विश्व »

युद्धग्रस्त स्थानमा रिपोर्टिङ गर्दागर्दै मारिए भारतीय फोटोपत्रकार

बेलायती न्यूज एजेन्सी रोयटर्सका भारतीय फोटोपत्रकार दानिस सिद्दिकी रिपोर्टिङ गर्ने क्रममा मारिएका छन्। अफगानिस्तानको युद्धग्रस्त क्षेत्रमा रिपोर्टिङकै क्रममा कान्दार पुगेका सिद्दिकी सुरक्षाकर्मीकै घेरामा मारिएका हुन्। सिद्दिकी केही दिनदेखि अफगानिस्तानमा भइरहेको युद्धको रिपोर्टिङ गरिरहेका थिए। तालिवानले पाकिस्तानसँग सीमा जोडिएको मुख्य सीमा चौकीमाथि नियन्त्रण जमाएको थियो । सोही आक्रमणमा परि उनी मारिएका हुन्। हालसम्म उक्त आक्रमणमा कतिजनाको…

अल विदा ! महान अर्जेन्टिनी फुटबलर म्याराडोना

महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको समाचार छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो। दुई साताअघि मात्रै अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा भर्ना भएका म्याराडोनाको एक साता अघि मंगलबार मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो। ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको…

भारतमा कोभिड–१९ का कारण १ लाख २२ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या मात्रै ८२ लाख २९ हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६ सय ७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ४ सय ९६ जनाको मृत्यु भएको छ। केही दिनदेखि त्यहाँ नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ। कोरोनाभाइरसबाट त्यहाँ संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार…

ताइवानलाई अमेरिकाले हतियार बेचे आवश्यक प्रतिक्रिया जनाउँछौं : चीन

ताइवानलाई अमेरिकाले हतियार बेचेको खण्डमा आफूले अमेरिकाविरुद्ध आवश्यक प्रतिक्रिया जनाउने चीनले बताएको छ। चीनका विदेशमन्त्री वाङ यीले ताइवान चीनको भूमि भएकाले अमेरिकाले त्यहाँ अवैधानिक रुपमा हतियार बेच्न नहुने बताएको हो। यद्यपी, बेचेको खण्डमा चीनले गतिलो जवाफ दिने उनको भनाई छ। हालै अमेरिकी सरकारले ताइवानलाई अत्याधुनिक हतियार बेच्ने बताएको थियो। चीनले ताइवानलाई आफ्नो मूलुक भएको बताउँछ,…

चीनद्धारा ‘गाओफेन–९०५’ नामको ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ लङमार्चको उपग्रह प्रक्षेपण

पोखरा । चीनले ‘गाओफेन–९०५’ नामको ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ लङमार्चको उपग्रह प्रक्षेपण गरेको छ । टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको हो । चीनले आइतबार बिहान स्थानीय समयअनुसार १० बजेर १७ मिनेटमा उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरेको हो । उसले उक्त उपग्रहलाई ‘लङमार्च टुडी रकेट’को माध्यममार्फत…

कोभिड–१९ का कारण विदेशी भूमिमा १९१ जना नेपालीको मृत्यु, ७६ शव विदेशमै अलपत्र

पोखरा । कोभिड–१९ को संक्रमणबाट नेपालबाहिर १ सय ९१ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकमा नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको मृत्यु भएको उल्लेख छ । नेपालमा कोभिड–१९ को संक्रमणको कारण १ सय २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल विश्वभर ३८ देशमा नेपालीहरुमा संक्रमण…

चीनले भन्यो, २० सैनिकको ज्यान जानेगरी भएको गलवान घटनामा भारत जिम्मेवार

काठमाण्डौं । लद्दाखको गलवान आफ्नो अधिकार क्षेत्रभित्र पर्ने चीनले जवाफ दिएको छ । चीनको विदेश मन्त्रालयले गलवान आफ्नो अधिकार क्षेत्रभित्र पर्ने प्रतिक्रिया दिएको हो । चीनले आफ्नो हिरासतमा भारतीय सैनिक नरहेको पनि प्रष्ट पारेको छ । बिहीबार मात्रै नियन्त्रणमा लिएका कर्णेल सहित दश जना भारतीय सैनिकलाई चीनले छोडेको थियो । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले…

नेपाल सरकारले विदेशमा अलपत्रहरू परेकाको निःशुल्क उद्धार कार्यविधि बनाउँदै

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति लिएर गएका तर कोरोनाका कारण रोजगारी गुमाएर बेचर्खी भएका नेपाली श्रमिकलाई उद्धार गर्न कार्यविधि बनाउन थालेको हो । सर्वोच्च अदालतले…

विश्वभर ७२ लाख ७३ हजार नाघे संक्रमित, ४ लाख ११ हजार ७ सय १७ को मृत्यु

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को कारण अनुसार ७२ लाख ७३ हजारमा कोरोना संक्रमण फैलिएको छ । वल्डोमिटरको रिपोर्ट अनुसार ३५ लाख ८१ हजार ८६ जनाले कोरोना संक्रमण जितेका छन् । साथै ४ लाख ११ हजार ७ सय १७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यसैगरी बितेको २४ घण्टामा मात्रै ३ हजार ९ जनाको…

ट्रम्पलाई अमेरिकन प्रहरी प्रमुखको जवाफ, ‘स्थिति सम्हाल्न सक्दैनौं भने चुप लागेर बस’

पोखरा । अमेरिकामा भड्किरहेको जातिवादी हिंसालाई लक्षित गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलाई लिएर चर्को विरोध भइरहेको छ । ट्रम्पको भनाईलाई लक्षित गरी एकजना अमेरिकन प्रहरी प्रमुखले राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने चुप लागेर बस्न आग्रह गरेका छन् । ‘राष्ट्रपतिलाई राम्रो बोल्न आउँदैन भने शान्त रहनु, चुप लागेर बस्नु,’ ह्ययुस्टनका प्रहरी प्रमुखले भनेका छन् ।…