समाचार »

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गरिदैँ

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ संघीय संसदसमक्ष पेस हुनेभएको छ। संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्। संचार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको संचालन, प्रयोग तथा नियमन गर्ने…

बागलुङ नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा

बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ। देशभरबाट २५ औ र जिल्लाको दोस्रोे स्थानिय तहको रुपमा बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो। बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो। २०७९ जेष्ठ…

यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल प्रतियोगिताबाटै बाहिरियो

आइसीसी यु–१९ को महिला टी–२० विश्वकप क्रिकेटमा लगातार तेस्रो हार ब्यहोर्दै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ। विश्वकपको तेस्रो खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो। मलेसियाको बांगीस्थित युकेएम क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो। नेपालकी कप्तान पूजा महतोले सर्बाधिक १८…

राष्ट्रिय औद्योगिक व्यापार मेला तयारी अन्तिम चरणमा

राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ यही माघ १० गतेदेखि सुरु हुँदैछ। पोखरा उद्योग वाणिज्य संघले पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। यस पटक…

पाँचौ संस्करणको टाइगर कप भलिबलको तयारी तीब्र

पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ। पोखरामा हुने यस पटकको संस्करणमा प्रतियोगितालाई विगतमा भन्दा थप आकर्षण बनाउने प्रयासमा आयोजक टाइगर ग्रुप अफ पोखरा जुटेको छ। प्रतियोगितालाई थप केही नयाँपन दिन आयोजक टाइगर ग्रुप जुटेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। आयोजक टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितालाई विगतमा…

यु–१९ महिला टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

आइसीसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ। मलेसियाको बांगीमा भएको दोस्रो खेलमा पनि नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो। नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर भेट्टायो। स्कटल्यान्डकी पिपा स्प्रोलले सर्वाधिक ३५ रन बनाइन्। नेपालकी रचना चौधरी र सीमाना केसीले समान २/२…

सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको अनिवार्य प्रयोग गरौँ

नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ। सरकारको निर्णयबाट स्वदेशी उत्पादन प्रवर्द्धन गर्न निकै सहयोग पुग्नेमा महासंघले विश्वास गरेको छ। महासंघले आफ्ना सबै सदस्यहरुमा संभव भएसम्म नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धन गर्न आग्रह…

खो–खो विश्वकपमा नेपालको दुबै टोली उपविजेता

नेपालको महिला/पुरुष दुबै टोली खो–खो विश्वकपमा उपविजेता बनेको छ। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खो–खो विश्वकपको फाइनलमा नेपालको महिला/पुरुष दुबै टोलीले आयोजक भारतसँग पराजित बन्दै उपविजेतामा समेटियो। फाइनल प्रतिस्पर्धामा आयोजक भारतसँग नेपालको पुरुष टोली ५४–३६ र महिला टोली ७८–४० ले पराजित बन्दै उपविजेता बन्यो। फाइनलमा नेपाल घरेलु टोली भारतसँग ५४–३६ ले पराजित…

पोखरा–१५ मा तेस्रो संस्करणको बृहत् खेलकुद महोत्सव सकियो

पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ। पुरूष फुटबलतर्फ नयाँगाउँ युवा क्लब विजयी हुँदा पुरुष भलिबलतर्फ तल्लो नयाँ गाउँ टोल विकास संस्था च्याम्पियन बनेको छ। वन विज्ञान क्याम्पसको खेल मैदानमा वडाबासीको उत्साहजनक सहभागितामा भएको फुटबल फाइनलमा नयाँगाउँले प्रतिभा टोल विकास संस्थालाई पराजित गरेको हो। पुरुष भलिबलतर्फ तल्लो नयाँगाउँ टोल…

रुपन्देही जिल्ला अदालतमा पनि रवि लामिछानेविरुद्ध मुद्दा दायर

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ । मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा सरकारी वकिल कार्यालयले आज (आइतबार) मुद्दा दायर गरेको हो। रवि लामिछानेसहित यो सहकारी ठगी प्रकरणमा ४२ जना प्रतिवादी पुगेका छन्। लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र…