
अनलाइन टिभी पत्रकार संघले सामाजिक सञ्जाल विधेयकका प्रावधानका विषयमा संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ। मंगलबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएको हो। संघले ध्यानाकर्षणपत्रमा सामाजिक सञ्जाल सम्बन्धी विधेयकलाई संशोधनपछि मात्रै अघि बढाउनुपर्ने समेत जनाएको छ। संघले विधेयकले खबरदारी तथा आलोचना गर्न…
चर्च ब्वाइज युनाइटेडले पोखरामा जारी २४ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालाको फुटबल मैदानमा भएको तेस्रो क्वाटर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १—० को गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल प्रवेश गरेको हो। चर्च ब्वाइजको जितमा खेलको ९० मिनेटमा अतिरिक्त खेलाडी राज…
सामाजिक सञ्जाल विधयेक २०८१ तत्काल फिर्ता लिन माग गरिएको छ। अनलाइन टिभी पत्रकार संघ नेपालले काठमाडौँको माइतीघरबाट आज (आइतबार) विरोध प्रदर्शन गर्दै विधेयक फिर्ता लिन माग गरेको हो। विधेयकमा राखिएका कतिपय प्रावधानहरूले खबरदारी र आलोचना गर्ने नागरिकको अधिकार खोस्ने भएकाले फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरिएको हो। संघका अध्यक्ष जीवन भण्डारीले विधेयक तत्काल फिर्ता…
ललितपुरको थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (आइतबार) भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र क्लबलाई हराउँदै थ्री स्टारले सेमिफाइनलमा स्थान बनाएको हो। थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थप भएको थियो। थप समयमा पनि गोल…
विभागीय नेपाल पुलिस क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा आज (शनिबार) भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो। पुलिसको जीतमा विवेक पाण्डे र राम वजीले १÷१ गोल गरे। प्री–क्वाटरफाइनलको उद्घाटन खेलमा विभागीय पुलिसले आयोजक सहारा क्लब पोखरालाई हराउँदै…
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी राखेको छ। काउन्सिलले शुक्रबारसम्म उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिइ सनसनीपूर्ण बनाउने, पीडितका भिडियो/तस्बीर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री संप्रेषण गरेका युट्युब च्यानल कारबाहीमा परेका छन्। ५१ वटा युट्युब च्यानलमध्ये १५ वटा…
भारतको थन्डरबोल्टले आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ। काठमाण्डौंको संकटा क्लबलाई हराउँदै पाहूना टोली भारतको थन्डरबोल्टले आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा आज (शुक्रबार) भएको चौथो प्रि–क्वाटरफाइनलमा थन्डरबोन्टले संकटालाई ३–१ गोलले हरायो। थन्डरबोल्टका फ्रान्कलिन कुटे टाला, करन राई र आदर्श तामाङले गोल गरे। संकटाका मनिष पौडेलले एकमात्र…
त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि थाइल्यान्डले जितेको छ। काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शुक्रबार) भएको श्रृंखलाको अन्तिम खेलमा नेपाललाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर थाइल्यान्डले उपाधि जितेको हो। नेपालले दिएको ८२ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। थाइल्यान्डका कप्तान नरुमोल चाइवाईले सर्वाधिक २७ रन बनाइन्। त्यसैगरी, नन्नापट…
तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ नवनिर्मित वडा कार्यालय भवनकोे एक समारोहबीच उदघाटन गरे। २ ढलानको वडा कार्यालय भवन ९१ लाखको लागतमा बनेको हो। भवन निर्माण भएसंगै ऋषिङ गाउँपालिका मातहत रहेका ८ वटै वडाका आफ्नै भवन रहेको गाउँपालिका प्रवक्ता बिजय दरैले जानकारी दिएका छन्। त्यसैगरी,…
रास्वपा सभापति रवि लामिछाने चितवनबाट पनि ५४ लाख धरौटीमा छुटेका छन्। चितवन जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। साहारा सहकारीको रकम ठगी मुद्दामा लामिछानेलाई न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। यसअघि, लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख धरौटीमा छुटेका थिए। यसैगरी, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख…