समाचार »

रबि लामिछानेसँग ६५ लाख धरौटी मागियो

जिल्ला अदालत कास्कीले सुर्यदर्शन सहकारी ठगीविरुद्धको मुद्दा लागेका ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार अबेर लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। रबि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। त्यसैगरी, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ। रामबहादुर खनालसँग १५…

पोखराको गोगन माविको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा महानगरपालिका–३२ स्थित गोगन माध्यमिक विद्यालयले आज (बिहीबार) आफ्नो ५७ औं वार्षिकोत्सव मनाएको छ। साथै, विद्यालयले अभिभावक दिवस एवं पुरस्कार वितरणसमेत गरेको छ। कार्यक्रमको आज विद्यालयमा आयोजित विशेष समारोहबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। कार्यक्रममा महानगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताए। विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी…

विभागीय त्रिभुवन आर्मी मदन भण्डारी स्पोर्ट्स भलिबल च्याम्पियन

विभागीय त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबलको च्याम्पियन बनेको छ। विभागीय आर्मीले बिहीबार बुटवलमा सम्पन्न त्रिभुवन आर्मीलाई मदन भण्डारी स्पोट्र्स भलिबल च्याम्पियनसीप–२०८१ को उपाधि जितेको हो। बुटवल उपमहानगरपालिका–१० रामनगरमा आज (बिहीबार) भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक…

‘गण्डकीका धुनहरू’ मा ४० कलाकारहरुको प्रस्तुति गुञ्जदैँ

पोखरामा यही पुसको आउँदो २७ गते (शनिबार) ‘गण्डकीका धुनहरु’ गुञ्जदै छन्। गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले आयोजना गर्ने उक्त उक्त ‘गण्डकीका धुनहरु’ मा करिब ४० जना कलाकारहरुको प्रस्तुति रहने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। काठमाडौँ र गण्डकीका बरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रममार्फत नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न त्यसबाट मनोरञ्जन…

कास्कीको मादीमा बरालडाँडा भगबतीबजार मेलाको तयारी तीब्र

कास्कीको मादी गाउँपालिका–११ मा भगवति मन्दिरमा माघेसंक्रान्तिको अबसरमा लाग्ने मेलाको तयारी तीब्र पारिएको छ। बरालडाडा भगबतिबजार माघेसंक्रान्ति मेलाका लागि आबश्यक तयारी तीब्र गतिमा गरिएको आयोजक बरालडाडा तमु समाज सेवा समितिका अध्यक्ष चुमप्रसाद गुरुङले जानकारी दिएका छन्। मेलाको अबसरमा माघ १ गतेदेखि वडास्तरीय भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, भजन चुड्का प्रतियोगिता तथा बिबिध सास्कृतिक कार्यक्रमहरुको आयोजना…

कृषकको लागि पनि उपयुक्त थलो बन्यो, लेखनाथ महोत्सव

२० औं संस्करणको लेखनाथ महोत्सव कृषक र कृषि उत्पादनका लागि महत्वपूर्ण थलो बनेको छ। यही पुसको गत १८ गतेदेखि कास्कीको लेखनाथमा जारी जारी महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ। महोत्सवमा कूल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु छन्। त्यतिमात्रै होइन, महोत्सवमा बृहत कृषि मेला प्रदर्शनीको पनि व्यबस्था…

हुम गुरुङ, प्रेस सेन्टर नेपाल, पोखरा महानगरको अध्यक्षमा चयन

हुमबहादुर गुरुङ, प्रेस सेन्टर नेपाल, पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा निर्वाचित भएका छन्। प्रेस सेन्टर नेपालको पोखरामा भएको दोस्रो अधिबेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित कमिटीको गठन गरेको हो। जसको प्रथम उपाध्यक्षमा सपना रसाइली, द्वितिय उपाध्यक्षमा शिब थापा, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा सरिता तामाङ र सह–सचिवमा दिलिप भण्डारी निर्वाचित छन्। त्यसैगरी, सदस्यहरुमा गिता तिवारी, एलिशा…

रबि लामिछानेसहित प्रतिवादीहरुका वकिलको बहस सकियो

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो। जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाईमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीकातर्फको एकसरो बहस सकिएको जिल्ला सरकारी वकिल…

माछापुच्छ्रे अध्यक्ष कप भलिबल प्रतियोगिता फागुनमा

कास्कीको पर्यटकीय गाउँ धम्पुसमा माछापुच्छ्रे अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदैछ। कास्कीको माछापुच्छे गाउँपालिका को खेलकुद विकास समितिले तेस्रो संस्करणको गण्डकी प्रदेश अन्तरपालिकास्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ गर्ने भएको हो। माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गतेसम्म पुरुष भलिबल प्रतियोगिता चल्नेछ। खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उद्देश्श्यले प्रतियोगिता आयोजना गरिएको…

पोखरा पर्यटन परिषद् र पाटा नेपाल च्याप्टरबीच सम्झौता–पत्रमा हस्ताक्षर

प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन(पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच आज (मंगलबार) सम्झौता–पत्रमा हस्ताक्षर गरिएको छ। पाटा नेपालले परिषद्सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश,…