समाचार »

निर्वाचन खर्च पेश गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ। निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार–प्रसार, छापा…

विश्वकप फुटबल: ब्राजिल पनि एक खेलअगावै नकआउट चरणमा

विश्वकपको सफल टोली ब्राजिलले कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० गोलले हरायो। लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगावै अन्तिम १६ मा पुगेको हो। पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले हराएको थियो। ब्राजिलको जितमा…

विश्वकप फुटबल: पोर्चुगल एक खेलअगावै नकआउट चरणमा

पोर्चुगलले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ। समूह ‘एच’ अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो। लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेलअगावै नकआउट चरणमा पुगेको हो। यसअघि, पहिलो खेलमा पोर्चुगलले घानालाई ३–२ गोलले पराजित गरेको थियो। पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेसले दुवै गोल गरे। दुवै…

विश्वकप फुटबल: दक्षिण कोरियाले घानासँग हार्‍यो

अफ्रिकी मुलुक घानाले कतारमा जारी विश्वकप फुटबलमा एसियाली पावरहाउस दक्षिण कोरियालाई हराएको छ। समूह ‘एफ’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा सोमबार साँझ भएको खेलमा दक्षिण कोरिया घानासँग ३–२ गोलले पराजित बन्यो। घानाको जितमा मोहमद कुडुसले २ तथा मोहमद सालिसुले १ गोल गरे। दक्षिण कोरियाका लागि दुवै गोल चो ग्युसुङले फर्काए। शीर्षस्थानमा रहेको पोर्चुगलको पनि ३ अंक…

व्यापार मेला सफल बनाउन बस्तुगत संघसंस्थाहरुले जनाए प्रतिवद्धता

पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरुले यही मंसीर १५ गतेदेखि पोखरा नयाँबजारमा सुरु हुने ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ लाई हरतरहले सघाउने प्रतिवद्धता जनाएका छन्। उनीहरुले पोखरामा आयोजना हुने व्यापार मेला सफल हुँदा आर्थिक गतिविधि चलायमान हुने धारणा पनि व्यक्त गरेका छन्। मेला तयारीको क्रममा आइतबार भएको बैठकमा बोल्दै कास्की जिल्ला हस्तकला…

कास्की–१ को प्रदेशसभा (१) बाट एमालेका खगराज अधिकारी निर्वाचित

कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दीपक कोइरालालाई ३ हजार ९९६ को मतान्तरले हराउँदै अधिकारी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार अधिकारीले १५ हजार ६२३ मत ल्याउँदा वाम लोकतान्त्रिक गणतन्त्रका साझा उम्मेदवार बनेका…

कास्की–१ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका मनबहादुर विजयी

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ विजयी बनेका छन्। मनबहादुरले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कास्की जिल्ला पार्टी सभापति किशोरदत्त बराललाई २ हजार ५१९ को फरक मतान्तरले हराउँदै निर्वाचित भए। मत गणनाको अन्तिम नतिजामा गुरुङले २५ हजार ७०८ मत प्राप्त गरे। उता, वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार…

कास्की–३ प्रदेशसभा (२) बाट काँग्रेसका प्रकाश बराल विजयी

कास्कीको निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका प्रकाश बराल विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका बरालले निकटतम प्रतिद्वन्द्वी एमालेका राजीव पहारीमाथि ४६५ मतान्तरले जित हासिल गरेका हुन्। मत गणनाको अन्तिम नतिजामा बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले…

कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका ‘बैरागी’ विजयी

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ विजयी भएका छन्। निर्वाचन आयोग कास्की कार्यालयका अनुसार ‘बैरागी’ ले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामजीप्रसाद बराल ‘जीवन’ लाई ५ हजार ४४५ मतान्तरले निर्वाचित बने। मत गणनाको अन्तिम नतिजामा ‘बैरागी’ले २२ हजार, ९८० मत प्राप्त गरे भने वाम…

गोरखा–२ को प्रदेहशसभा (२) बाट काँग्रेसका सुरेन्द्र पाण्डे निर्वाचित

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार बसन्तकुमार गुरुङलाई ११ हजार ५१७ को भारी मतले हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका हुन्। मतगणनाको अन्तिम नतिजामा पाण्डेले १६ हजार ८८७ मत ल्याए भने गुरुङले ५…