
ओमानसँगको एकदिवसीय श्रृंखलाको पहिलो खेल मा नेपालको ‘ए’ टोली ७० रनले पराजित भएको छ। ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४४ ओभर ४ बलमा २१० रन बनाउँदा सबै विकेट गुमायो। नेपाल ‘ए’ का ईशान पाण्डेले सर्वाधिक ५२ रन बनाए। कप्तान अनिलकुमार साहले ५० रन थपे। ओमानका सकील अहमद र हसनैन अली शाहले…
आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराउँदै लगातार दोस्रो जीत निकालेको छ। रुवान्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो। नेपालकी सम्झना खड्काले सर्वाधिक ४८ रन बनाइन्। रुवान्डाकी जियोभानिस उवासेले ३ विकेट लिइन्। यसअघि, रुवान्डा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले १९…
नेपालले युएईलाई टी-२० आई श्रृंखलाको दोस्रो खेलमा ८ विकेटले हराएको छ। योसँगै नेपाल र युएईबीचको २ खेलको टी–२० श्रृंखला १–१ को बराबरीमा सकिएको छ। मंगलबार भएको दोस्रो खेलमा कुशल भुर्तेल र सन्दीप लामिछानेको प्रदर्शन उत्कृष्ट रह्यो। सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित मात्र ६ रन दिएर ३ विकेट लिए। सन्दीपले २ खेलमा गरी ६ विकेट…
पहिलो टी-२० मा नेपाल युएईसँग पराजित भएको छ। युएईविरुद्धको पहिलो टी-२० खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै हार बेहोर्यो। कीर्तिपुरको त्रिवि रंगशालामा सोमबार भएको अन्डर लाइट्स खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित बन्यो। वर्षाका कारण खेल छोट्याएर १० ओभरमा झारिएपछि युएईले डकवर्थ-लुइस विधिअनुसार ७८ रनको लक्ष्य पाएको थियो। जुन लक्षलाई उसले ८.५ ओभरमा ४ विकेट गुमाउँदै…
पहिलो संस्करणको आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले पहिलो जीत निकालेको छ। रुवाण्डामा भइरहेको आफ्नो दोस्रो खेलमा पहिलो जीत दर्ता गर्ने क्रममा नेपालले इटलीलाई ५० रनले पराजित गरेको हो। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइतबार भएको इटालीसँग खेलेको यो पहिलो खेल हो। जीतका लागि नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको इटलीले १८.४ ओभरमा ६२ रनमा…
आइसीसी टी-२० च्यालेन्ज ट्रफीमा नेपालले आफ्नो पहिलो सुरुवाती खेलमा पराजित भएको छ। रुवाण्डामा शनिबारबाट सुरु भएको अमेरिकाविरुद्धको आफ्नो पहिलो खेलमा नेपाल ४४ रनले पराजित भएको हो। अमेरिकाले दिएको १२४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल ७९ रन मात्र बनायो। नेपालको ब्याटिङतर्फ बिन्दु रावलले सर्वाधिक २७ रन जोडिन्।…
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटको उपाधि जितेको छ। आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो। वीरगञ्जस्थित नारायणी रंगशालामा शुक्रबार भएको फाइनल खेलमा आर्मीले उपाधि उचाल्यो। योसँगै विभागीय आर्मी तेस्रो पटक प्रधानमन्त्री कपको उपाधि चुम्न सफल बनेको छ। यसअघि, सन् २०१७ मा भएको पहिलो संस्करणमा…
दार्चुलाका मुकेश थापाले खुलातर्फको रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) जितेका छन्। पोखराको लेकसाइडस्थित बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुलाका २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए। उनले निर्धारित दूरी १७:३१:६७ मिनेटमा पूरा गरे। यसैगरी, सुवास गुरुङले १७:५४:२५ मिनेटमा पूरा गर्दै दोस्रो भए। त्यस्तै, अकलबहादुर पालले १८:०२:०३ मिनेटमा उक्त दूरी पूरा गर्दै तेस्रो…
१० औं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड–२०८२’ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार एक कार्यक्रमको आयोजना गरेर यो विधामा मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गर्यो। यसरी, मनोनयनमा पर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई/आइटीएफ…
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको ‘पोखरा नाइट स्ट्रिट रेस–२०८३’ (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। पोखरा क्लिक र पोखरा प्रवर्द्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (शनिबार) पोखराको फिस्टेल ड्रिम…