समाचार »

तनहुँको आँबुखैरेनी अस्पतालमा पहिलो पटक शल्यक्रियासहितको प्रसुती सेवा सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालमा शल्यक्रियासहितको प्रसुती सेवा सुरु गरिएको छ। अस्पतालले हिँजो (मंगलबार) साँझ स्थानीय एक महिलाको पहिलो पटक शल्यक्रियामार्फत प्रसुती सेवा सुरु गरेको अस्पतालले जनाएको छ। गोरखा जिल्ला पालुङटारकी २० वर्षीया महिलाको सफल शल्याक्रिया गरेर नवजात शिशुको जन्म दिइएको हो। अस्पतालका प्रमुख डा. डीबी क्षत्री, मेडिकल अधिकृत डा. अविनासकुमार रौनियार, एनेस्थेसिया सहायक…

सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना

सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो। समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्यांक छ। नेपाल पत्रकार महासंघ, संचार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको महासंघले जनाएको छ। विगतका…

माछापुच्छ्रे पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

आरव सम्राट हाडा र सुनिरा थापा २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन टेनिसको च्याम्पियन बनेका छन्। २१ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत पोखरामा मंगलबार सम्पन्न प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका हुन्। कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको सम्पन्न फाइनलमा आरव सम्राट हाडाले प्रतिद्वन्दी प्रनव मानन्धर र…

‘बन्दीपुर भ्रमण वर्ष’ घोषणाको पूर्वसन्ध्यामा ट्याक्सी र्‍याली

तनहुँमा ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा भोली (बुधबार) देखि ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सुरु हुँदैछ। ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ लाई प्रचार–प्रसारमा तीब्रता दिइएको छ। ‘बन्दीपुर भ्रमण वर्ष’ को पूर्वसन्ध्यामा बन्दीपुरदेखि मुग्लिनसम्म ट्याक्सी र्‍याली गरिएको छ। ‘बन्दीपुर भ्रमण वर्ष’ को प्रचार–प्रसार गर्ने उद्देश्यले ट्याक्सी र्‍याली गरिएको हो। ट्याक्सी व्यवसायी संघ बन्दीपुरको आयोजनामा आज (मंगलबार) बिहान बन्दीपुर–डुम्रे– आबुखरिनी–मुग्लिनसम्म ट्याक्सी र्‍याली…

रबि लामिछानेविरुद्धको कास्की जिल्ला अदालतमा थुनछेकको बहस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसभापति रबि लामिछानेविरुद्धको थुनछेक बहस सुरु भएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका रबि लामिछानेसहितका अभियुक्तविरुद्ध कास्की जिल्ला अदालतमा मंगलबारदेखि सुरु थुनछेक बहस सुरु भएको हो। गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेसहितको मुद्दाको बहस न्यायाधीश नीतिज राईको इजलासमा…

‘श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन’ को माग

१३ बुँदे चितवन घोषणा–पत्र जारी गर्दै चलचित्र पत्रकार संघ नेपालको पाँचौं पूर्ण बैठक चितवनमा सम्पन्न भएको छ। घोषणा पत्रमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरेको छ। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो। कार्यक्रममा मोफसलको पत्रकारिता र मोफसलका हाल संचालन गरिएका संचार माध्यमहरूको विषयमा पनि छलफल गरिएको थियो।…

‘सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ’

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन्। लमजुङको सुन्दरबजारमा तमू ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जानकारी दिए, ‘सही सूचना पाउने जनताको अधिकारलाई व्यवस्थित गर्न सरकार लागि परेको छ।’ मन्त्री गुरुङले सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको…

बागलुङको ताराखोला–२, अर्गलमा बन्यो सामुदायिक भवन

बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा टोलविकास संस्था र आमा समूह भवन निर्माण कार्य सम्पन्न भएको छ। ताराखोलाको सो वडाभित्र पर्ने अर्गलमा आज (सोमबार) नवनिर्मित ९ नम्बर टोल विकास संस्था र आमा समूहको भवनको उद्घाटन गरिएको छ। ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बि.क. ‘हिमाल’ उपाअध्यक्ष भिमबहादुर रोका, वडा नं. २ का वडाध्यक्ष भद्रबहादुर घर्ती ‘सोनाम’ लगायतले स्थानीयको उपस्थितिमा…

‘पत्रकारितामा मिस इन्फर्मेशन (झुटा सूचना) देखि सावधान’

गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले संचार माध्यम र सामाजिक सञ्जाल माध्यममार्फत आउने मिस इन्फर्मेशन (झुटा सूचना) लाई कम गर्नुपर्नेमा जोड दिएका छन्। प्रेस युनियन बागलुङले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद सुवेदीले आग्रह गरे, ‘यसतर्फ स्वयं पत्रकारहरु सचेत बन्नुपर्छ।’ उनले झुटो सूचनाले समाजलाई नकरात्मकतातर्फ लगेको बताए। झूटो सूचना रोक्न स्वयं संचारकर्मीसहित सबै पक्ष लाग्नुपर्नेमा उनले…

माछापुच्छ्रे पोखरा ओपन टेनिस मेन्स सिंगल्समा आरव र प्रनव फाइनल भिड्ने

आरव सम्राट हाडा र प्रनव मानन्धर पोखरामा जारी २१ औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत ओपन मेन्स सिंगल्स फाइनलमा भिड्ने भएका छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा संचालन भइरहेको प्रतियोगितामा ओपनतर्फ मेन्स सिंगल्समा नेपालका नं १ प्रदिप खडकालाई २–१ सेटमा पराजित गर्दै आरव सम्राट हाडाले प्रनव मानन्धरसँग फाइनलमा भेट पक्का गरेका हुन्।…