
विवादास्पद भिडियो सार्वजनिक भएपछि अष्ट्रियामा सत्तारुढ फ्रिडम दलका नेता र मन्त्रीहरुको एउटा विवादास्पद भिडियो सार्वजनिक भएपछि उनीहरुले सामूहिक रुपमै सरकार छोडेका छन् । पार्टी र सत्ताको प्रभाव बढाउन एक रुसी सम्भ्रान्त घरानाकी महिलासंग व्यवसायिक साँठगाँठ गरेको तथ्य बिहिरिएपछी त्यहाँका भाइस चान्सलर सहित सरकारमा सहभागी फ्रिडम पार्टिका नेताहरु राजिनामा दिन बाध्य भएका हुन् । राजिनामा दिनेमा…
पोखरा । वसन्त ऋतुको उत्तरार्धमा यतिबेला आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रयास गर्दैछन् । पूरा विश्व त्यहाँ बन्ने कीर्तिमानको प्रतीक्षामा छ । सगरमाथा क्षेत्रमा कोही शिखर आरोहण गर्न भेला भएका छन् भने कोही पदयात्रा मात्रै गरेर भए पनि चित्त बुझाउँछन् । यसै क्रममा चर्चित विश्व फुटबलर मेसुट ओजिलको जर्सीसमेत सगरमाथको आधार शिविरमा प्रदर्शन गरिएको…
इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्यो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ । टस जितेर ब्याटिङ रोजेको मुम्बईले…
पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको पाँचतारे होटेलमा बन्दुकधारीले आक्रमण गरेका छन् । तीन जना बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा एक जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । चीनिया परियोजना अन्तर्गत् अर्वौ डलर लगानीमा निर्माण गरिएको जाभर पर्ल कन्टिनेन्टल होटेललाई लक्षित गरी आक्रमण गरिएको हो । रमदानका कारण होटेलमा कोही पनि पाहुना नरहेको र होटेलका केही कामदार मात्रै…
म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले हराउँदै इंग्लिस प्रिमियर लिगको उपाधि जित्यो । प्रिमियर लिगको यो सिजनको अन्तिम खेलमा ब्राइटन एण्ड होभ अल्वियोनलाई ४–१ ले पराजित गर्दै म्यान्चेष्टर सिटीले उपाधि जितेको हो । योसँगै म्यानचेस्टर सिटी सन् २००९ यता लगातार दोस्रो पटक लिगको उपाधि जित्ने पहिलो टिम बनेको छ । खेलको २७ मिनेटमा ब्राइटनका लागि ग्लेन…
मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी हवाई जहाजमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४१ पुगेको अधिकारीहरूले जनाएका छन् । रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । रूसका संघीय अनुसन्धानकर्ताहरूले उक्त जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयले ६ जना अस्पतालमा भर्न गरिएको र ती मध्ये ३ जनाको अवस्था…
यस वर्षको पुलित्जर पुरस्कार द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई सयुक्त रुपमा प्रदान गरिएको छ । हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टानमाथि लागेको यौन उत्पीडनको आरोपको रिपोर्टिङका लागि द न्यूयोर्क टाइम्स् र न्यू योर्कर पत्रिकालाई यस वर्षको पुलित्जर पुरस्कार प्रदान गरिएको हो । यस पटक पुरष्कारका लागि २४ सय भन्दा बढी आवेदनहरु परेका थिए ।…