समाचार »

एसइई परीक्षाको संपूर्ण तयारी पूरा (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को संपूर्ण तयारी पूरा गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिएका छन्। बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा…

पोखरामा मंगलबारदेखि चीनको छेन्दुबाट नियमित व्यावसायिक चार्टर उडान

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो। यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउनेछ। साथै, पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक…

कक्षा १२ को परीक्षा आगामी वैशाख ११ देखि (परीक्षा तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वर्षको वैशाख ११ गतेदेखि संचालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार, यो परीक्षा २४ गतेसम्म चल्नेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। यो तालिका साधारण र परम्परागत धारतर्फका नियमित र आंशिक विषयका विद्यार्थीहरूका लागि लागु हुनेछ। परीक्षामा मोबाइल फोन, स्मार्ट घडी,…

४ देशीय महिला क्रिकेट: नेपालले हङकङलाई हरायो

४ देशीय महिला क्रिकेमा: नेपालले हङकङलाई हराएको छ। वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो। युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज (शुक्रबार) हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बलअघि ४ विकेट गुमाएर भेट्टायो। नेपालकी सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन्। पूजा महतोले नटआउट २०…

४ देशीय महिला क्रिकेट: नेपाल घरेलु युगान्डासँग पराजित

४ देशीय महिला टी–२० क्रिकेटमा नेपाल घरेलु युगान्डासँग पराजित बनेको छ। युगान्डामा भइरहेको ४ देशीय वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा आज (बिहीबार) नेपाल फेरि पराजित भएको हो। युगान्डा एन्टेब्बे क्रिकेट ओभलमा भएको पाँचौँ खेलमा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो। जारी प्रतियोगितामा नेपालको यो चौथो हार हो। युगान्डासँग भने पहिलो…

पोखराबाट अन्तराष्ट्रिय उडानको प्रयासस्वरुप पोखरा–छेन्दु उडान हुँदै

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ। लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट संचालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको २ वर्षसम्म पनि नियमित अन्तराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक व्यवसायिक चार्टर्ड उडान गर्न…

खिमाकुमारी गुरुङ, फोनिज गण्डकीको अध्यक्ष

कास्कीको संचार क्षेत्रमा कृयाशील खिमाकुमारी गुरुङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित भएकी छन्। पोखरामा बुधबार भएको फोनिज गण्डकीको तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। समितिको उपाध्यक्ष (खुला) मा धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) मा शिला गुरुङ (नवलपुर), महासचिवमा सुरज थापा (कास्की), सचिव (खुला)…

४ देशीय महिला क्रिकेटः नामिबियासँग नेपाल पराजित

४ देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्ग नेपाल नामिबियासँग पुनः पराजित भएको छ। नामिबियासँग नेपाल २३ रनले पराजित भएको हो। टस जितेर सुरुमा बलिङ गरेको नेपालविरुद्ध नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। युगान्डाको एन्टेबे क्रिकेट मैदानमा १२६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो।…

पर्वतका पत्रकार संजय रेग्मीलाई मिलन पत्रकारिता पुरस्कार

पर्वतका कृयाशील पत्रकार संजय रेग्मीलाई `मिलन पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले पत्रकार रेग्मीलाई सो पुरस्कार प्रदान गरेको हो। समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई…

आमसंचार परिषद् विधेयक, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुग्यो

प्रतिनिधि सभाले आमसंचार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मंगलबार समितिमा पठाइएको हो। विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो। प्रतिनिधि सभाबाट पारित भएपछि विधेयकको सन्देश पुनः राष्ट्रिय सभामा…