खेलकुद »

प्रदीप खड्का र नारायणी भण्डारी रारा पोखरा स्पोर्टसका वर्ष खेलाडी

प्रदीप खड्का र नारायणी भण्डारी यस संस्करणको रारा पोखरा स्पोर्टसका वर्ष खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च गण्डकीले विहीबार पोखरमा आयोजना गरेको १० औं पोखरा स्पोट्र्स अवार्डमा टेनिसका प्रदीप र एथलेटिक्सकी नारायणी वर्ष खेलाडी घोषित भएका हुन्। वर्ष उत्कृष्ट पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी घोषित भए। उनीहरुले अवार्डसहित हिरोको जुम स्कुटर प्राप्त गरे। पुरुषतर्फ…

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी

गण्डकी स्पोर्टस क्लबको अध्यक्षमा दीपकराज मुल्मी चयन भएका छन्। क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित र द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा छन्। त्यसैगरी, सचिव चेतनाथ चालिसे, सह-सचिव बिकी गुरुङ,…

रारा पोखरा स्पोर्टस अवार्ड-२०८२ को नोमिनेसन सार्वजनिक

दशौं संस्करणको रारा पोखरा स्पोर्टस अवार्ड-२०८२ को नोमिनेसन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर यहि बैशाख ३१ गते आयोजना गर्ने रारा पोखरा स्पोर्टस अवार्ड-२०८२ को ४ विधाका नोमिनेसन सार्वजनिक गरिएको हो। यस संस्करणको स्पोर्टस अवार्डका लागि वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक…

पोखरामा क्रिकेटरहरुका लागि ‘बिट द स्पीड’ कार्यक्रम हुँदैं

पोखरामा ‘बिट द स्पीड’ हुँदैंछ। वर्ल्ड लिङ्क कम्युनिकेसनले यही बैशाख २४ गते (विहीबार) का दिन दिउँसो ४ बजे कार्यक्रम गर्न लागेको हो। वर्ल्ड लिङ्क कम्युनिकेसन लिमिटेडले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सो कार्यक्रम गर्न लागेको हो। स्पीड परीक्षणमा आधारित यस प्रतियोगितामा सहभागी खेलाडीहरूले आफ्नो बलिङ गति मापन गराउने अवसर पाउनेछन्। प्रतियोगितामा नेशनल स्पोर्टस काउन्सिलद्वारा प्रमाणित मापन…

नेपाल पुलिस क्लब महिला गोल्डकप च्याम्पियन

नेपाल पुलिस क्लब प्रथम पोखरा महिला गोल्डकप च्याम्पियन बनेको छ। पोखरा रंगशालामा आइतबार भएको विभागीय डर्बीको फाइनलमा पुलिसले बाजी मार्‍यो। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो। उपाधिसंगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ। उपविजेता आर्मीले ३ लाख रुपैया प्राप्त गरेको छ। निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएको थियो। पहिलो…

रुकुम पश्चिमले जित्यो पुरुषतर्फको पीएम कप एनभीए भलिबल लिगको उपाधि

रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाइनल खेलमा पुरुषतर्फ रुकुमले हेल्प नेपाललाई ३–० को सोझो सेटमा हरायो। रुकुमले पहिलो सेट २९–२७, दोश्रो सेट २५–२१ र तेश्रो सेट ३२–३० ले हरायो। उपाधिसँगै रुकुम पश्चिमले १० लाख पुरस्कार हात पारेको छ। उता, उपविजेता बनेको हेल्प…

पुलिसले जित्यो महिलातर्फको पीएम कप एनभीए भलिबल लिगको उपाधि

विभागीय नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत महिलातर्फको उपाधि जितेको छ। काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाइनल खेलमा विभागीय नेपाल पुलिसले न्यू डायमन्ड युथ स्पोर्टस क्लबलाई हराउँदै चौथो पटक उपाधि जित्यो। पुलिसले न्यू डायमन्डलाई ३–१ को सेटमा हराउँदै उपाधिमाथि कब्जा जमायो। पुलिसले पहिलो सेट २५–२१, तेश्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले जित्यो।…

विभागीय त्रिभुवन आर्मी क्लब पोखरा महिला गोल्डकपको फाइनलमा

विभागीय त्रिभुवन आर्मी क्लबले पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। आरएस पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकपअन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो। पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा ३ गोल थप्यो। आर्मीको जीतमा चन्द्रा भण्डारीले २ तथा दिपा…

पोखरामा पहिलो पटक महिला गोल्ड कप फुटबल प्रतियोगिता सुरु

पोखरामा पहिलो पटक महिला गोल्ड कप प्रतियोगिता सुरु भएको छ। स्थानीय आरएस पोखरा एफसीको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशालामा सुरु प्रतियोगितामा २ विभागीय क्लब र २ अन्य फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय नेपाल पुलिस क्लबले आयोजक आयोजक आरएस पोखरा एफसीलाई ८–० भारी गोल वर्षाउँदै सुखद सुरुवात गरेको छ। कमजोर आयोजक आरसी एफसीमाथि विभागीय…

दशौं संस्करणको रारा पोखरा स्पोर्टस अवार्डको मिति सर्‍यो

दशौं संस्करणको रारा पोखरा स्पोर्टस अवार्डको मिति सरेको छ। यसअघि, बैशाख १८ गते मिति तय भएको स्पोर्टस अवाड–२०८र्२ बैशाख ३१ गते हुने भएको खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत स्पोर्टस अवार्ड वितरण गर्ने मिति सरेको जनाएको हो। मञ्चका अध्यक्ष एमबी आस्थाले खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने यस संस्करणको स्पोर्टस अवार्ड वितरण कार्यक्रमको…