
शम्भु श्रेष्ठ समाजवादी प्रेस संगठनको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। समाजवादी प्रेस संगठनको हालै सम्पन्न दोस्रो राष्ट्रिय भेलाले संगठनको संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो। संगठनको उपाध्यक्षमा हृदय भुसाल, महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेललाई मनोनित गरेको छ। रिक्त रहेका ती पदमा नेतृत्व छनोट गर्न भेला बोलाइएको थियो। यसअघि, महाधिवेशनले निर्वाचित…
४ देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (सोमबार) भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो। नेपालका लागि खेलको १० औं मिनेटमा विमला चौधरीले गोल गरिन्। प्रतियोगितामा आज नै भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हरायो। ४ देशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन्।…
म्याग्दी जिल्लाको पालिकाभरी मंगला गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो बनेको छ। म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्यांकन नतिजामा जिल्लाको पहिलो बनेको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०८०/०८१ मा गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीका ६ वटा स्थानीय तहमध्ये मंगला गाउँपालिका पहिलो बनेको हो। आयोगले विभिन्न १७ वटा सूचकमा १००…
गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा जिल्लामै पहिलो बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा गोरखाका १० पालिकामध्ये बारपाक सुलिकोट गाउँपालिका उत्कृष्ट भएको हो। बारपाक सुलिकोट कार्यसम्पादन मूल्यांकनमा ७०.०८ अंक प्राप्त गर्दै गोरखा जिल्लाभरको पाकिालमध्ये उत्कृष्ट बनेको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नजितामा भिमसेन थापा गाउँपालिका…
तनहुँको भानु नगरपालिका कार्य सम्पादन मुल्यांकनमा जिल्लाभरकै पालिकामध्ये उत्कृष्ट बनेको छ। स्थानीय तह कार्यसम्पदानमा तनहुँका १० पालिकामध्ये भानु नगरपालिका पहिलो भएको हो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्यांकनको अन्तिम नतिजा अनुसार भानुले ७१.४ अंक प्राप्त गरी तनहुँ जिल्लामा पहिलो भएको हो। त्यसैगरी, भीमाद नगरपालिकाले ६८.४ अंक प्राप्त गरी दोस्रो भएको छ। व्यास…
स्याङ्जाको कालिगण्डकी गाउँपालिका कार्यसम्पानमा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट पालिका बनेको छ। कार्यसम्पादन मूल्यांकनको आधारमा स्याङ्जाको कालिगण्डकी गाउँपालिका गण्डकी प्रदेशभरकै सर्वोत्कृष्ट पालिका भएको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कालिगण्डकीले ७८.२ अंक प्राप्त गर्दै सर्वोत्कृष्ट बनेको हो। आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था,…
पाहूना टोली उज्बेकिस्तानको ब्ल्याक बुल्स २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप च्याम्पियन बनेको छ। पोखरा रंगशालामा शनिबार सम्पन्न यस संस्करणको फाइनल खेलमा विभागीय पुलिस क्लबलाई हराएसँगै आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको हो। ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिवार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४ औं…
‘पोखरा भ्रमण वर्ष–२०२५’ शनिबारदेखि सुरु भएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आज (शनिबार) एक समारोहबीच ‘पोखरा भ्रमण वर्ष–२०२५’ सुरु भएको औपचारिक रुपमा घोषणा गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रममा…
केन्याका विल्सन चेरियोटले १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन्। पोखरामा शनिबार सम्पन्न निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा १७ मिनेट २४ सेकेन्डमा पूरा गर्दै विल्सन पहिलो भए। विल्सनले उपाधिसँगै ५ लाख पुरस्कार जिते। स्पर्धामा केन्या कै जुलियस मुरियुकी वाहहोम दोस्रो बने। जुलियसले निर्धारित दूरी २ घण्टा १७ मिनेट २६ सेकेन्डमा…
नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले महिलातर्फको १९ औं संस्करणको सफल हाफ म्याराथन जितेकी छन्। सन्तोषीले २१ किमि दौडको निर्धारित दूरी १ घन्टा २० मिनेट ०३ सेकेण्डमा पूरा गर्दै च्याम्पियन बनिन्। विजेता सन्तोषीले पोखरा म्याराथनको उपाधिसँगै १ लाख ५० हजार पुरस्कार जितिन्। पोखरा म्याराथनमा सन्तोषीको लगातार दोस्रो जित हो। त्यस्तै, केन्याली धाविका स्वारोन जोनोटिकले १ घन्टा…