृत्तिहरू सम्बन्धी सम्मेलन (आरटीएसटीआई २०२५) सुरु भएको छ। पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा भएको सम्मेलनको गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै विज्ञान, प्रविधि, नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताएका छन्। प्रदेश प्रमुख भट्टले गण्डकी…
पोखरा र चीनको सिचुवान प्रान्तको छेन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवं ‘सेल्स मिसन’ गरिएको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर्ड उडानमार्फत छेन्दु पुगेका पर्यटन व्यवसायी र छेन्दुका पर्यटन व्यवसायीबीच नेपाल पर्यटन बोर्डले बिटुबी एवं सेल्स मिसन कार्यक्रमको आयोजना गरेको हो। पोखरा पर्यटन परिषद् र छेन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा…
बारबरा फाउण्डेसनबाट प्रदान गरिने ‘खोजमूलक पत्रकारिता पुरस्कार–२०८२’ का लागि ईच्छुक व्यक्तिलाई आह्वान गरिए को छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउण्डेसनद्वारा जारी सूचनामा जनाइएको छ। सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउण्डेसनको भनाई छ। उक्त…
पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा चीनको सिचुवान प्रान्तबाट आएका उद्योगी/व्यवसायीबीच भेटघाट गरेका छन्। उनीहरुबीच व्यावसायिक सहकार्यको सहमति जुटेको छ। पोखरा भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँगको छलफलपछि सो सहमति जुटेको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए। सिचुवान चीनको छैटौं ठूलो अर्थतन्त्र भएको प्रान्त हो। मदिरा, बाँसका उत्पादनका निम्ति यो प्रान्त प्रसिद्ध छ। यसका अलावा पछिल्लो समय यो…
पोखरामा ‘कोसेली घर’ संचालन आउँदैछ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तरगत ‘कोसेली घर’को शिलान्यास गरिएको छ। ‘कोसेली घर’को पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, कोइका नेपालका कन्ट्री डाइरेक्टर मोहेन कोङ, युएनडीपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहुयेटले संयुक्त रूपमा…
पर्यटनको राजधानी पोखरामा पर्यटक आकर्षण गर्न फेवा नव बर्ष महोत्सव–२०८२ हुने भएको छ। पर्यटनको दोश्रो सिजनको रुपमा मानिने यस मौसममा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न यस बर्षपनि नेपाली नयाँ बर्षको अवसरमा उक्त महोत्सव हुने भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो। होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडीपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले शसक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडीपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए। युएनडीपीले दिगो बिकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशभित्र गर्दै आएको सहयोगको प्रशंसा गर्दै…