विश्व »

कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा म्यानचेस्टर युनाइटेड स्पेनिस गोलकीपर डेविड डी गिआको मड्रिड समुदायलाई सहयोग

म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेविड डी गिआले कोरोना भाइरसको संक्रमणविरुद्धको अभियानका लागि मड्रिड समुदायलाई ३ लाख युरो सहयोग गरेका छन्। मड्रिडमै जन्मिएका डी गिआले आफ्नै गृहनगरको समुदायलाई कोरोनाविरुद्ध क्वारेन्टाइनमा बसेकालाई खाना, औषधोपचारका सामाग्रीलगायतका लागि उक्त रकम सहयोग गरेका हुन्। कोरोना भाइरसको संक्रमित स्पेनमा मात्रै ५७ हजार ७ सयभन्दा बढीमा देखिएको छ । स्पेनमै कोरोना भाइरसका…

बिमान चार्टर्ड गरेर पोखराबाट फ्रान्सले लग्यो आफ्ना नागरिकहरुलाई

पोखरा । फ्रान्सेली दूतावासले पोखराबाट आफ्ना नागरिकको उद्धार गरेको छ । नेपाल घुम्न आएका आफ्ना पर्यटकहरुलाई विहिबार पोखराबाट विमान नै चार्टर्ड गरेर लगेको हो । नेपालका हिमाली जिल्ला र अन्नपूर्ण पदमार्गमा रहेका पर्यटकहरुलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले उद्धार गरी पोखरा पठाएको थियो । त्यसबाहेक पोखरामा रहेका पर्यटकलाई समेत दूतावासले खवर गरेर एयरपोर्ट भेला हुन सूचना…

विश्वकै होचा व्यक्ति कीर्तिमानी खगेन्द्र रहेनन्

पोखरा । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको पोखरामा निधन भएको छ । खगेन्द्रको पोखरास्थित मणिपाल अस्पतालमा शुक्रवार दिउँसो निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले जानकारी दिएका छ न् । स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । रानाका…

अष्ट्रेलियाको आगलागी क्षेत्रमा वर्षा, आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुको भनाई

अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसुस गरिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परेर कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जनावर समेत जलेर मरेका छन् । न्यू साउथवेल्समा आगलागी भइरहेको र अहिले परेको…

तेहरानमा विमान दुर्घटना, १७६ जनाको मृत्यु

इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु भएको छ । तेहरानमा विमान दुर्घटनाग्रस्त हुँदा १६७ यात्रुसँगै ९ चालक दलका सदस्यसहित १७६ जनाको मृत्यु भएको हो । इरानस्थित प्रेस टीभीका अनुसार इमाम खमौनी अन्तर्राष्ट्रिय विमानस्थलका जनसम्पर्क अधिकृत अली खसानीलाई उद्धृत गर्दै बोइङ्ग ७३७ मा १६७ यात्रु र ९ चालक दल रहेको जनाएको छ ।…

रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ नामक क्षेप्यास्त्र जोड्यो

एजेन्सी । रुसले ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको छ । त्यहाँको रक्षा मन्त्रालयले जनाएअनुसार ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज हुने र त्यसलाई भेद गर्न असम्भव हुनेछ । तर, रूसले ती क्षेप्यास्त्रहरू कहाँ जडान गरेको छ भन्नेबारे भने केही स्रोत खुलाएको छैन । यसअघि नै ति पश्चिमी…

अर्जेन्टिना सुपर क्लासिको फुटबल च्याम्पियन

एजेन्सी । अर्जेन्टिना सुपर क्लासिको फुटबलको च्याम्पियन बनेको छ । कप्तान लियोनेल मेस्सीले निर्णायक गोल गरेपछि ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा मेस्सीको एकमात्र गोलमा अर्जेन्टिनाले १–० को जित हासिल गरेको हो । मेस्सीले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । एलेक्स स्यान्ड्रोले मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि…

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

पोखरा । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार स्वदेश फिर्ता भएका छन् । दुईदिने भ्रमण सकेर उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाइ गरेकी हुन् । बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,…

नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारी (विवरणसहित )

काठमाडौँ । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आइतबार २० समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज (आदान–प्रदानपत्र)का दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान–प्रदान गरे । हस्ताक्षर भई आदान–प्रदान भएका दस्तावेज १. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा…

सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत

पोखरा । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा…