समाचार »

एनपीएलमा सुदूरपश्चिमको विजयी सुरुवात

फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ। एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ९० रनले हराएको छ। सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट बन्यो। विराटनगरका बसिर अहमदले सर्बाधिक २४ रन बनाए। सुदूरपश्चिमका अभिनाश बोहरा र स्कट कुगेलेनले समान ३/३ विकेट लिए। यसअघि,…

रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार चितवन लगिएको छ। उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसीर ५ गते पूरक जाहेरी दर्ता भएको थियो। यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो। सहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी…

सूचनाको हक, ‘सफलताका कथा’ पुस्तक प्रकाशन

राष्ट्रिय सूचना आयोगले सूचना मागेर भएका सफल कामको संग्रह ‘सफलताका पुस्तक’ प्रकाशन गरेको छ। सूचना मागकर्ताले सूचनाको हक प्रयोग गरेर पाएको सफलताको कथालाई समेटेर आयोगले सफलताको कथा नामक पुस्तक सार्बजनिक गर्दै आएको छ। तर, पछिल्लो पटक सूचना मागेर भएको परिबर्तन निकै कम देखिन्छ। यद्यपी, घतलाग्दो कथा भएको कारण सिराहाका परशुराम शाहको कथाको स्क्रिन शट पनि…

पोखरा–लेखनाथमा २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी

विगतका वर्षमा जस्तै यस वर्षपनि लेखनाथ महोत्सव हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ मूल नाराकासाथ महोत्सव हुने भएको हो। आउँदो पुसको १८ गतेदेखि पोखरा–लेखनाथको तालचोकमा २० औँ संस्करणको लेखनाथ महोत्सव हुने भएको हो। २० औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको लेखनाथ उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको…

पोखरामा आइटीएफ जे ३० प्रतियोगिता सुरू

पोखरामा आइटीएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट १ र २ सुरू भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबार सुरु प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा ३५ खेल सम्पन्न भएका छन्। प्रतियोगिताका विश्व नं १ वरीयता जापनका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे। गत वर्षसमेत नेपाल आएका रिकुले आफ्नो…

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जीत

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जीत निकालेको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हरायो। कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो। जनकपुरका कप्तान अनिल शाहले नटआउट सर्वाधिक ६२ रन बनाए। यस्तै, आसिफ शेखले ३६ रन जोडे।…

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। चितवन राइनोजले काठमाण्डौ गुर्खाजलाई ५ विकेटले हराएको हो। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो। चितवनका सन्तोष कार्कीले २८ र विदेशी खेलाडी लुक बेनकेनस्टाइनले सर्वाधिक २२ रन बनाए। काठमाण्डौ गुर्खाजका शाहब आलमले सर्वाधिक…

मेटा कम्पनीले इन्टरनेटमा क्रान्ति ल्याउँदै

मेटाले समुन्द्रमुनि केबल नेटवर्क निर्माण गर्ने योजना बनाएको छ। फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता विश्वचर्चित एपहरूको अभिभावक कम्पनी मेटाले ४० हजार किलोमिटर लामो फाइबर अप्टिक सबमरिन केबल निर्माण गर्ने योजना ल्याएको हो। टेकक्रन्चको एक रिपोर्टअनुसार सुरुवाती चरणमा कम्पनीले करिब २ अर्ब अमेरिकी डलर लगानी गर्ने बताइएको छ। परियोजना अघि बढेसँगै यसको लागत १० अर्ब डलर (साढे…

रोमानियामा टिकटकको प्रभाव, राष्ट्रपति निर्वाचनमा क्यालिनको जीत

युरोपेली देश रोमानियाको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा क्यालिन जर्जेस्कुले हात पारेका छन्। त्यहाँको संचारमाध्यमहरुले क्यालिनको जीतलाई लिएर टिकटकको प्रभाव भनेका छन्। क्यालिनको जितलाई युरोपका संचार माध्यमले ‘टिकटक’को जीत बताएका छन्। संचारमाध्यमहरुका अनुसार राष्ट्रपतीय निर्वाचनको विषयलाई लिएर टिकटकको भूमिकालाई राष्ट्रपति निर्वाचन बिथोलेको आरोप छ। टिकटकले आफ्नो अल्गोरिदममार्फत रोमानियाको निर्वाचन कानून उल्घंनन गरेको आरोप लागिरहेको छ। रोमानियाको…

एसीसी यु–१९ पुरुष एशिया कपमा नेपालको लगातार दोस्रो हार

एसीसी यु–१९ पुरुष एशिया कपको नेपालले लगातार दोस्रो हार खेपेको छ। युएईमा चलिरहेको प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भोगेको हो। नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले २८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो। बंगलादेशका जवाद अब्राररले सर्वाधिक ५९ रन बनाए। त्यसपछि, कप्तान अजिजुल हकिमले नटआउट ५२ रन बनाए। नेपालका युवराज…