समाचार »

पोखरा विमानस्थल संरचनाको सदुपयोग गरौँ : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल संचालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गरेका छन्। पोखराको विकास सन्दर्भमा एक प्रेस नोट जारी गर्दै पौडेलले विमानस्थल भूमाफियाको कब्जामा जानबाट रोक्न र रंगीचंगी फूल, वनस्पति तथा हरियालीसहितको ‘बोटानिकल गार्डेन’ बनाउने कार्यमा अग्रसरता लिन पोखरा महानगरसँग आग्रह गरे। निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि…

अस्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम

अष्ट्रेलियन शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा अष्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम भएको छ। दिदी–बहिनी समाज भिक्टोरियाले करिब ७ सय नेपाली महिलाको उपस्थितिमा तीज कार्यक्रम गरेको हो। दिदी–बहिनी समाज भिक्टोरियाले विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य–पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको छ। शिक्षा तथा…

साफ च्याम्पियनसीप खेल्ने नेपाली महिला टोलीको घोषणा

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसीप २०२२ को लागि अन्तिम टोलीको घोषणा गरेको छ। मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित भुटान र श्रीलंका छन्। डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग छन्। नेपालले उद्घाटन खेलमा…

नेपाल टी–२० को लागि खेलाडी दर्ता खुला

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० को लागि खेलाडी दर्ता खुला गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जालमार्फत खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो। क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ। दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु १९…

पोखरामा मनाइयो मोतीराम भट्टको १५७ औं जन्मजयन्ती

पोखरामा शनिवार बिहान १५७ औं जन्मजयन्ती मनाइएको छ। जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले स्थापनाकालदेखि विविध कार्यक्रमका साथ मोती जयन्ती मनाउँदै आएकोमा यस वर्ष पनि विविध कार्यक्रमका साथ संस्थाले रचनावाचन तथा मोतीराम भट्टको योगदान विषयमा परिचर्चा कार्यक्रम आयोजना गरेको हो। समारोहमा अग्रज पत्रकार उदयबहादुर अमात्य, अग्रज कलाकार यादवचन्द्र भुर्तेल, साहित्यकार डा. जगन्नाथ रेग्मी, समाजसेवी संगीत गौतम…

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उशुको महिला तथा पुरुष खेलाडी छनोट भएका छन्। जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार क्रिकेट र उशुसहित शनिबार अन्य २ खेलको छनोट खेलाडीहरु छनोट भएका हुन्। नवौंका लागि अमृत गुरुङको कप्तानीमा २ वैकल्पिकसहित क्रिकेटको पुरुषतर्फ १४ खेलाडी छनोट भएका छन्। छनोट हुने खेलाडीहरुमा अनिल…

निहारिकालाई कानुनी लडाइँ लड्न ५ लाख सहयोग

मधेश प्रदेश सरकारले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। मधेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निहारिकालाई सो आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो। मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाको पहलमा निहारिकालाई कानुनी लडाइँमा सहयोग गर्न तथा बच्चाको भरणपोषणका लागि सहयोग गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठकले निर्णय…

अब फ्याम्समार्फत ईपीएसको काम

रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाबाट हुने काम अबदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फ्याम्स)मार्फत हुने भएको छ। सो शाखाले ईपीएसबाट दक्षिण कोरिया जानका लागि गर्नुुपर्ने सबै प्रक्रिया आउँदो सोमबारदेखि फ्याम्समार्फत गर्ने भएको हो। फ्याम्स श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अनलाइनबाट जानकारी गराउने प्रणाली हो। श्रम मन्त्रालयले वैदेशिक रोजगारीबारे एकद्वार प्रणालीमार्फत जानकारी दिने उद्देश्यले…

मुद्दा मिलेका कारण माओवादीसँग तालमेल बन्यो : डा. भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पहिचान, अधिकारसहितको संघीयताको मुद्दा मिलेका कारण नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले शुक्रवार पार्टीको काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘आफूहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पहिचान र अधिकारसहितको संघीयताको पक्षमा छौं,’ नेता भट्टराईले भने,…

म्याग्दीका केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी

रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका म्याग्दीको बेनी नगरपालिका–६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाएका छन्। ५ महिनादेखि निरन्तर गरेको कोसिसपछि उनी चारपांग्रे गाडी बनाउन सफल भएका हुन्। विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा ४ वटा ब्याट्री जडान गरिएका छन्। ३ देखि ४ घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटरसम्म चलाउन सकिन्छ। कोरियामा…