विश्व »

विवाह बन्धनमा बाँधिए पञ्जाबका मुख्यमन्त्री मान

पञ्जाबका मुख्यमन्त्री भागवंत मान विवाह बन्धनमा बाँधिएका छन्। ४८ वर्षका मुख्यमन्त्री मानले आफूभन्दा १६ वर्ष कम उमेरकी डा. गुरप्रीत कौरसँग विवाह गरेका हुन्। बिहीबार मुख्यमन्त्री निवासमा विवाह समारोह आयोजना गरिएको थियो। विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि सहभागी भएका थिए। यो मुख्यमन्त्री मानको दोस्रो विवाह हो। उनी पहिलो श्रीमतीसँग सन् २०१५ मा अलग भएका थिए।…

८ औं दिनमा जम्मु कस्मिर पुग्यो ‘पोखरेली डुलुवा टोली‘

पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपालसहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली ‘डुलुवा टोली’ भारतको जम्मु कस्मिरमा पुगेको छ। टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनबारे जानकारी गराएको छ। टोलीले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ। त्यहाँ विभिन्न समुहहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्दै अगाडी बढेको छ। जम्मुमा रहेका नेपाली समुदायका…

विश्वका सबैभन्दा जेठो पुरुषले जन्मदिन मनाए

विश्वका सबैभन्दा पाको उमेरका पुरुषले भेनेजुएलामा आफ्नो १ सय १३ औँ जन्मोत्सव मनाएका छन्। उनले एक गिलास उखुको रस पिउँदै आफ्नो जन्मदिन मनाएका हुन्। उनले आफ्नो जन्मोत्सवमा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। जन्मदिन मनाउने क्रममै उनले आफ्नो दीर्घायुको रहस्य घरेलु कडा रक्सी अर्थात् सस्तो ठर्रा भएको सार्वजनिक गरेका छन्। करिब २ साताअघि मात्र गिनिज वल्र्ड…

इक्वेडोरमा आपतकाल घोषणा

इक्वेडरमा आपतकाल घोषणा गरिएको छ। आपराधिक ग्याङको हिंसा बढ्दै जाँदा ल्याटिन अमेरिकी मुलुक इक्वेडोरमा आपतकालको घोषणा गरिएको हो। ग्याको हिंसा बढ्दै जाँदा इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरुमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ। राष्ट्रपति गुलेर्मो लासोले आपतकालको घोषणा गर्दै इक्वेडोरको पश्चिममा रहेका ३ प्रान्तहरु गुयास, मनाबी र एज्मेराल्दासमा कर्फ्यू लागू गरिने र यसका लागि हजारौं…

कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई एनआरएनएको आग्रह

साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम गर्नेको सङ्ख्या बढेको…

टर्कीकी प्रख्यात पत्रकार सेदेफ काबास पक्राउ

टर्कीको एक अदालतले त्यहाँकी प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ। इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो। राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई लाइभ टीभीमा उखान भनेर अपमान गरेको उनीमाथि आरोप छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ…

२०२१ मा विश्वभर २९३ पत्रकारलाई जेल सजाय

सन् २०२१ मा विश्वभर पत्रकारका लागि असुरक्षित वर्षको रूपमा रह्यो। गैरनाफामुखी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)को नयाँ प्रतिवेदन अनुसार यस वर्ष डिसेम्बर १ सम्म विश्वव्यापी रूपमा २९३ पत्रकारहरू जेल परेका छन्। जसमा सबैभन्दा बढी चीनमा पत्रकारहरूलाई यातना दिइएको छ। सीपीजेको रिपोर्ट अनुसार चीनमा सन् २०२१ मा मात्रै ५० जना पत्रकारलाई जेल सजाय दिइएको छ।…

भारतमा भेटियो ओमिक्रोनबाट २१३ जना संक्रमित

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको ओमिक्रोनबाट २१३ जना संक्रमित भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ओमिक्रोन संक्रमित हुनेमा सबैभन्दा धेरै दिल्लीमा छन्। दिल्लीका ५७ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जानकारी दिएको छ। दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन्। यस्तै, कर्नाटकमा १९, राजस्थानमा १८, केरलमा १५, गुजरातमा १४,…

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी ‘शबरगान’ पनि तालिबानको नियन्त्रणमा

अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी शबरगान शहर पनि तालिबानले नियन्त्रणमा लिएको छ । शबरगान उत्तरी क्षेत्रको राज्य जोजनको राजधानी पनि हो । अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने दाबी गरेका छन् । यसअघि तालिबानले गत शुक्रबार अर्को प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको थियो । ​…

भारतमा कोभिड महामारीको तेस्रो वेभको खतरा

भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ। भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो। सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो। भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भी के पाउलले सो चेतावनी दिएको समाचार संस्था सिन्ह्वामा जनाइएको…