समाचार »

पत्रकार वासुदेव पौडेललाई जीटीनको सम्मान

पोखराका क्रियाशील पत्रकार वासुदेव पौडेल सम्मानीत भएका छन्। न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का पोखरा ब्यूरो प्रमुख पौडेललाई गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन), गण्डकी प्रदेशले सम्मान गरेको हो। गुरुङ सम्पदा पदमार्गको प्रवर्द्धनमा पत्रकारिताका माध्यमबाट विशिष्ट योगदान पु¥याएको भन्दै पत्रकार पौडेललाई सम्मान गरिएको हो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा…

पत्रकार दिपक परियारलाई थमन–महेश स्मृति पत्रकारिता पुस्कार

पोखराका कृयाशील पत्रकार दिपक परियारलाई यस बर्षको थमन–महेश स्मृति पत्रकारिता पुस्कारबाट सम्मान गरिने भएको छ। प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको भोलि (शनिबार) पोखरामा हुने छैठौं अधिवेशनको अवसरमा सो पुरस्कार प्रदान गरिने भएको प्रेस सेन्टर कास्कीले जनाएको छ। प्रेस सेन्टरका सल्लाहकार एवं अग्रज पत्रकार कोमलनाथ बरालको संयोजकत्वमा प्रतिभा छनोट समितिले दिएको सिफारिसको आधारमा प्रेस सेन्टर…

पोखरामा अर्को साहसिक खेलकुद स्काई डाइभिङ थपियो

पोखरामा थप अर्को साहसिक खेल स्काई डाइभिङ सुरु गरिएको छ। पोखराको आकासमाथिबाट नेपाली प्रशिक्षकहरूले नै स्काई डाइभिङ सुरु गरेका हुन्। विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले स्काई डाइभिङ थालेका हुन्। यसअघि, विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भएपनि यस पटक भने नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराउन सफल भएका छन्। सिम्रिक एयर…

कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार कति ?

‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार राजधानीमा सम्पन्न भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकार र पत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको औंल्याए। लामाले भने, ‘यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई…

लेखनाथ महोत्सव, साथीभाईबीचको भेटघाट थलो बन्यो

२० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलोसमेत बनेको छ। वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने गरेका कारण आफन्त र साथीभाईको लामो अन्तरालमा भेटघाटसमेत हुने गरेको छ। पोखरा–३२ निवासी भरत ओझाले महोत्सवस्थल पुरानो साथीभाई भेट्ने स्थलसमेत बनेको बताए। ओझाले भने, ‘कति साथी यहाँ भेटेर अचम्म लाग्यो। १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई…

अब, राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिन्छ

अब, राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्न सकिन्छ। आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने व्यवस्था तय गरिएको हो। यसअघि, बैंक खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो। नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका…

प्रतिबन्धित भिटामिन र खनिजमिश्रित औषधी बिक्री गरे कारबाही हुन्छ

अब, प्रतिबन्धित भिटामिन र खनिजमिश्रित औषधी बिक्री गरे कारबाहीको भागिदार बन्नुपर्ने हुन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधी व्यवस्था विभागले प्रतिबन्धित भिटामिन र खनिजमिश्रित औषधि बिक्री वितरण गरेको पाइए कारबाही गर्ने जनाएको छ। विभागले औषधीपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना निकालेर विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधी बिक्री वितरण…

माघको पहिलो साता तनहुँको बन्दीपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

माघको पहिलो साता तनहुँको बन्दीपुर गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। बन्दीपुर गाउँपालिकाको आयोजनामा माघ ५ गतेदेखि ७ गतेसम्म टुँडिखेलमा प्रतियोगिता संचालन हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले हालै एक सूचना जारी गर्दै विद्यालयहरूले तोकिएको इभेन्टमा आफ्ना विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरूलाई प्रतियोगितामा अनिवार्य सहभागिता गराउन अनुरोध गरेको छ। प्रतियोगितामा छात्रछात्रा भलिबलका…

लेखनाथ महोत्सव, दैनिक उपभोग्य सामग्री खरिद–विक्रिको थलो बन्यो

२० औं संस्करणको लेखनाथ महोत्सवस्थल खरिद–विक्रिको केन्द्रबिन्दु जस्तै बनेको छ। कास्कीको लेखनाथस्थित तालचोकमा पुसको १८ गतेदेखि सुरु महोत्सवमा आएर रमाइलो पनि हेर्न पाइने र घर फर्कदा आफूलाई आवश्यक पर्ने स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मुल्यमा खरिद गर्न पाइने भएपछि महोत्सवस्थल ब्यापारिक केन्द बिन्दु जस्तै बनेको हो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री…

प्रेस काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने

उच्च अदालत पाटनमा प्रकाशन गृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले प्रेस काउन्सिल नेपालविरुद्ध दायर गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाई हुने भएको छ। न्यायाधीशहरु खडानन्द तिवारी र कृष्णराम कोइरालाको संयुक्त इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो। ‘मिति २०८१/९/१९ को यस अदालतबाट भएको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजहरूको प्रतिलिपि मगाई मिसिल सामेल…