
नेपालले दक्षिण एशियाली खेलकुद सागको दोस्रो दिन १५ स्वर्ण पदक जितेको छ । मार्सल आर्टमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १४ स्वर्ण जित्दा ट्रायथलनमा एक स्वर्ण जितेको हो । कराँतेमा देशलाई पहिलो स्वर्ण दिलाएका मन्डेकाजीले टिमतर्फ पनि स्वर्ण दिलाउन भूमिका खेले । उनले काँतामा स्वर्ण दिलाएका हुन् । महिला टिम काँतामा निर्मला तामाङ, संगिता मगर र…
पोखरा । पर्यटकीय नगरी पोखराको इतिहासमै पहिलो पटक १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) को भव्यरुपमा पोखरा उद्घाटन गरिएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सोमबार दिउँसो पोखरा रंगशालामा आयोजित समारोहमा सागको पोखरा उद्घाटन गरेका हुन् । उनले साग खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने बताए । विशेष अतिथि…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने महिला फुटबल प्रतियोगिता आज (मंगलबार)देखि पोखरा फुटबल स्टेडिममा सुरु हुँदैछ । आयोजक राष्ट्र नेपाल र श्रीलंकाले महिला फुटबलको उद्घाटन खेल खेल्ने तालिकामा उल्लेख छ । साग अन्तर्गत नेपाल र श्रीलंकाको आमने–सामने हुन लागेको भने यो पहिलो पटक भने होइन । ११ औं सागमा पहिलो पटक…
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोश्रो र तेश्रो, १५ रनमा चौंथो, पाँचौं,…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । योसँगै सागमा नेपालले ट्रायथलनका लागि पहिलो स्वर्ण जितेको हो । पुरुषतर्फ भने भारतका आदर्श एमएन सिनामोलले स्वर्ण पदक जितेका छन् । महिलातर्फको सोनीले निर्धारित दुरी १ घण्टा १३ मिनेट ४५…
पोखरा । घरेलु भूमीमा आयोजना गरिएको १३ ओं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । यसअघि, भलिबलका खेलहरु संचालन गरिएपनि सागको औपचारिक उद्घाटन भने आइतबार गरिएको हो । विशेष समाराहबीच काठमाण्डौंमा भब्य उद्घाटन भएको छ भने पोखरामा ब्याडमिन्टन खेलको उद्घाटनसँगै औपचारिक उद्घाटन भएको हो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले…
पोखरा । नेपालले ब्याडमिन्टनमा सुखद सुरुवात गरेको छ । नेपालको खेलाडीले ब्याडमिन्टनमा गरेको उच्च प्रदर्शनका कारण २ वटा पदक पक्का गरेको छ । पोखरामा आइतबारदेखि शुरु भएको ब्याडमिन्टन प्रतियोगितामा नेपालले टिम इभेन्टमा २ वटा पदक पक्का गरेको हो । नेपालले महिला तथा पुरुषतर्फको समूह इभेन्ट दुबैतर्फ १/१ पदक पक्का गरेको छ । आइतबार भएको खेलमा…
पोखरा । घरेलु भूमी नेपालमा बुधबारदेखि १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) गेम शुरु भएको छ । महिला भलिबल खेलबाट यस संस्करणको साग गेम शुरु भएको हो । काठमाण्डौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको उद्घाटन खेलमा नेपाली महिला भलिबल टोलीले सानदार जित निकाल्दै सुखद सुरुवात गरेको छ । नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै…
पोखरा । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन माल्दिभ्सको राष्ट्रिय महिला र पुरुष क्रिकेट टोली मंगलबार काठमाडौं आइपुगेको छ । साग महिला क्रिकेट पोखरा रंगशालमा हुनेछ । सागमा महिला क्रिकेटमा नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका छन् । लिग चरणपछि शीर्ष दुई टोली स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । साग पुरुष…
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आइपुगेको छ । बंगलादेशले बुधबार नेपालसँग उद्घाटन खेल खेल्नेछ । बंगलादेशबाट ३० सदस्यीय भलिबल टोली काठमाण्डौं आइपुगेको हो । यसैगरी, माल्दिभ्स र श्रीलंकाको टिम समेत काठमाण्डौं आइपुगेको छ । सहभागी सबै टिमहरु सोमबार साँझसम्म काठमाण्डौं आइपुगेको छ । काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ…