
पोखरा । नेपालकी गौरिका सिंहले सनसनी यस संस्करण दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पौडीमा सनसनी मच्चाइन् । गौरिका साग खेलकुदको एउटै संस्करणमा ४ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । ललितपुरको हिटिङ सिस्टमको पौडी पोखरीमा सोमबार भएको महिलाहरुको १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले ५८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै…
पोखरा । घरेलु भुमीको पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फेरि रजत पदकमै समेटिएको छ । पोखराको फुटबल स्टेडियममा घरेलु दर्शकलाई साक्षी राखेर पहिलो स्वर्ण चुम्ने लक्ष्यमा रहेको नेपाल यस संस्करणको साग गेममा पनि भारतसँग स्तब्ध बन्यो । पोखराको नवनिर्मित फुटबल स्टेडियममा सोमबार भएको फाइनलमा भारतसँग २–० ले हार्दै…
पोखरा । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबल खेलमा नेपालले पहिलो पटक पदक हात पारेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पोखरामा भएको ह्याण्डबलको फाइनलमा नेपालले रजत हात पारेको हो । स्वर्ण पदकका फाइनल खेलेको नेपाली महिला ह्याण्डबल टोली भारतसँग हारेपनि नेपाललाई रजत पदक दिलाएको हो । रजत पदक जितेसँगै ह्याण्डबलमा…
पोखरा । घरेलु भूमीमा आयोजना गरिएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को ह्याण्डबलमा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ । पोखरा रंंगशालाको कभर्डहलमा शनिबार भएको महिलातर्फको दोस्रो प्रतिस्पर्धात्मक सेमिफाइनलमा पाकिस्तानमाथि २२–२१ को झिनो गोल अन्तरले नेपालको महिला टोली पहिलो पटक फाइनल पुगेको हो । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसँग फाइनल खेल्नेछ ।…
पोखरा । १३ औं साग भारोत्तोलनअन्तर्गत नेपालले तेस्रो दिन शनिबारको प्रतियोगितामा २ रजत र ४ कास्य पदक जित्न सफल भएको छ । योसँगै जारी संस्करणमा नेपालको पदक संख्या २ स्वर्ण, २ रजत र १० कास्य पुगेको छ । रोचक के छ भने, पदक तालिकामा नेपाली महिला र पुरुष खेलाडीले समान स्वर्ण, समान रजत र समान…
पोखरा । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबलमा भारतले अर्को जित निकालेको छ । पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ । चार देशमात्रै सहभागी भएकाले प्रतियोगिता राउन्ड रोबिनका आधारमा खेलाइएको थियो । जसमा शनिबार भएको भारत र नेपालबीचको खेललाई ‘प्रिभ्यू म्याच’ का…
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक प्राप्त गरेको छ । पोखरा रंगशालामा शनिबार तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा माल्दिभ्समाथि १० विकेटको जित निकाल्दै नेपालले कास्य पदक प्राप्त गरेको हो । टस जितेर ब्याटिङ रोजेको माल्दिम्सले ११.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८ रन जोडेको थियो । माल्दिभ्सको ब्याटिङमा…
पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको आर्चरी खेलमा नेपालले कम्तिमा एक रजत पदक जित्ने पक्का भएको छ । १० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिस्पर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ फाइनल पुगेसँगै रजत पदक पक्का गरेको हो । त्यसैगरी, ५ वटा विभिन्न इभेण्टमा कास्य पदकको लागि नेपालले आज (आइतबार)…
पोखरा । नेपाली महिला फुटबलकी स्टार साबित्रा भण्डारी ‘साम्बा’ले अन्तराष्ट्रिय फुटबलमा नयाँ कीर्तिमान बनाएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगत पोखरामा भएको महिला फुटबलमा नेपाली स्ट्राइकर ‘साम्बा’ले नयाँ रेकर्ड बनाएकी हुन् । पोखरा रंगशालामा बिहीबार भएको माल्दिभ्सबिरुद्धको खेलको पहिलो हाफमा ह्याट्रिक गर्दै सर्वाधिक ३८ गोलको कीर्तिमान बनाएकी हुन् । यसअघि अनु लामा…
पोखरा । दक्षिण एसियाली खेलकुद साग खेलकुदको पौडीमा नेपाललाई गौरीका सिंहले ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् । सागको ३५ वर्ष लामो इतिहासमा एकल स्पर्धामा स्वर्ण जित्ने इतिहास बनाएकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले स्वर्ण जितिन । उनले ब्यक्तिग २०० मिटर फ्रिस्टाइल भारतीय खेलाडीलाई हराउँदै साग खेलकुदको पौडीमा नयाँ इतिहास बनाएकी हुन् ।…