खेलकुद »

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: बहराईनमाथि नेपालको सानदार जित

मलेसियामा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ। मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो। बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो। नेपालको जितमा ओपनर कविता कुँवरले १४ बलमा १८ रन…

आइसीसी महिला विश्वकप एसिया छनोट: सीता बनिन् ‘प्लेयर अफ द म्याच’

आइसीसी महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाललाई ५ रनले जिताउन महत्वपूर्ण रन बनाएकी सीता रानामगर ‘प्लेयर अफ द म्याच’ बन्न सफल भएकी छिन्। सीताले पहिलो ३ बलमा ३ विकेट गुमाएको नेपाललाई उत्कृष्ट पुनरागमन गराएकी थिइन्। सीताले ओपनरको भुमिकामा क्रिजमा आएर अविजित रुपमा ३८ रन बनाइन्। मलेसियामा आज सुरु महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो…

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट: नेपालको विजयी सुरुआत

मलेसियामा आज (बिहीबार) बाट सुरु महिला टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले सुखद सुरुआत गरेको छ। मलेसियाको बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रममा नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो। नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो। मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक…

एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ। पाकिस्तानको मुल्तानमा बुधबार सम्पन्न खेलमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रन बनाउँदै अल आउट भएसँगै पराजित भएको हो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन…

जिल्ला खेलकुद समितिहरुले प्रस्तुत गरे प्रगति विवरण

गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद खेलकुद विकास समितिहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एक कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाहरुमा भएका गतिविधिहरुबारे समेत समीक्षा गरिएको हो। आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरणसँगै चालू आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमबारे छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका…

फिफा महिला विश्वकप : कोलम्बियाले दक्षिण कोरियालाई हरायो

महिला विश्वकप फुटबलमा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ। आज (मंगलबार) भएको खेलमा कोलम्बियाले दक्षिण कोरियामाथि २–० को जित निकालेको हो। कटलिना उस्मेले ३० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाइन्। युवा खेलाडी लिन्डा केसेडोले ३९ औं मिनेटमा गोल गर्दै दक्षिण अमेरिकी टोलीको अग्रता दोब्बर बनाइन् । समूह ‘एफ’को खेलमा कोलम्बिया र जर्मनले समान…

फिफा महिला विश्वकप : आयोजक न्युजिल्याण्ड फिलिपिन्ससँग स्तब्ध

महिला विश्वकप फुटबलमा आयोजक न्युजिल्याण्ड, फिलिपिन्ससँग स्तब्ध भएको छ। आज (मंगलबार) भएको खेलमा फिलिपिन्सले न्युजिल्याण्डलाई १–० ले हराएको हो। फिलिपिन्सको जितमा सेरिना बोल्डेनले २४ औं मिनेटमा विजयी गोल गरिन्। जितपछि प्रशिक्षक एलेन स्टेजिकले फिलिपिन्सको खेलकुद इतिहासमा प्राप्त जित सबैभन्दा ठूलो भएको बताए। विश्वकपमा फिलिपिन्सको पहिलो जित हो। जितसहित फिलिपिन्सले नकआउट चरण प्रवेशको संभावना बलियो बनाएको…

फिफा महिला विश्वकप : ब्राजिलले जित्दा एरीको ह्याट्रिक

ब्राजिलले महिला विश्वकप २०२३ मा आज (सोमबार) उत्कृष्ट विजयी सुरुआत गरेको छ। समूह ‘एच’ को खेलमा ब्राजिलले विश्वकपमा डेब्यु गरिरहेको पानामालाई ४–० को गोलअन्तरले हरायो। ब्राजिलको जितमा एरी बोरगेस नायिका बनिन्। उनले आफ्नो ह्याट्रिक पूरा गर्दै शान्दार प्रदर्शन गरिन्। यसपल्टको विश्वकपको यो पहिलो ह्याट्रिक हो। उनकै क्रस बलमा बिआ जेनराटोले अर्को गोल थपिन्। यो जितपछि…

फिफा महिला विश्वकप : मोरक्कोमाथि जर्मनीको आधा दर्जन गोल

उपाधिको बलियो दावेदार रहेको जर्मनीले आज (सोमबार) महिला विश्वकपमा बलियो सुरुआत लिएको छ । यस नतिजापछि जर्मनीले आफ्नो समूहमा बलियो पकड बनाएको छ। जुन समूहमा मोरक्कोको प्रदर्शन भने कमजोर रह्यो। यसपल्टको विश्वकपमा डेब्यु गरिरहेको ८ टिममध्ये मोरक्कोको प्रदर्शन सबैभन्दा निराशाजनक रह्यो। जर्मनीको जितमा कप्तान एलेक्जान्डर पपले २ गोल गरिन्। यस्तै, क्लारा बहुल र लेआ स्कलरले…

फिफा महिला विश्वकप: अर्जेन्टिना इटालीसँग पराजित

महिला विश्वकपमा अर्जेन्टिना इटालीसँग पराजित भएको छ। आज (सोमबार) समूह ‘जी’ को खेलमा अर्जेन्टिना इटालीसँग ०–१ ले पराजित भएको हो। बराबरीतर्फ उन्मुख खेलको ८७ औं मिनेटमा इटालीका लागि क्रिस्टियाना गिरेलीले विजयी गोल गरेकी थिइन्। इडेन पार्कमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गिरेलीले इटालीका लागि विजयी गोल गरिन्। इटाली सन् २०१९ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो।…