
राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकीय नगरी पोखरास्थित सराङकोट धामको उद्घाटन गरेका छन्। काठमाण्डौंबाट हेलीकप्टरमार्फत सिधै सराङकोट धाम पुगी राष्ट्रपति पौडेलले सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखी गणेशमुर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङ्ग, जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिरसहितका धार्मिक संरचना एवं त्यहाँ जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पूजा–अर्चना गरी उद्घाटन गरे। राष्ट्रपति पौडेलले भने,…
पोखरा महानगरपालिका–१३ को मियापाटनस्थित अन्नपूर्ण क्लिनिकल प्रालिले शुक्रबारबाट सुलभ फार्मेसी सेवा प्रारम्भ गरेको छ। विगत ६ वर्ष अघिदेखि सेवा दिँदै आएको प्रालिले सर्वसाधारणलाई होलसेल मूल्यमै औषधी उपलब्ध गराउन थालेको हो। निजी क्षेत्रबाट देशमै पहिलोपटक यस खालको सेवा सुरुआत गरेको संचालक हिरामणि न्यौपानेको दाबी छ। संचालक न्यौपानेले स्वास्थ्य क्षेत्रको संवेदनशीलता र नागरिकको कर्तव्य बोध गरी यस…
लमजुङको बेसीशहर नगरपालिका–७ को शान्ति टोल तमु समाजले सामूहिक आमा समूह नृत्य प्रतियोगिताको उपाधि जितेको छ। प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव–२०८१ मा आयोजना गरिएको आमा समूह सामुहिक नृत्य प्रतियोगितामा बेसीशहरको सो आमा समूह प्रथम बनेको हो। विजेता शान्ति टोल तमु समाजे ३० हजार रुपैयाँ नगद पुरस्कार जित्यो। त्यसैगरी, प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ को दिदीवहिनी कृषक…
सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक प्रतिनिधिसभाको हाउसबाट स्वीकृत गरिएको अवस्थामा छ। विधेयक अब राष्ट्रिय सभामा के हुन्छ ? हेर्न बाँकी छ। यसअघि नै विधेयकको सदनदेखि विभिन्न संघसंस्थाले विरोध जनाइराखेका छन्। विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको भन्ने धेरैको आरोप छ। तर, संसदमा विधेयक पेस गरेका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन…
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने बताएका छन्। काठमाडौंमा आज (बिहीबार) सुरु डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले जिकिर गरेका छन्, ‘सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुने गरी विधेयक ल्याइएको छ।’ छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्ने विषय भने…
पाहूना टोली म्यान्मारले ४ देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। घरेलु नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार ब्यहोरेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपको फाइनल खेलमा घरेलु नेपाल पाहूना टोली म्यान्मारसँग २–० गोल अन्तरले पराजित भएको हो। फाइनल खेलमा खेलको ६२ औं र ६४औँ मिनेटमा गोल गर्दै…
घरेलु नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर रेनुका नगरकोटी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपको उत्कृष्ट खेलाडी बनेकी छिन्। रेनुका, घरेलु दशरथ रंगशालामा बुधबार सम्पन्न अन्तराष्ट्रिय महिला च्याम्पियनसीपमा उत्कृष्ट खेलाडी बनेकी हुन्। रेनुकाले प्रतियोगिताकै भ्यालुएबल ‘प्लेयर अफ दि टुर्नामेन्ट’ को अवार्ड जित्न सफल भइन्। रेनुकाले च्याम्पियनसीपको खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ दि टुर्नामेन्ट’ को अवार्डसहित ५० हजार…
तनहुँको म्याग्दे गाउँपालिकाले लागत साझेदारी कार्यक्रम संचालन गर्दैछ। गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारमूलक व्यवसायिक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी अनुदान दिने भएको हो। गाउँपालिकाको चालु आर्थिक वर्ष ०८१/०८२ को लागी स्वीकृत बजेट कार्यक्रमअन्तर्गत लोकप्रिय तथा उत्पादनमा आधारित अनुदान कार्यक्रमतर्फ ३० लाख तथा दुधालु गाई खरिद अनुदान लागत साझेदारी ५ लाख गरी जम्मा ३५ लाख रुपैयाँ वजेट…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानून विपरित हुने बताएको छ। उसले यसरी संलग्न भए कानून बमोजिम कार्वाही हुने स्पष्ट पारेको छ। मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्धारा जारी विज्ञप्तीमा सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त…
राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। समूहको मंलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। एनएफपीजेको उपाध्यक्षमा वसन्त शेर्पा, सचिवमा प्रेम थापा, कोषाध्यक्षमा गणेश बज्रलामा, सह–सचिवमा माधव पोखरेल चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा हुमबहादुर गुरुङ, अभिनन्दन बजिमय, मदनमणि तिमिल्सिना, सागर ढकाल…