
दीननाथ बरालले प्रेस सेन्टर कास्कीको नवनिर्वाचित कार्यसमितिको नेतृत्व सम्हालेका छन्। प्रेस सेन्टर नेपाल, कास्कीको शनिबार पोखरामा सम्पन्न छैटौं अधिवेशनले बरालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ। नव निर्वाचित सिंगो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शनिबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रेस सेन्टर नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मिलन ज्ञवालीले नवनिर्वाचित पदाधिकारी…
२० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ। महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सवमा शनिबारसम्म आइपुग्दा ५ करोड ८५ लाखको कारोबार भएको बताएका छन्। श्रेष्ठले भने, ‘शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गर्दा किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको हो। जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि…
नेपाल पर्यटन यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशको छैटौं वार्षिक साधारणसभा भएको छ। गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले कार्यक्रमको एक समारोहबीच उद्घाटन गरे। कार्यक्रममा सचिव गुरुङले पर्यटनको विविधिकरण भएको बताए। उनले समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। पर्यटन यातायातको हरियो प्लेट पहिचान भएको…
नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रको आयोजना गरी आफ्नो २६ औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसर पारेर एन प्याव्सन कास्कीमा आवद्धमध्ये ३३ विद्यालयका १ सय ४५ जना शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ। एन प्याव्सन कास्कीका आवद्ध विद्यालयमा १५ वर्षसम्म निरन्तर काम गरेका शिक्षक, कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरेको हो। कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय…
दीननाथ बरालको नेतृत्वमा प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिको नयाँ कार्यसमिति गठन भएको छ। प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न छैठौं अधिवेशनले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकोे हो। बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो। त्यसैगरी, उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) मा…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको औंल्याएका छन्। अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले उल्लेख गरे, ‘निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्छ। आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र…
पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनपक्षीय र आम नागरिकको पक्षमा खरो रुपमा कलम चलाउन पत्रकारहरुसमक्ष आग्रह गरेका छन्। प्रेस सेन्टर नेपाल, कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न छैटौं अधिवेशन समारोहको उद्घाटन गर्दै कपा माओबादी (केन्द्र) का बरिष्ठ उपाध्यक्षसमेत रहेका नेता श्रेष्ठल भने, ‘स्वार्थ र गलत मिसनलाई फाइदा पुग्नेगरी पत्रकारहरु लाग्न हँुदैन।’ उनले सत्य र तथ्यका…
२४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप–२०८१ सँग चितवनको जयश्री फुड्स प्रालि सह–प्रायोजकरुपमा जोडिएको छ। सो सम्बन्धमा क्लब अध्यक्ष केशवराज बराल र कम्पनीका तर्फबाट जनरल म्यानेजर अमीत अग्रवालबीच शनिबार सम्झौता–पत्रमा हस्ताक्षर भएको छ। चितवनको जयश्री फुड्स प्रालिको उत्पादन बासमती प्रिमियम राइसले सह–प्रायोजकवापत ५ लाख रुपैयाँ प्रदान गर्नेछ। सो अवसरमा अग्रवालले सहारा क्लब पोखराद्वारा संचालित…
पोखराका कृयाशील पत्रकार दीपक परियार यस वर्षको थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिले उनलाई छैटौं अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरेको हो। पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार परियारलाई पुरस्कार प्रदान गरे। काठमाण्डौंबाट प्रकाशित हुने जनदिशा पत्रिका…
किसमकुमारी गुरुङकै नेतृत्वमा पुनः गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) गण्डकी प्रदेशको नयाँ कार्यसमिति गठन भएको छ। जीटीन, गण्डकीको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङकै अध्यक्षतमा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो। समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा तुलबहादुर गुरुङ, सचिवमा विष्णु गुरुङ (एकता), कोषाध्यक्षमा मोहनराज गुरुङ र सह–कोषाध्यक्षमा गंगा घले…