
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स–अवार्ड २०८१’ को मिति तय गरिएको छ। मञ्चको पोखरा रंगशालस्थित मिडिया सेन्टरमा शनिबार बसेको बैठकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल बैशाख २० गते शनिबार नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) ले…
लमजुङको मर्स्याङ्दी गाउँपालिकाका किसानहरुलाई व्यावसायिक अकबरे खुर्सानी खेती प्रविधिसम्बन्धी तालिम दिएको छ। गाउँपालिका कृषि विकास शाखाले व्यवसायिक अकबरे खुर्सानी खेतीका लागि छनोट भएका ९ वटै वडाका किसानलाई एक दिनको तालिम प्रदान गरेको हो। शुक्रवार संचालित तालिममा वडा नं. ५, ६, ७ र ८ का ४२ जना किसानहरु सहभागि थिए। त्यस्तै, वडा नं. १, २, ३,…
पत्रकार महासंघ कास्की शाखामा महिला सम्वाद कार्यक्रम गरिएको छ। ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार महासंघ कास्कीले महिला अधिकारकर्मीका बीच सम्वाद कार्यक्रम गरेको हो। महिला संवाद कार्यक्रममा सहभागीहरुले महिलाका मुद्दामा पुरुष बढी जानकार हुनुपर्नेमा जोड दिएका छन्। महिला संवादमा नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा वर्षाले पत्रकार महिलाका अवसर र चूनौतिका विषयमा…
पर्वतको बिहादी गाउँपालिकाले सुक्खा मौसमको सुरुवातसँगै आगलागी तथा वन डढेलो जस्ता घटनाहरु घटी ठूलो क्षति हुने स्मरण गराएको छ। यसतर्फ, विशेष सावधानी अपनाउन गाउँपालिकाले अनुरोधसमेत गरेको छ। गाउँपालिकाले एक सूचना जारी गरी आगलागी तथा वन डढेलो घटनाहरु मानवीय त्रुटि तथा असावधानीका कारण हुने गरेको र त्यस्ता घटना हुन नदिन यदि भइहालेमा पनि कम क्षतिमा नियन्त्रण…
प्रश्न सोधेको आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। गत फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो । महासंघले काउन्सिलको क्षेत्राधिकारलाई…
उत्तरी गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ। गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास संचालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई खाने, बस्ने आवासीय व्यवस्थासहितको निःशुल्क पठनपाठनको प्रबन्ध गरेको हो। हाल, छात्रवासमा ९ छात्रा र १० छात्र गरी १९ जना बालबालिकाहरु छन्। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले उनीलाई कक्षा १२ सम्म निःशुल्क…
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा युवाहरुलाई सीप विकासका लागि डकर्मी र प्लम्बर तालिम दिइएको छ। मर्स्याङ्दी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कार्यस्थलमा आधारित सीपमुलक तालिम संचालन गरेको हो। मर्स्याङ्दी ७ खुदीमा संचालन भएको मेसन अर्थात डकर्मी तालिममा वडा नं. ६ का ५ जना र वडा नं. ७ का १५ जना…
पञ्चकोशी (आर्थर, डाँडाखर्क) समाज पोखराले आफ्नो रजत जयन्त मनाउँदैछ। संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा यही फागुन २२ गतेदेखि ३ दिनसम्म रजत जयन्ती मनाउने भएको हो। समाजले मंगलबार पत्रकार सम्मेलन गरी रजत जयन्तीबारे जानकारी गराएको हो। फागुन २२ गते पहिलो दिन आफ्नै कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष सब–इनिस्पेक्टर कमल गुरुङले बताए। त्यसैगरी, फागुन…
पोखराको लेखनाथमा दोस्रो संस्करणको सूर्य तारा खेलकुद महोत्सव हुने भएको छ। पोखरा लेखनाथलाई खेलकुद केन्द्रको रुपमा अघि बढाउन खेलक्ुद महोत्सवलाई निरन्तरता दिन लागेको आयोजक सूर्य तारा क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। आयोजकले बताएअनुसार दोस्रो सूर्य तारा खेलकुद महोत्सव २०८१ मा पुरूष फुटबलसहित विभिन्न ७ खेलछन्। पोखरा–२९ लेखनाथमा हुने दोस्रो संस्करणको सूर्य तारा खेलकुद…
अब, ७ वटै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिने भएको छ। आगामी नयाँ वर्षको साउन १ गतेदेखि सबै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिने भएको हो। यसका लागि यातायात व्यवस्था विभागले वैशाख १ देखि प्रदेशलाई छपाईको काम हस्तान्तरण गर्दै जाने जनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ७ प्रदेशका यातायातसम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको…