
वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई आइफोन १६ उपहार दिने घोषणा गरेको छ। आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ सेवा एवं नविकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आइफोन १६ उपहार दिने घोषणा गरेको हो। मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सवै क्षेत्रमा वर्ल्डलिंकले…
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुुकुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीबीच भेटवार्ता भएको छ। सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री माननीय के.लक्ष्मीनारायणन, उपसभामुख पी.राजवेलु र पुदुचेरी विधानसभाका सचिव जे.दयालनलगायतको टोलीसँग भेटवार्ता भएको हो।…
पत्रकारिताका गुरु प्राध्यापक पी खरेलको नयाँ कृति लोकार्पण गरिएको छ। लेखक खरेलले नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लेखेका हुन्। त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले काठमाडौंमा आज (सोमवार) एक समारोहबीच पुस्तकको लोकार्पण गरेका हुन्। लेखक तथा प्रध्यापक खरेलले लोकार्पण कार्यक्रममा बोल्दै पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको उल्लेख गरे।…
पोखरा महानगरपालिकामा संचालित इसीडीदेखी कक्षा ३ सम्मको शैक्षिक सुधार तथा नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी देखिएको छ। इनोभेसन इन एजुकेसन (इसीइसी) को पहलमा महानगर क्षेत्रमा १२ वटा विद्यालयहरूमा संचालित उक्त कार्यक्रमको प्रभाव सकारात्मक देखिएको समीक्षाका क्रममा पाइएको हो। परियोजनाअन्तरगत इसीइसीले शिक्षकहरूको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक…
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्राकृतिक स्रोतअन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरुरी रहेको औंल्याएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज (सोमबार) काठमाण्डौंमा आयोजना गरेको रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सन्दर्भमा आयोजित छलफलका क्रममा अधिकारीले आफ्नो धारणा राखे, ‘रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सम्बन्धमा भएको नयाँ सिफारिसमा थप स्पष्ट आवश्यक छ। प्राकृतिक…
नेपाल टेलिकमले चलचित्रकर्मी स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ। कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई नेपालकै अत्यधिक सफल अभिनेत्रीको रुपमा चिनिएकी खड्कालाई नेपाल टेलिकमले कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ मा नियुक्त गरेको हो। नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो। नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै…
स्याङ्जाको भीरकोट नगरपालिका वडा नं ८ मा जन्मने नवजात शिशुको खातामा ५ हजार जम्मा गरिदिने अभियान थालेको छ। जन्मदर्ता प्रोत्साहन गर्न सो नगरपालिकाको वडा नं ८ ले बच्चा जन्मेपछि खाता खोलेर जवजात शिशुको खातामा ५ हजार जम्मा गरिदिने अभियान थालेको हो। वडा कार्यालयले चालु आर्थिक वर्षदेखि यो अभियान थालेको हो। बच्चा जन्मेपछि ८ नं वडा…
अब, सरकारी अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न पाइँदैन। अबपनि, स्वास्थ्य बीमा बोर्डले तोकेको औषधि छैन भन्नु गैरकानुनी ठहरिनेछ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका हुन्। इलाम अस्पतालको आइतबार अनुगमन गर्दै उनले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए। ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी…
एनसेलका ग्राहकहरूले अब कुनैपनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स–डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्नेछन्। ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्नेछन्। यो अफर गत बिहीबारदेखि लागू भएको छ। अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी…
आयोजक गोर्खाली रग्बी क्लब प्रथम गोर्खाली रग्बी सेभेन्सको च्याम्पियन बनेको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले विभागीय त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले पराजित गर्यो। निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ७–७ को बराबरी भएको थियो। थप समयमा गोर्खालीका कप्तान यदु अधिकारीले गोल्डेन स्कोर गर्दै टोलीलाई च्याम्पियन बनाए। प्रतियोगिताको विजेता…