
पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न ६ रेष्टुरेण्ट खुलाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण सिर्जित लकडाउनपछि लेकसाइडका सबै रेष्टुरेण्टहरु बन्द भएपछि यहाँ भएका छिटफुट पर्यटक समस्यामा परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीसँगको छलफलपछि ति रेष्टुरेण्टहरु खुलाइने निर्णय भएको रेवान पोखराका अध्यक्ष…
पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले लकडाउनमा विरामी भएर अस्पतालनै लैजानुपर्ने अवस्था आए आफूलाई फोन गर्न वडावासीलाई आग्रह गरेका छन् । उनले आफूले निजी रुपमा प्रयोग गर्दै आएको बा ११ च ६०२१ नम्बरको कारसहित आफू वडावासीलाई विपतका बेलामा सहयोग गर्न तयार रहेको बताएका छन् । लकडाउनका कारण सवारी साधन नपाउँदा…
पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–२० वरीयतामा नेपालले उही १५ औं स्थानमै यथावत रहन सफल भएको छ । आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको हो । यसअघि पनि नेपाल १५ औं स्थानमै रहेको थियो । टी–२० मा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल…
टेनिस खेलाडी रोजर फेडररले कोरोना भाइरसबाट संकटग्रस्त आफ्नो देश स्विजरल्याण्डका मानिसहरूलाई सहयोग गर्न १० लाख भन्दा बढी सहयोग गरेका छन । टेनिसमा २० पटकको ग्रान्ड स्लाम च्याम्पियन फेडरर र उनकी श्रीमतीले यस संकटको समयमा १० लाख स्विस फ्र्यान्क लगभग १० लाख २० हजार डलर सहयोग गरेका हुन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूटीओ) को आधिकारिक तथ्यांक…
कोरोना भाइरसका कारण आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणात्मक सिरिज स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नामिबियामा हुने सिरिज स्थगित भएको जनाएको हो । आइसीसीले विज्ञप्ति निकालेर जुन ३० तारिखसम्मका लागि सबै प्रतियोगिता स्थगित गरिएको जनाएको हो । कोरोनाका कारण आइसीसीको मुख्यालय समेत बन्द भएको छ । नेपालले खेल्ने सातौं…
पोर्चुगल तथा युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरसविरुद्ध लड्न पोर्चुगलमा आर्थिक सहयोग गरेका छन् । पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो र उनका एजेन्ट जोर्गे मेन्डिसले बुधबार कोरोनाविरुद्ध लड्न सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई १ मिलियन युरो सहयोग गरेका हुन् । उनीहरुको सहयोगले बिरामी उपचारको लागि भेन्टिलेटर र बेड निर्माणका साथै अन्य आवश्यक…
बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । ग्वार्डीओलाले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको समाचार छ । हाल इङ्लिस प्रिममियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओला बार्सिलोनास्थित आफ्नै घरमा बसेका छन् । पछिल्लो समय युरोप…
कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आर्थिक सहयोग गरेका छन् । अर्जेन्टिनी राष्ट्रिय टिमका समेत कप्तान मेस्सीले कोरोना भाइरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् । हाल, स्पेनमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ…
जापानमा यसै वर्षको जुलाईमा हुने भनिएको गृष्मकालीन ओलम्पिक एक वर्षका लागि सारिएको छ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को प्रभावका कारण पूर्व निर्धारित समय जुलाई २४ देखि अगस्ट ९ सम्म नै आयोजना गर्ने अडानमा आयोजक जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसी रहेपनि मंगलबार जापानको टोकियोमा बसेको विशेष वैठकले ओलम्पिक एक बर्षका लागि सार्ने…
पोखरा । आयोजक सहारा क्लबले पोखरामा शुरु १८ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशालामा भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौंको ब्रिगेड ब्वाइजसँग दुई पटक पछि परेरपनि घरेलु सहाराले अन्तिममा जित निकाल्यो । त्रिदेव गुरुङको अन्तिम निर्णायक गोल मद्दतमा आयोजक सहाराले जित निकालेको थियो । त्रिदेवले सहाराका…