समाचार »

पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ को तयारी तीव्र पारिदैँ

पोखरामा हुने दोस्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी तीव्र पारिएको छ। यही पुसको आउँदो १३ देखि १५ गतेसम्म पोखराको फेवातालमा हुने उक्त फेस्टिभलको तयारी तीव्र पारिएको मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्न मद्दत पुग्ने गरी उक्त कार्यक्रम पोखरामा दोस्रो…

डा विष्ट, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष

डा. महेन्द्र विष्ट सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष बनेका छन्। साथै डा. विष्टले पद तथा गोपनीयताको सपथ लिएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विष्टलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्। गत शुक्रवारको मन्त्रिपरिषद्को बैठकले डा. विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि, डा विष्ट नेपाल टेलिभिजनको…

लेखनाथमा सामी परियोजनाको आप्रवासी स्रोत उपकेन्द्र स्थापना

इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र संचालनमा ल्याइएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले केन्द्रको शुभारम्भ गरेका हुन्। अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक…

रवि लामिछानेलाई ३ वटा कसुरमा मुद्दा चलाउन सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वउपप्रधान तथ गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको हो। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन प्रहरीले कास्कीको सरकारी वकिल कार्यालयलाई सोमबार बुझाएको छ।…

‘स्व. गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्छ’

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्व. डिलबहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने बताएका छन्। नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्धारा पोखरामा सोमबार आयोजित स्व. गुरुङको श्रद्धाञ्जलीसभाको कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन्। मन्त्री थापाले भने, ‘स्व. गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली समाज र काँग्रेस पार्टीको…

‘पोखरा सडक महोत्सव’ सफल पार्न उपसमितिहरुको बैठक बस्यो

२६ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ। रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको सडक महोत्सवमा स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड दिइएको छ। रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठकलगायत सांस्कृतिक समूहको बैठकहरू संचालन गरेर तयारी तीब्र…

२० औं संस्करणको लेखनाथ महोत्सवमा ७५ प्रतिशत स्टल बुकिङ

२० औं संस्करणको लेखनाथ महोत्सवका लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भइसकेका छन्। लेखनाथ उद्योग वाणिज्य संघले यही पुसको आउँदो १८ गतेदेखि माघ १ गतेसम्मका लागि २० औं संस्करणको महोत्सव आयोजना गर्दैछ। महोत्सवमा रहने ३३६ वटा स्टलमध्ये सोमबारसम्म २५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिएका छन्। पहिलो…

यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालको विजयी सुरुवात

यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शनसहितको शानदार विजयी सुरुवात गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो। मलेसियाको क्वालालम्पुरमा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। नेपालकी कप्तान पूजा महतोले नटआउट सर्वाधिक ४७ रन बनाइन्। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान १/१ विकेट लिए। यसअघि,…

कर्णाली याक्स एनपीएल क्रिकेटको ‘प्ले–अफ’ मा पुग्यो

कर्णाली याक्स फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ‘प्ले–अफ’ मा पुगेको छ। सुदूरपश्चिमसँग हारेपनि कर्णालीले नेट रन रेटमा काठमाण्डौ गुर्खाजलाई पछि पार्दै ‘प्ले–अफ’ मा पुगेको हो। काठमाण्डौ भने जारी एनपीएलको लिग चरणबाटै बाहिरिएको छ । काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि टियु क्रिकेट मैदानमा कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १५ ओभर २ बलमा ४ विकेट गुमाएर…

माओवादी नेता देवेन्द्र पौडेलले प्रहरी हिरासतमै रबि लामिछानेलाई भेटे

नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल ‘सुनिलले रास्वपा सभापति लामिछानेलाई सोमबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा गएर भेटेका छन्। पौडेलले आफू पार्टी अध्यक्ष प्रचण्डको निर्देशनबमोजिम रास्वपा सभापति लामिछानेलाई भेट्न आएको प्रतिक्रिया दिएका छन्। उनले आफूले पार्टी अध्यक्ष प्रचण्डको निर्देशनबमोजिम लामिछानेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताए। उनले आफ्नो भेट राजिनीतिक नभएको जिकिर गरेका िछन्।…