
पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सकिएको छ। सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले आज (शनिबार) तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे। सो अवसरमा बोल्दै सुनारले समयसापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। मुलुकलाई संघीयतामा लगेपनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको उनको भनाई थियो। ‘हामीले परिवर्तन त गर्यौ तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौ। सोही कारण प्रज्ञा प्रतिष्ठानले…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन्। शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानीअनुसारको प्रतिफल आउन सक्छ।’ सरकारले उच्च शिक्षामा गरेको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री…
महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ यही भाद्र ३० देखि असोज १ गतेसम्म हुने भएको छ। नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेशस्तरीय सितेरियो कराँते…
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ। पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको आज (शुक्रबार) बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो। महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण…
सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुने दाबी गरेकी छिन्। मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले यस्तो धारणा राखेकी हुन्। ‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो’, उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे…
नयाँ दर्ता भएका अनलाइन सञ्चालक र सम्पादकहरुले पत्रकार आचारसंहिताको पालना गर्ने प्रतिबद्वता जनाएका छन्। उनीहरुले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिवद्धता जनाएका हुन्। प्रेस काउन्सिल नेपालले सञ्चालन गरेको अभिमुखीकरण कक्षामा विभिन्न ४६ वटा सञ्चार माध्यमका प्रतिनिधिहरुले आज (मंगलवार) यस्तो प्रतिबद्धता जनाएका हुन्। अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे…
महिला विश्वकप फुटबलमा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ। आज (मंगलबार) भएको खेलमा कोलम्बियाले दक्षिण कोरियामाथि २–० को जित निकालेको हो। कटलिना उस्मेले ३० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई सुरुआती अग्रता दिलाइन्। युवा खेलाडी लिन्डा केसेडोले ३९ औं मिनेटमा गोल गर्दै दक्षिण अमेरिकी टोलीको अग्रता दोब्बर बनाइन् । समूह ‘एफ’को खेलमा कोलम्बिया र जर्मनले समान…
महिला विश्वकप फुटबलमा आयोजक न्युजिल्याण्ड, फिलिपिन्ससँग स्तब्ध भएको छ। आज (मंगलबार) भएको खेलमा फिलिपिन्सले न्युजिल्याण्डलाई १–० ले हराएको हो। फिलिपिन्सको जितमा सेरिना बोल्डेनले २४ औं मिनेटमा विजयी गोल गरिन्। जितपछि प्रशिक्षक एलेन स्टेजिकले फिलिपिन्सको खेलकुद इतिहासमा प्राप्त जित सबैभन्दा ठूलो भएको बताए। विश्वकपमा फिलिपिन्सको पहिलो जित हो। जितसहित फिलिपिन्सले नकआउट चरण प्रवेशको संभावना बलियो बनाएको…
ब्राजिलले महिला विश्वकप २०२३ मा आज (सोमबार) उत्कृष्ट विजयी सुरुआत गरेको छ। समूह ‘एच’ को खेलमा ब्राजिलले विश्वकपमा डेब्यु गरिरहेको पानामालाई ४–० को गोलअन्तरले हरायो। ब्राजिलको जितमा एरी बोरगेस नायिका बनिन्। उनले आफ्नो ह्याट्रिक पूरा गर्दै शान्दार प्रदर्शन गरिन्। यसपल्टको विश्वकपको यो पहिलो ह्याट्रिक हो। उनकै क्रस बलमा बिआ जेनराटोले अर्को गोल थपिन्। यो जितपछि…