
पोखरा स्पोर्ट्सको ‘वर्ष उदीयमान खेलाडी अवार्ड’को पुरस्कार सहारा क्लवले प्रायोजन गर्ने भएको छ। पोखराको प्रतिष्ठित सहारा क्लवले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ अन्तर्गत ‘वर्ष उदीयमान खेलाडी अवार्ड’ लाई प्रायोजन गर्ने प्रतिबद्धता जनाउँदै यस बर्ष पनि अवार्ड कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने बताएको छ। सहारा क्लवबाट ‘वर्ष उदीयमान खेलाडी अवार्ड’को पुरस्कार स्वरूप ५० हजार सहयोग…
पोखरामा दोस्रो संस्करणको ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सुरु भएको छ। आज (सोमबार) बाट सुरु ‘दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१’ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको हो। मेलाले सीप भएर पनि बेरोजगार भएका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच समन्वय गर्न सुरु गरेको छ। गण्डकी…
एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको छ। घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो। यूएईले दिएको २ सय ०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो। ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए। यूएईका लागि जुनेद…
आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन्। अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ। सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेश खेलकुद परिषद गण्डकीको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्। सहभागीले राज्यले गर्नुपर्ने…
पोखरा महानगर खेलकुद विकास समितिले पोखरामा विविध खेलकुद कार्यक्रमसँगै मार्शल आर्ट महोत्सव आयोजना गर्ने भएको छ। समितिले सोमबार एक पत्रकार सम्मेलन आयोजना गरी २०८०÷०८१ को खेलकुद बजेटअनुसार उक्त कार्यक्रम गर्न लागिएको जनाएको हो। मार्शल आर्ट महोत्सवअन्तर्गत मार्शल आर्ट खेलका ८ विभिन्न क्याटागोरी समावेश गरिएको समितिले जनाएको छ। मार्शल आर्ट महोत्सवअन्तर्गत कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट…
नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्य–तथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन्। फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आइतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा बोल्दै तमुले भने, ‘इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिदैन।’ ‘संस्थापक अध्यक्ष को हुन् ? भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो…
गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र ताल क्षेत्रमा आज (आइतबार) बिहान हिउँपहिरो खसेको छ। वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको छ। सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बाढीले बगाएको समाचार छ। बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन आग्रह गरिएको छ। सामागाउँ प्रहरी चौकीबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा…
कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ। समाजको वार्षिक कार्यक्रमअनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको हो। डहरे देउराली र अन्धाअन्धी दह धार्मिक आस्था…
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन्। मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्रीहरु हरिबहादुर चुमान र राजीव गुरुङलाई जिम्मेवारी तोकेका हुन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन्। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोकेको…
एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा भेटायो। हङकङको जितमा अन्सुमन राथले नटआउट रहँदै ६५ रन, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह…